मौसम सफा नभई उडान अनुमति नदिने प्राधिकरणको निर्णय
मंगलबार, जेठ १७, २०७९

आज सुर्तीजन्य पदार्थ विरुद्धको दिवस
मंगलबार, जेठ १७, २०७९
सुर्तीजन्य वस्तुहरुको प्रयोग विरुद्ध सचेतनामुलक कार्यक्रम गर्दै आज विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस मनाइँदैछ । हरेक वर्ष मे ३१ तारिखमा विश्वभर यो दिवस मनाउने गरिन्छ । यो दिवसलाई धुम्रपान विरुद्धको दिवस पनि भनिन्छ । दिवसका अवसरमा सुर्तीजन्य वस्तुहरुको सेवनबाट मानवीय स्वास्थ्यमा पर्ने हानी नोक्सानी बारे सचेतना जगाउने कार्यक्रमहरु गरिन्छ ।

आजदेखि कक्षा १२ को परीक्षा सञ्चालन
सोमबार, जेठ १६, २०७९
कक्षा १२ को परीक्षा आजदेखि सञ्चालन हुँदैछ । बिहान ८ बजेदेखि सुरु हुने परीक्षा यही जेठ २५ गतेसम्म सञ्चालन हुनेछ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षाको सम्पूर्ण तयारी पूरा गरेको छ जनाएको छ । परीक्षामा करिब चार लाख १५ परीक्षार्थी सहभागी हुँदैछन् ।

पत्रकार रायमाझी सीआईएनबाट पुरस्कृत
आइतबार, जेठ १५, २०७९
पाल्पाका क्रियाशिल पत्रकार तथा रेडियो मुक्तिनाथका स्टेशन म्यानेजर भुवन रायमाझी सामुदायिक सूचना नेटवर्क सीआईएनबाट पुरस्कृत भएका छन् । रायमाझी सीआईएनले प्रत्येक वर्ष दिँदै आएको सामुदायिक रेडियो ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ बाट पुरस्कृत भएका हुन् ।

कृषि क्षेत्रको विकासलाई पहिलो पटक बजेटमा विशेष प्राथमिकता
आइतबार, जेठ १५, २०७९
सरकारले कृषि क्षेत्रको विकास र विस्तारका लागि ‘किसानका लागि सरकार कार्यक्रम’अन्तर्गत किसान पेन्सन योजना अगाडि बढाउने भएको छ कृषिप्रधान मुलुकको मान्यताअनुसार नै सरकारले पहिलो पटक कृषि क्षेत्रलाई बजेटमा विशेष प्राथमिकतामा राखेको छ ।

पोखरादेखि जोमसोम उडेको तारा एयरको जहाज सम्पर्कविहीन
आइतबार, जेठ १५, २०७९
गण्डकी प्रदेशको राजधानी पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको तारा एयरलाइन्सको विमान सम्पर्कविहीन भएको छ । पोखरा विमानस्थलबाट बिहान ९ बजेर ५५ मिनेटमा जोमसोम उडेको जहाज सम्पर्कविहीन भएको पोखरा विमानस्थलका प्रमुख विक्रमराज गौतमले जानकारी दिए ।

द्वन्द्व प्रभावितका मुद्दा प्राथमिकतामा परेनन्
आइतबार, जेठ १५, २०७९
स्थानीय तहको निर्वाचन भर्खरै सकिएको छ । निर्वाचन मार्फत पाँच वर्षका लागि नयाँ जनप्रतिनिधि चुनिएका छन् । राजनीतिक दल आ–आफ्ना पार्टीका र स्वतन्त्र उम्मेदवारले आफ्ना प्रतिवद्धता लिएर जनतामाझ गए । केहीले जिते, केहीले हारे । सशस्त्र द्वन्द्व प्रभावितका लागि भने निर्वाचन ‘हात्ती आयो, हात्ती आयो, फुस्सा’ जस्तै भएको छ ।...

आज गणतन्त्र दिवस मनाइँदै
आइतबार, जेठ १५, २०७९
आज १५ औं गणतन्त्र दिवस विविध कार्यक्रम गरी मनाइँदै छ । लुम्बिनी प्रदेशसहित देशभर विभिन्न कार्यक्रमको आयोजना गरी दिवस मनाउन लागिएको हो । मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गरिएको १४ वर्ष पुगेको छ । २०६२/०६३ को १९ दिने जनआन्दोलनले दुई सय ३८ वर्ष लामो राजतन्त्र अन्त्य गरेपछि १५ जेठ...

स्थानीय तह निर्वाचन : ३८५ स्वतन्त्र उम्मेदवार निर्वाचित
शनिबार, जेठ १४, २०७९
स्थानीय तहको निर्वाचनमा हालसम्म ३८५ जना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । निर्वाचन आयोगका अनुसार स्थानीय तहको निर्वाचनमा २४ राजनीतिक दल सहभागी हुँदा स्वतन्त्र उम्मेदवार २६६ पुरुष र ११९ महिला निर्वाचित भएका हुन् ।

स्थानीय तह निर्वाचन : कुन दलका कति आए जनप्रतिनिधि ?
शनिबार, जेठ १४, २०७९
स्थानीय तह निर्वाचन सकिएको छ। गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मतगणनाको अन्तिम परिणाम लगभग आइसकेको छ। बाजुराको बूढीगङ्गा नगरपालिकामा मतदान हुन बाँकी छ भने उदयपुरको त्रियुगा नगरपालिकामा मतगणना जारी छ । नेपालको संविधान २०७२ जारी भएपछिको यो दोस्रो स्थानीय तह निर्वाचनमा प्राप्त मतपरिणामका आधारमा खासगरी राष्ट्रिय राजनीतिक...

पाराग्लाइडिङबाट खसेर बालिका घाइते
शुक्रबार, जेठ १३, २०७९
स्याङ्जामा पाराग्लाइडिङ सिक्ने क्रममा खसेर एक बालिका घाइते भएकी छन् । शुक्रबार दिउँसो भीरकोट नगरपालिका–८ स्वरेक मैदानमा पाराग्लाइडिङ सिक्ने क्रममा खसेर स्थानीय १९ वर्षीया लक्ष्मी अर्याल घाइते भएकी हुन् ।

पाल्पाका काँग्रेस सभापति श्रेष्ठले गरे महँगीको दीर्घकालीन समाधान खोज्न सरकारसँग आग्रह
बिहीबार, जेठ १२, २०७९
नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले महँगीको दीर्घकालीन समाधान खोज्न सरकारसँग आग्रह गरेका छन् । पछिल्लो समय पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिको चौतर्फी विरोध भएपछि सभापति श्रेष्ठले सामाजिक सञ्जालमार्फत त्यसको दीर्घकालीन समाधान खोज्न सरकारसँग आग्रह गरेका हुन् ।