पाल्पामा ६ जना कोरोना संक्रमित थपिए
मंगलबार, साउन १०, २०७९
तिनाउ खोलामा महिला मृत फेला
मंगलबार, साउन १०, २०७९
तिनाउ खोलामा एक महिला मृत फेला परेकी छन् । जिल्लाको तिनाउ गाउँपालिका–५, स्थित तिनाउ खोलामा सोमबार साँझा अन्दाजी ३५/४० वर्षकी महिला मृत अवस्थामा फेला परेकी हुन् । उनलाई खोलाले बगाई ल्याएको अवस्थामा स्थानीयले फेला पारेका थिए ।
पाल्पामा थप सात जनामा कोरोना
सोमबार, साउन ९, २०७९
पछिल्लो २४ घन्टामा पाल्पामा थप सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २७ जनाको एन्टिजेन परीक्षण गरिएकोमा तानसेनका थप सात जनामा संक्रमण पुष्टि भएको हो ।
नेपाल प्रेस युनियनको आठ वर्षमा नयाँँ नेतृत्व, अध्यक्षमा लम्साल
सोमबार, साउन ९, २०७९
नेपाली काँग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनमा करिव आठ वर्षमा नयाँ नेतृत्व आएको छ । यही साउन ६ र ७ गते हेटौंडामा भएको नवौं महाधिवेशनले शिव लम्सालको नेतृत्वमा नयाँ समिति चयन गरेको हो ।
मकैको बीउ विक्रीबाटै मनग्य आम्दानी
सोमबार, साउन ९, २०७९
स्याङ्जाको फेदीखोला गाउँपालिका–४ आरुखर्कमा रहेको जैसीडाँडा किसान समूहले मनग्य आम्दानी गर्दै आएको छ । समूहले गत आर्थिक वर्ष २०७८/७९ मा ‘मनकामना–३’ जातको १६ टन मकैको बीउ विक्री गरेर १६ लाख ६४ हजार आम्दानी गरेको हो । महिलाले मात्र आवद्ध रहेको जैंसीडाँडा किसान समूहले विगत एघार वर्ष अघिदेखि सो जातको मकैको...
भन्दा पुष्पलाल र वीपीको सिद्धान्त, व्यवहारमा अर्कै
आइतबार, साउन ८, २०७९
नेपाली काँग्रेस र नेपाल कम्युनिस्टले सधैँ पुष्पलाल र वीपीको सिद्धान्त र विचारको वकालत गर्दै आएपनि व्यवहारमा त्यस्तो नरहेको एक कार्यक्रमका सहभागीहरुले बताएका छ्न् । पुष्पलाल स्मृति प्रतिष्ठान नेपाल पाल्पाले तानसेन आयोजना गरेको ४४ औं स्मृति दिवसको कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन् ।
ओडारमा रहेका दमाई परिवारलाई घर बनाउन जग्गा !
आइतबार, साउन ८, २०७९
घरबार विहीन भई ओडारमा बस्दै आएको एक परिवारलाई घर बनाउन जग्गा सहयोग भएको छ । विगत लामो समयदेखि बडिगाड गाउँपालिका वडा ६ को खाल नजिकैको ओडारमा बसोवास गर्दै आएका जुना दमाईको परिवारलाई घर बनाउन जग्गा सहयोग भएको हो । उनलाई बाँकेको खजुरा गाँउपालिका वडा ४ डिगाँउ नेपालगञ्जका समाजसेवी लिलबहादुर थापाले...
‘नागरिकता विधेयक नागरिकको हितमा छैन’
शनिबार, साउन ७, २०७९
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले नागरिकता विधेयक नागरिकको हितमा नरहेको टिप्पणी गरेका छन् । प्रेस चौतारी नेपाल रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले नेपाली नागरिकले विना कुनै बहानामा नागरिकता पाउनुपर्नेमा सन्देह नभएपनि अहिले सरकारले ल्याएको विधेयक त्रुटिपूर्ण रहेको आरोप लगाए ।
प्रेस स्वतन्त्रता र पत्रकारको सुरक्षामा सरकार गम्भीर छ : प्रधानमन्त्री देउवा
शनिबार, साउन ७, २०७९
प्रधानमन्त्री शेरबहादुर देउवाले प्रेस स्वतन्त्रता र श्रमजीवी पत्रकारहरुको सुरक्षाका सवालमा सरकार गम्भीर रहेको बताएका छन् । हेटौंडामा शुक्रबार सुरु भएको नेपाल प्रेस युनियनको नवौं महाधिवशनको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले प्रेस स्वतन्त्रता र श्रमजीवी पत्रकारहरुको हकहित, व्यवसायिक विकास, पेशागत सुरक्षाको सवालमा सरकार गम्भीर रहेको बताएका हुन् ।
स्वास्थ्य बिमा सहजरुपमा भुक्तानी गर्न निर्देशन
शुक्रबार, साउन ६, २०७९
प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिले स्वास्थ्य बिमा गरेका नागरिकले अहिलेसम्म समयमै भुक्तानी नपाएकाले सरल र सहजरुपमा भुक्तानीको व्यवस्था मिलाउन सरकारलाई निर्देशन गरेको छ ।
शुक्रबार थप ४ सय ५६ जनामा कोरोना संक्रमण
शुक्रबार, साउन ६, २०७९
पछिल्लो २४ घण्टामा ४ सय ५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशका विभिन्न स्थानमा गरिएको कोराना परीक्षणमा थप ४ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
एसईई परीक्षाको नतिजा साउन १० गते सार्वजनिक हुँदै
शुक्रबार, साउन ६, २०७९
राष्ट्रिय परीक्षा बोर्डले यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा साउन १० गतेभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले एसईई परीक्षाको नतिजा सार्वजनिक गर्नका लागि आवश्यक काम तीव्ररुपमा भइरहेको जानकारी दिए ।
थप ४ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि
बिहीबार, साउन ५, २०७९
देशभर पछिल्लो २४ घण्टामा ४ सय ३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन हजार ५ सय ६९ जनामा गरिएको परीक्षणमा बिहीबार देशभर ४ सय ३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।


