Shittalpati
‘डेमोक्रेसीमा हरेक व्यक्तिको मत समान हुन्छ’
‘डेमोक्रेसीमा हरेक व्यक्तिको मत समान हुन्छ’ नेपाली काँग्रेसका सांसद तथा केन्द्रीय सदस्य प्रकाश स्नेही रसाइलीले डेमोक्रेसीमा समाजका हरेक व्यक्तिको मत समान हुने बताएका छन् । नेपाल दलित संघ पाल्पाले शनिबार तानसेनमा आयोजना गरेको भेटघाट तथा अन्तक्र्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
कोरोनाका कारण थप दुई जनाको मृत्यु
कोरोनाका कारण थप दुई जनाको मृत्यु पछिल्लो २४ घण्टामा नेपालमा दुई जनाको कोरोना संक्रमितको मृत्यु भएको छ । देशका विभिन्न ठाउँमा उपचाररत संक्रमितको शनिबार मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा थप ४ सय ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
कोरोना संक्रमित बढे, छैन स्वास्थ्य सतर्कता
कोरोना संक्रमित बढे, छैन स्वास्थ्य सतर्कता कोभिड—१९ को विश्वव्यापी लहर कम भए पनि छिमेकी भारतमा संक्रमण दर तीव्र रूपमा बढेको छ । त्यसको सोझो असर नेपालमा पनि परेको छ । पछिल्लो केही साता यता पाल्पा सहित देशभर कोभिडको संक्रमितको संख्या बढ्दै गएको छ । नेपालमा साउन १ गतेदेखि १३ गतेसम्म कोभिड संक्रमणबाट मृत्यु भएकाको संख्या १२...
माघदेखि बमघाट–बसन्तपुर केबलकार सञ्चालन हुने
माघदेखि बमघाट–बसन्तपुर केबलकार सञ्चालन हुने आगामी १ माघदेखि बुटवलको बमघाटदेखि बसन्तपुरसम्म केबलकार सञ्चालनमा आउने भएको छ । लुम्बिनी केवलकार प्रालिको शुक्रबार भएको साधारण सभाले १ माघदेखि लुम्बिनी प्रदेशको बुटवल बमघाटदेखि बसन्तपुरसम्म व्यावसायिक रूपमा केवलकार सञ्चालनमा आउने बताएको हो ।
बाल ज्योति प्राविमा वृक्षारोपण
बाल ज्योति प्राविमा वृक्षारोपण जिल्लाको तानसेन नगरपालिका ७ काजीपौवामा रहेको बाल ज्योति प्राविमा वृक्षारोपण गरिएको छ । विद्यालयलाई हरियाली, वातावरणमैत्री र विद्यार्थीमा वृक्षारोपण गर्नुपर्छ भन्ने ज्ञान दिनका लागि विद्यालय परिसरमा विभिन्न बोटविरुवाहरु रोपण गरिएको हो ।
एक हजार चोरेको आरोपमा पत्नीको हत्या
एक हजार चोरेको आरोपमा पत्नीको हत्या रुपन्देहीको कञ्चन गाउँपालिका–१ डेलरमा एक हजार चोरेको आरोपमा एक जनाले पत्नीको हत्या गरेका छन् । कञ्चन गाउँपालिका–१ डेलरमा ३१ वर्षीया सावित्री थापा क्षेत्रीको उनका पति यमबहादुर थापाले मंगलबार राति हत्या गरेका हुन् ।
पाल्पामा ३.६ भन्दा माथि जीपीए ल्याउने विद्यार्थी ५२ जना, खस्कियो नतिजा
पाल्पामा ३.६ भन्दा माथि जीपीए ल्याउने विद्यार्थी ५२ जना, खस्कियो नतिजा राष्ट्रिय परिक्षा बोर्डले प्रकाशित गरेको एसईई परीक्षा २०७८ को रिजल्टमा पाल्पामा ५२ जना विद्यार्थीले मात्र ३.६ देखी ४ जीपीएका साथ ए प्लस ल्याएका छन् । २ सय ५२ जना विद्यार्थीले ३.२ देखी ३.६ सम्म जीपीए ल्याई ए नतिजा हासिल गरेका छन् भने ५ सय ८ जना विद्यार्थीले २.८ देखी ३.२...
आज विश्व बाघ दिवस मनाइँदै
आज विश्व बाघ दिवस मनाइँदै विश्वभर विभिन्न कार्यक्रम गरी आज विश्व बाघ दिवस मनाइँदै छ । नेपालमा पनि विश्व बाघ दिवस विभिन्न कार्यक्रम गरी मनाईंदैछ ।
दुई कोरोना संक्रमितको मृत्यु
दुई कोरोना संक्रमितको मृत्यु नेपालमा पछिल्लो २४ घण्टामा दुई जना कोरोना संक्रमितको ज्यान गएको छ । देशका विभिन्न स्थानमा उपचाररत संक्रमितको विहीबार ज्यान गएको हो । साउन १ गते यता नेपालमा १० जनाको कोरानाका कारण ज्यान गइसकेको छ ।
विद्यार्थीको भविष्यमाथि त्रिविको खेलवाड
विद्यार्थीको भविष्यमाथि त्रिविको खेलवाड गत जेठ २४ गते त्रिभुवन विश्वविद्यालयले सञ्चालन गरेको स्नातकोत्तर तह प्रथम वर्षको परीक्षा दिन गुल्मीकी जानुका पराजुली त्रिभूवन बहुमुखी क्याम्पस तानसेन परीक्षा केन्द्र पुगिन् । विहान १२ बजेदेखि सञ्चालन हुने परीक्षा दिन ११ः३० बजे नै केन्द्रमा पुगेकी पराजुली त्यहाँ परीक्षा दिने कोही पनि नदेखेपछि आफु सबै भन्दा छिटो आएको भन्दै...
एसईईको नतिजा सार्वजनिक
एसईईको नतिजा सार्वजनिक राष्ट्रिय परीक्षा बोर्डले २०७८ को एसईईको नतिजा सार्वजनिक गरेको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले पत्रकार सम्मेलन गरी एसईई २०७८ को नतिजा सार्वजनिक गरेको हो । नतिजा सार्वजनिक गर्नुअघि बुधबार दिउँसो नै परीक्षा बोर्डको बैठक बसेको थियो ।
पाल्पामा बुधबार थपिए ७ कोरोना संक्रमित
पाल्पामा बुधबार थपिए ७ कोरोना संक्रमित पछिल्लो २४ घण्टामा पाल्पामा ७ जना कोरोना संक्रमित थपिएका छन् । बुधबार परीक्षण गरिएका ३९ जना मध्ये ७ जनामा संक्रमण पुष्टि भएको हो ।
Weather Update