Shittalpati
काठमाडौँसहित देशका विभिन्न स्थानमा वर्षा
काठमाडौँसहित देशका विभिन्न स्थानमा वर्षा हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावका कारण देशभर बदली हुनाका साथै विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
सामाजिक सञ्जालमार्फत बढ्दै छ हिंसा
सामाजिक सञ्जालमार्फत बढ्दै छ हिंसा पछिल्लो समय सामाजिक सञ्जालबाट पीडा भोग्नेहरूको सङ्ख्या बढ्दै गएको देखिएको छ । गैरसरकारी संस्था महासङ्घ नेपालले मङ्गलबार आयोजना गरेको ‘सूचना प्रविधि र महिला अधिकारका सवाल’ विषयक अन्तरक्रियामा सञ्चारकर्मी बबिता बस्नेतले पछिल्लो समय सामाजिक सञ्जालबाट हिंसा हुने गरेको तथ्य सुनाए ।
प्रधानमन्त्री प्रचण्डविरुद्ध सर्वोच्चमा रिट, माओवादी वृत्तमा आयो तरंग
प्रधानमन्त्री प्रचण्डविरुद्ध सर्वोच्चमा रिट, माओवादी वृत्तमा आयो तरंग प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । द्वन्द्वकालीन मुद्दालाई लिएर प्रधानमन्त्री प्रचण्डलाई पक्राउ गरी आवश्यक कारबाही गर्न आदेश माग गर्दै मंगलबार सर्वोच्चमा दुई वटा रिट दर्ता भएका हुन् ।
राष्ट्रपति निर्वाचन : प्रचार–प्रसार गर्न निषेध
राष्ट्रपति निर्वाचन : प्रचार–प्रसार गर्न निषेध निर्वाचन आयोगले यही फागुन २५ मा हुने राष्ट्रपतिको निर्वाचनका लागि सोमबार राति १२ बजेदेखि प्रचार–प्रसार गर्न निषेध गरेको छ । आयोगले फागुन २२ गते मध्यरातदेखि फागुन २५ गते मतदान केन्द्र बन्द नभएसम्म प्रचार–प्रसार गर्न निषेध गरेको हो ।
आज नारी दिवस मनाइदैं
आज नारी दिवस मनाइदैं आज मार्च ८ अर्थात् ११२ औँ ‘अन्तर्राष्ट्रिय नारी दिवस विश्वभर मनाइदैं छ । नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ । यो दिवसलाई श्रमिक महिला दिवस पनि भनिन्छ । सन् १९११ देखि मनाउन थालिएको यो दिवस आज ११२ औँ वर्षमा पुगेको छ ।
पाल्पामा सहिद परिवारलाई सम्मान
पाल्पामा सहिद परिवारलाई सम्मान जनयुद्वका सहिद परिवारलाई सम्मान गरिएको छ । नेपाल कम्यूनिष्ट पार्टी बहुमत पाल्पाले यहाँका सहिद परिवारलाई सम्मान गरेको हो । नेकपा बहुमतले सहिद सप्ताहा कार्यक्रम गरी जिल्लाका १० वटै स्थानीय तहका सहिद परिवारलाई सम्मान गरेको छ । सबै पालिकामा छुुट्टाछुुट्टै कार्यक्रमको आयोजना गरी ५० भन्दा बढी सहिद परिवारलाई सम्मान गरिएको नेकपा...
आठ दलीय बैठकमा राष्ट्रपति निर्वाचन तयारीबारे छलफल
आठ दलीय बैठकमा राष्ट्रपति निर्वाचन तयारीबारे छलफल आज बसेको आठ दलीय गठबन्धनको बैठकले आसन्न राष्ट्रपति पदको निर्वाचनबारे छलफल गरेको छ । नेपाली कांग्रेस संसदीय दलको कार्यालय, सिंहदरबारमा बैठकमा निर्वाचनको तयारीलगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको हो ।
अध्यक्ष प्रचण्डविरूद्ध रिट दर्ता
अध्यक्ष प्रचण्डविरूद्ध रिट दर्ता प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध सर्वोच्च अदालतमा आज रिट दर्ता भएको छ ।
लोपोन्मुख हुँदै होलीको जोगिरा
लोपोन्मुख हुँदै होलीको जोगिरा नयाँ पुस्ताले खासै चासो राख्न छाडेपछि तराईमा होलीको जोगिरा लोपोन्मुख अवस्थामा पुगेको छ । जोगिरा गाउने पुराना पुस्ताका अधिकांशको मृत्यु भइसकेका र केही वृद्ध अवस्थामा पुगिसकेकाले जोगीरा लोपोन्मुख हुन थालेको जनाइएको छ । पछिल्लो समय नयाँ पुस्ताले यसबारे खासै चासो नदिएको जनाइएको छ ।
रेसुङ्गा नगर सरकारले चलायो निःशुल्क स्वास्थ्य शिविर
रेसुङ्गा नगर सरकारले चलायो निःशुल्क स्वास्थ्य शिविर जिल्लाको रेसुङ्गा नगर सरकारले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । नगरभित्रै विशेषज्ञ डाक्टरहरुबाट सेवा दिने उद्देश्यले नगर सरकारले तम्घासमा बृहत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।
नेपाल एयरलाइन्सले दक्षिण कोरिया उडान गर्ने
नेपाल एयरलाइन्सले दक्षिण कोरिया उडान गर्ने राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले दक्षिण कोरियामा सिधा उडान गर्ने भएको छ । दक्षिण कोरियाको राजधानी सिओलस्थित इन्चोन इन्टरनेशल एयरपोर्टमा उडान गर्नका लागि प्रक्रिया अगाडि बढाइएको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिइन् ।
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले पाए विश्वासको मत
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले पाए विश्वासको मत सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशसभाबाट विश्वासको मत पाएका छ्न् । उनले आइतबार प्रदेश सभामा राखेको विश्वासको मतको पक्षमा ४१ मत खस्यो ।
Weather Update