राष्ट्रपतिमा पौडेल विजयी
बिहीबार, फागुन २५, २०७९
आज राष्ट्रपति निर्वाचन : कसले मार्ला बाजी ?
बिहीबार, फागुन २५, २०७९
मुलुकको नयाँ राष्ट्रपति चयनका लागि आज मदान हुँदै छ । काठमाडौंको बानेश्वरस्थित संसद्भवनको ल्होत्से हलमा हुने मतदानका लागि प्राविधिक, जनशक्ति र अरू व्यवस्थापकीय सम्पूर्ण तयारी पूरा भएको निर्वाचन कार्यालयले जनाएको छ । मतदान बिहान १० देखि दिउँसो ३ बजेसम्म हुनेछ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र व्यवस्थित तुल्याउन बेग्लाबेग्लै मतदान...
फागु पर्वको मौलिकता संरक्षणमा जोड
बिहीबार, फागुन २५, २०७९
पछिल्लो समय फागु पर्वको मौलिक संकृति हराउँदै जान थालेपछि पाल्पामा त्यसको सरक्षण गर्नुपर्ने आवाज उठेको छ । फागु पर्व होली मनाउने क्रममा विभिन्न विकृति र विसंगतीहरु भित्रिदै जान थालेकाले त्यसको मौलिकता जोगाउनुपर्ने आवाज उठ्न थालेको हो ।
‘नेपालको संविधान विश्वमै नमूना’
बिहीबार, फागुन २५, २०७९
लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले समावेशी, समानुपातिक र लैङ्गिक हिसाबले नेपालको संविधान विश्वमै नमूना रहेको बताएका छन् । राज्यका माथिल्लो तहदेखि तल्लो तहसम्मका सबै संरचनामा महिलाको समानुपातिक प्रतिनिधित्व हुने संवैधानिक व्यवस्थासँगै महिला समानतासँग सम्बन्धित विभिन्न अधिकारका विषयलाई संविधानले मौलिक हकका रुपमा समेत व्याख्या गरेको उनले उल्लेख गरे ।
स्ववियु निर्वाचन : रेसुङ्गामा नेविसंघद्वारा उम्मेदवार घोषणा
बुधबार, फागुन २४, २०७९
स्ववियु निर्वाचन मिति नजिकिदै जाँदा देशभर विद्यार्थी संगठनहरुले उम्मेदवारी घोषणा गर्न थालेका छन् । गुल्मीको रेसुुङ्गा बहुुमुुखी क्याम्पसमा पनि नेपाल विद्यार्थी संघले सभापतिको उम्मेदवार घोषणा गरेको छ । उसले आगामी चैत ५ गते हुन लागेको स्ववियु निर्वाचनका लागि सभापतिमा पुनाराम घिमिरेलाई उम्मेदवार घोषणा गरेको हो । घिमिरे क्याम्पसका इकाई सभापति...
तिलोत्तमा नगरपालिकालाई ‘नो हर्न’ नगरपालिका घोषणा गरिँदै
बुधबार, फागुन २४, २०७९
रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई ‘नो हर्न’ नगरपालिका घोषणा गर्ने तयारी गरिएको छ । नगरपालिकाले सञ्चालन गरेको हरियाली प्रवर्द्धन एवं सरसफाइ अभियानको सयौँ शृङ्खलाको अवसरमा यही चैत १ गते तिलोत्तमा नगरपालिकालाई ‘नो हर्न’ नगरपालिका घोषणा गर्न लागिएको हो ।
काठमाडौँसहित देशका विभिन्न स्थानमा वर्षा
बुधबार, फागुन २४, २०७९
हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावका कारण देशभर बदली हुनाका साथै विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
सामाजिक सञ्जालमार्फत बढ्दै छ हिंसा
बुधबार, फागुन २४, २०७९
पछिल्लो समय सामाजिक सञ्जालबाट पीडा भोग्नेहरूको सङ्ख्या बढ्दै गएको देखिएको छ । गैरसरकारी संस्था महासङ्घ नेपालले मङ्गलबार आयोजना गरेको ‘सूचना प्रविधि र महिला अधिकारका सवाल’ विषयक अन्तरक्रियामा सञ्चारकर्मी बबिता बस्नेतले पछिल्लो समय सामाजिक सञ्जालबाट हिंसा हुने गरेको तथ्य सुनाए ।
प्रधानमन्त्री प्रचण्डविरुद्ध सर्वोच्चमा रिट, माओवादी वृत्तमा आयो तरंग
बुधबार, फागुन २४, २०७९
प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । द्वन्द्वकालीन मुद्दालाई लिएर प्रधानमन्त्री प्रचण्डलाई पक्राउ गरी आवश्यक कारबाही गर्न आदेश माग गर्दै मंगलबार सर्वोच्चमा दुई वटा रिट दर्ता भएका हुन् ।
राष्ट्रपति निर्वाचन : प्रचार–प्रसार गर्न निषेध
बुधबार, फागुन २४, २०७९
निर्वाचन आयोगले यही फागुन २५ मा हुने राष्ट्रपतिको निर्वाचनका लागि सोमबार राति १२ बजेदेखि प्रचार–प्रसार गर्न निषेध गरेको छ । आयोगले फागुन २२ गते मध्यरातदेखि फागुन २५ गते मतदान केन्द्र बन्द नभएसम्म प्रचार–प्रसार गर्न निषेध गरेको हो ।
आज नारी दिवस मनाइदैं
बुधबार, फागुन २४, २०७९
आज मार्च ८ अर्थात् ११२ औँ ‘अन्तर्राष्ट्रिय नारी दिवस विश्वभर मनाइदैं छ । नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ । यो दिवसलाई श्रमिक महिला दिवस पनि भनिन्छ । सन् १९११ देखि मनाउन थालिएको यो दिवस आज ११२ औँ वर्षमा पुगेको छ ।
पाल्पामा सहिद परिवारलाई सम्मान
बुधबार, फागुन २४, २०७९
जनयुद्वका सहिद परिवारलाई सम्मान गरिएको छ । नेपाल कम्यूनिष्ट पार्टी बहुमत पाल्पाले यहाँका सहिद परिवारलाई सम्मान गरेको हो । नेकपा बहुमतले सहिद सप्ताहा कार्यक्रम गरी जिल्लाका १० वटै स्थानीय तहका सहिद परिवारलाई सम्मान गरेको छ । सबै पालिकामा छुुट्टाछुुट्टै कार्यक्रमको आयोजना गरी ५० भन्दा बढी सहिद परिवारलाई सम्मान गरिएको नेकपा...
आठ दलीय बैठकमा राष्ट्रपति निर्वाचन तयारीबारे छलफल
मंगलबार, फागुन २३, २०७९
आज बसेको आठ दलीय गठबन्धनको बैठकले आसन्न राष्ट्रपति पदको निर्वाचनबारे छलफल गरेको छ । नेपाली कांग्रेस संसदीय दलको कार्यालय, सिंहदरबारमा बैठकमा निर्वाचनको तयारीलगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको हो ।


