Shittalpati
अभिभावक गुमाएकालाई रिब्दीकोटले पढाउने
अभिभावक गुमाएकालाई रिब्दीकोटले पढाउने पाल्पाको रिब्दीकोट गाउँपालिकाले अभिभावकविहीन बालबालिकालाई कक्षा १२ सम्म पढाउने भएको छ । अभिभावकविहीन कतिपय बालबालिकाले शिक्षा माध्यमिक तहसम्म पूरा गर्न सकेका छैनन् ।
पाल्पा ‘पूर्ण खोप’ सुनिश्चितता जिल्ला घोषणा
पाल्पा ‘पूर्ण खोप’ सुनिश्चितता जिल्ला घोषणा पाल्पा जिल्ला ‘पूर्ण खोप’ सुनिश्चित तथा दिगोपना घोषणा भएको छ । जन्मेदेखि १५ महिनासम्मका सबै बालबालिकाले पूर्ण रूपमा नियमित खोप पाएपछि विहीबार जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो ।
तानसेनमा पशुपालन र सहकारीको अनुगमन
तानसेनमा पशुपालन र सहकारीको अनुगमन भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाल्पाले आ.व.२०७८/०७९ मा सञ्चालन गरेका कार्यक्रमहरुको अनुगमन गरेको छ । केन्द्रले तानसेन नगरपालिकामा सञ्चालन भएका बाख्रा, गाई फर्म र दुग्ध सहकारीहरुको सरोकारवाला निकाय, पत्रकारहरुको उपस्थितीमा अनुगमन गरेको हो ।
प्राज्ञिक विद्यार्थी परिषद् पुनर्गठन
प्राज्ञिक विद्यार्थी परिषद् पुनर्गठन तानसेन बहुमुखी क्याम्पसमा प्राज्ञिक विद्यार्थी परिषद् नेपाल पुनर्गठन भएको छ । उर्मिला विकको संयोजकत्वमा परिषद्को विहीबार पुनर्गठन गरिएको हो । जसको सह संयोजककम मिलन आले, सचिव विपिन नेपाली, सह सचिव गणेश बस्याल, कोषाध्यक्ष सपना राना रहेका छन् ।
तानसेन बहुमुखी क्याम्पसमा युवा रेडक्रस सर्कल पुनर्गठन
तानसेन बहुमुखी क्याम्पसमा युवा रेडक्रस सर्कल पुनर्गठन जिल्लाको तानसेनमा रहेको तानसेन बहुमुखी क्याम्पसमा सञ्चालित युवा रेडक्रस सर्कल पुनर्गठन भएको छ । सुमित रेग्मीको अध्यक्षतामा सर्कलको बुधबार पुनर्गठन गरिएको हो ।
थप एक सय ७७ मा संक्रमण
थप एक सय ७७ मा संक्रमण पछिल्लो २४ घण्टामा थप एक सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न स्थानमा गरिएको कोराना परीक्षणमा थप एक सय ७७ जनामा संक्रमण पुष्टि भएको हो ।
एसइईको नतिजा साउन पहिलो हप्ता आउने
एसइईको नतिजा साउन पहिलो हप्ता आउने असार मसान्तभित्र माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा प्रकाशन गर्ने गरी तयारी गरेको माध्यामिक शिक्षा परीक्षा (एसईई) परीक्षा नियन्त्रण कार्यालयले यसपटक ढिला गर्ने भएको छ । विविध कारणले परीक्षणमा ढिलाई भएकाले यस वर्ष एसइई नतिजा प्रकाशनका लागि साउन पहिलो सातासम्म कुर्नुपर्ने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
कृषि तथा पशु उद्यमशिलताको वार्षिक समीक्षा
कृषि तथा पशु उद्यमशिलताको वार्षिक समीक्षा तानसेनमा सञ्चालित कृषि तथा पशु उद्यमशिलता कार्यक्रमको वार्षिक समीक्षा गरिएको छ । तानसेन नगरपालिकाको ७५ प्रतिश, हेफर इन्टरनेशनलको २५ प्रतिशत लगानी र ग्रामिण आर्थिक विकास संघ रेडाको सजहजीकरणमा सञ्चालित साझेदारी कार्यक्रमको वार्षिक समीक्षा गरिएको हो ।
माथागढीमा बजेट विनियोजनमा पक्षपात गरेको भन्दै काँग्रेसका जनप्रतिनिधि गाउँसभामा अनुपस्थित
माथागढीमा बजेट विनियोजनमा पक्षपात गरेको भन्दै काँग्रेसका जनप्रतिनिधि गाउँसभामा अनुपस्थित जिल्लाको माथागढी गाउँपालिकामा नेपाली काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुले बजेटमा पक्षपात गरेको भन्दै गाउँसभामा अनुपस्थित भएका छन् ।
पाल्पाका दशवटै पालिका ‘पूर्ण खोप’ सुनिश्चित
पाल्पाका दशवटै पालिका ‘पूर्ण खोप’ सुनिश्चित पाल्पाका दशवटै स्थानीय तहहरु ‘पूर्ण खोप’ सुनिश्चितता भएका छन् । पालिकाभित्रका सबै बालबालिकालाई नियमित खोप पाउने आधार सुनिश्चित गरे पछि यहाँका पालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको हो ।
बढ्दै कोरोना संक्रमित, छैन सतर्कता
बढ्दै कोरोना संक्रमित, छैन सतर्कता नेपालमा कोरोना भाइरसको महामारी ह्वात्तै बढेको छ । आइतबार एकैदिन यो ठूलो संख्यामा संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा एकैदिन एक सय २१ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
Weather Update