पाल्पा बौद्ध युवा संघ पुग्यो खाद्यान्न लिएर आश्रममा
शनिबार, जेठ २८, २०७९

पाल्पाका पूर्वसांसद थापाको निधन
शनिबार, जेठ २८, २०७९
,पाल्पा क्षेत्र नम्बर १ का पूर्वसांसद तथा नेकपा एमालेका नेता भद्रबहादुर थापाको निधन भएको छ । थापाको ७० वर्षको उमेरमा शनिबार आफ्नै निवास रामपुर नगरपालिका १० गेझामा निधन भएको हो ।

अनुदानको बीउ किसानलाई महँगोमा
शुक्रबार, जेठ २७, २०७९
रामपुर नगरपालिकाले अनुदानमा उपलब्ध गराएको धानको बीउ यहाँको एक सहकारीले महँगो मूल्यमा किसानलाई बिक्री गरेको पाइएको छ । रामपुर–३ रजघरास्थित दर्छा हरियाली साना किसान कृषि सहकारी संस्थाले नगरपालिकाबाट अनुदानमा उपलब्ध भएको बीउ प्रतिकिलो ६ मूल्य बढाएर किसानलाई वितरण गरेको हो ।

गुल्मीको मुसिकोटमा ढुंगाले लागेर एक विद्यार्थीको ज्यान गयो
बिहीबार, जेठ २६, २०७९
गुल्मीको मुसिकोट नगरपालिका–३ मा ढुंगाले लागेर विद्यालय जाँदै गरेका एक जना विद्यार्थीको ज्यान गएको छ । मुसिकोट नगरपालिका कुवापानी बस्दै आएका अरमाजाका १४ वर्षीय गगन रायमाझीको विद्यालय जाने क्रममा डोजरले फालेको ढुंगाले लागेर आज विहान ज्यान गएको वडा अध्यक्ष शंकर रायमाझीले बताए ।

लुम्बिनीको नीति तथा कार्यक्रम : कृषिलाई प्राथमिकता
बुधबार, जेठ २५, २०७९
लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बुधबार बसेको प्रदेश सभा बैठकमा लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।

चट्याङ लागेर दुई भैँसी मरे
बुधबार, जेठ २५, २०७९
गए राति स्याङ्जाको वालिङमा चट्याङ लागेर गोठमा बाँधिराखेका दुई भैँसी मरेका छन् । वालिङ नगरपालिका–६ बगैँचाका हेमबहादुर थापाको गोठमा रहेका दुई भैँसी मरेका स्थानीयवासी रमेश लामिछानेले जानकारी दिए ।

भारतीय नागरिकले व्यक्तिगत विवरण दूतावासमा दर्ता गराउनुपर्ने
मंगलबार, जेठ २४, २०७९
नेपालमा बस्ने भारतीय नागरिकले आफ्नो व्यक्तिगत विवरण भारतीय दूतावासमा दर्ता गराउनुपर्ने भएको छ । नेपालस्थित भारतीय दूतावासले मंगलबार एक सूचना जारी गर्दै अनलाइनमार्फत भारतीय नागरिकले आफ्नो विवरण दर्ता गर्न सकिने जनाएको हो ।

मंगलबार थपिए २८ जना कोरोना संक्रमित
मंगलबार, जेठ २४, २०७९
देशभर पछिल्लो २४ घण्टामा थप २८ जनामा कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार २८ जना कोरोना संक्रमित थपिएका हुन् ।

बैंकिङ कसुर मुद्दामा दुई महिला पक्राउ
मंगलबार, जेठ २४, २०७९
नेपाल प्रहरीले बैंकिङ कसुर मुद्दामा फरार दुई महिला पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)को टोलीले आफ्नो खातामा पर्याप्त रकम नहुँदा नहुँदै झुक्यानमा पारेर खातामा पैसा नभएको चेक दिएर बैंकिङ कसुर गर्ने सुनसरी घर भई काठमाडौँको बानेश्वर बस्ने ४२ वर्षीय कविता सुब्बा र सिन्धुपाल्चोक घर भई काठमाडौँको बानेश्वर...

मनसुन पूर्ण सक्रिय हुन अझै केही दिन लाग्ने
मंगलबार, जेठ २४, २०७९
देशका केही स्थानहरुमा यस वर्षको मनसुन भित्रिए पनि पूर्ण रुपमा सक्रिय हुन अझै केही दिन लाग्ने भएको छ । आइतबारदेखि यस वर्षको मनसुन प्रवेश गरेपनि देशभर फैलिन अझै केही दिन लाग्ने भएको हो । आइतबार नेपालको प्रदेश नं १ मा आगमन भएको यस वर्षको मनसुन सरदर मितिभन्दा अगाडि नै नेपालको...

सोमबार थपिए २१ कोरोना संक्रिमत
सोमबार, जेठ २३, २०७९
देशभर पछिल्लो २४ घण्टामा थप २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार २१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

परासीमा गोली चल्यो
सोमबार, जेठ २३, २०७९
पश्चिम नवलपरासीको रामग्राम ५ अदालत मार्गमा गोली चलेको छ । सरावल गाउँपालिका–४ का हर्षराम यादवले आफ्नी काकी रोशनी यादवलाई लक्षित गरेर गोली प्रहार गरेको प्रहरीले जनाएको छ । पेस्तोलबाट दुई गोली प्रहार भएपनि मानवीय क्षती भने भएको छैन ।

यात्रु बोक्ने एम्बुलेन्स कारवाहीमा
सोमबार, जेठ २३, २०७९
रामपुर अस्पतालको एम्बुलेन्सले यात्रु बोकेको फेला परेपछि कारवाहीमा परेको छ । बा २ झ १७४३ नम्वरको एम्बुलेन्स भाडामा यात्रु बोकेको अवस्थामा ट्राफिक कारवाहीमा परेको हो