Shittalpati
व्यावसायिक काँक्रोेखेतीमा रमाउँदै पौडेल दाजुभाइ
व्यावसायिक काँक्रोेखेतीमा रमाउँदै पौडेल दाजुभाइ यहाँका दुई दाजुभाइले व्यावसायिक रूपमा काँक्रोेखेती थालेका छन् । स्याङ्जाको आँधीखोला गाउँपालिका–६ टिकाजा घर भई पोखरा बस्दै आएका सन्तोष पौडेल र दीपेन्द्र पौडेलले फेदीखोला गाउँपालिका–४ ठूलाखेतमा व्यावसायिक रूपमा काँक्रोेखेती सुरू गरेका हुन्।
पाल्पामा नसर्ने रोगका बिरामीको सङ्ख्या बढ्दो
पाल्पामा नसर्ने रोगका बिरामीको सङ्ख्या बढ्दो पाल्पामा नसर्ने रोगबाट प्रभावितको सङ्ख्या उच्च देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१/८२ मा नसर्ने रोगमध्ये मधुमेह र उच्च रक्तचापको समस्याबाट प्रभावितको सङ्ख्या सबैभन्दा धेरै छ । 
तानसेनमा ‘कोरा साइक्लिङ च्यालेञ्ज’ : यात्रामा निस्किए उत्साहजनक रुपमा साइकलयात्री  
तानसेनमा ‘कोरा साइक्लिङ च्यालेञ्ज’ : यात्रामा निस्किए उत्साहजनक रुपमा साइकलयात्री   साइकल प्रेमीहरुको महोत्सवका रूपमा मनाइँदै आएको कोरा साइक्लिङ च्यालेञ्ज २०२५ पाल्पाको तानसेनमा आयोजना गरिएको छ । पाल्पा साइक्लिङ संघको आयोजनामा शनिबार तानसेनको टुँडिखेलबाट उक्त च्यालेञ्ज सुरु भएको हो ।
पाल्पा उद्योग वाणिज्य संघमा विवाद 
पाल्पा उद्योग वाणिज्य संघमा विवाद  जिल्लाका उद्योगी व्यवसायीहरुको छाता संगठन  पाल्पा उद्योग वाणिज्य संघमा विवाद सिर्जना भएको छ । संघको निर्वाचन नजिकिदै जाँदा सदस्यता थप्ने क्रममा हानथाप भएपछि संघ भित्र विवाद चर्किएको हो ।
वामदेव र माधवको पार्टीबिच एकता
वामदेव र माधवको पार्टीबिच एकता नेकपा एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानबीच पार्टी एकता भएको छ । शुक्रबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रमबीच दुई पार्टीबीच एकता घोषणा भएको हो । दुई पार्टीका अध्यक्षहरू माधवकुमार नेपाल र वामदेव गौतमबीच गत शुक्रबार पार्टी एकता गर्ने सहमति पत्रमा हस्ताक्षर भएको थियो । एकीकृत समाजवादीमा गौतमलाई वरिष्ठ नेताको जिम्मेवारी...
आइतबारदेखि भारी वर्षाको प्रक्षेपण  
आइतबारदेखि भारी वर्षाको प्रक्षेपण   आइतबारदेखि नेपालमा भारी वर्षा सुरु हुने मौसमविद्हरुले पूर्वानुमान गरेका छन् । अहिले भारतको उत्तरप्रदेशतर्फ रहेको मनसुनी रेखा नेपालतिर सर्ने र त्यसको प्रभावले सोमबारसम्म देशभर नै भारी वर्षा हुने उनीहरुले प्रक्षेपण गरेका हुन् ।
पाल्पामा भोली ‘कोरा साइक्लिङ च्यालेञ्ज’ हुँदै, तयारी पुरा
पाल्पामा भोली ‘कोरा साइक्लिङ च्यालेञ्ज’ हुँदै, तयारी पुरा पाल्पामा भोली ‘कोरा साइक्लिङ च्यालेञ्ज’ हुने भएको छ । पाल्पा साइक्लिङ संघको आयोजनामा साइकल पर्यटनबारे जानकारी होस् भन्ने उद्देश्यका साथ जिल्लाका धार्मिक पर्यटकीय क्षेत्रलाई समेट्ने गरि ‘कोरा साइक्लिङ च्यालेञ्ज’ हुन लागेको हो ।
राहुघाटको म्याद तेस्रोपटक थपियो
राहुघाटको म्याद तेस्रोपटक थपियो नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको सिभिल ठेक्काको म्याद तेस्रोपटक थपिएको छ । राहुघाट म्याग्दीको बहुप्रतिक्षित आयोजना हो ।
मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु, तीन घाइते
मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु, तीन घाइते नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को हुप्सेकोट गाउँपालिका–३ मा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । सोही दुर्घटनामा परी अन्य तीन जना घाइते भएका छन् । 
कृषकलाई प्रोत्साहनस्वरुप दूधमा अनुदान
कृषकलाई प्रोत्साहनस्वरुप दूधमा अनुदान भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र स्याङ्जाले दूधमा अनुदान दिएको छ । उत्पादनका आधारमा कृषकलाई प्रोत्साहित गर्न कार्यालयले जिल्लाभित्र सञ्चालनमा रहेर मापदण्ड पूरा गरेका समूह, सहकारीलाई प्रतिलिटर रु पाँच अनुदान उपलब्ध गराएको हो ।
सवारी मर्मत केन्द्रका सञ्चालक र मेकानिकलाई ट्राफिक सचेतना
सवारी मर्मत केन्द्रका सञ्चालक र मेकानिकलाई ट्राफिक सचेतना जिल्लामा सवारी मर्मत केन्द्रका सञ्चालक र मेकानिकलाई ट्राफिक सचेतना दिइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयले  यहाँ सञ्चालित सवारी मर्मत केन्द्रका सञ्चालक र मेकानिकहरुलाई ट्राफिक सचेतना तालिम दिएको हो ।
स्याङ्जामा उद्योग तथा पसलको संख्या घट्दो
स्याङ्जामा उद्योग तथा पसलको संख्या घट्दो जिल्लामा उद्योग तथा पसलको संख्या दिनानुदिन घट्दो छ । उद्योग तथा व्यापार व्यवसाय सञ्चालन गर्न कठिनाइ भएको जनाउँदै उद्योगी, व्यवसायीले पसल दर्ता खारेजी गर्न थालेका हुन् ।
Weather Update