Shittalpati
लुम्बिनी प्रदेश अस्पताल अत्याधुनिक भवनको २५ प्रतिशत भौतिक प्रगति
लुम्बिनी प्रदेश अस्पताल अत्याधुनिक भवनको २५ प्रतिशत भौतिक प्रगति लुम्बिनी प्रदेश सरकारका गौरवको आयोजनामध्येको लुम्बिनी प्रादेशिक अस्पतालको हालसम्म आयोजनाको भौतिक प्रगति २५ प्रतिशत पुगेको छ । यस्तै आयोजनाको वित्तीय प्रगति भने १६ प्रतिशतको हाराहारीमा पुगेको जनाइएको छ ।
प्रभावकारी बन्दै लुम्बिनी आयुर्वेद चिकित्सालयको सेवा
प्रभावकारी बन्दै लुम्बिनी आयुर्वेद चिकित्सालयको सेवा बुटवल उपमहानगरपालिका–९ की ३६ वर्षीय ललिता भुसाल ढाडको नसा च्यापिएको समस्याले विगत दुई वर्षदेखि ग्रस्त थिए । उनी उपचारका लागि बुटवलका विभिन्न अस्पताल र काठमाडौँ पनि पुगे ।
पाल्पामा पनि मनाइयो मदन भण्डारीको ७४ औं जन्मजयन्ती
पाल्पामा पनि मनाइयो मदन भण्डारीको ७४ औं जन्मजयन्ती जननेता मदन भण्डारीको ७४ औँ जन्मजयन्ती शुक्रबार पाल्पासहित देशैभर विभिन्न कार्यक्रम गरी मनाइएको छ । तत्कालीन नेकपा (एमाले)का महासचिव भण्डारीको जन्मजयन्तीको अवसरमा एमाले र पार्टीका विभिन्न जनसंगठनहरूले देशभर विभिन्न कार्यक्रम गरी जन्मजयन्ती मनाएका हुन् ।
विषालु च्याउ खाँदा एकै परिवारका तीन जना बिरामी
विषालु च्याउ खाँदा एकै परिवारका तीन जना बिरामी विषालु च्याउ खाँदा एकै परिवारका तीन जना बिरामी परेका छन् । बिरामी पर्नेहरुमा मुसिकोट नगरपालिका–४ दिगामचौरका ६८ वर्षीया फूलमाया कुमाल, ७६ वर्षीय थम्मनबहादुर कुमाल र ३६ वर्षीया गीता कुमाल रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुले जानकारी दिए । 
मौरीपालक कृषकलाई अनुदानमा मौरीको घार
मौरीपालक कृषकलाई अनुदानमा मौरीको घार जिल्लाको रामपुर नगरपालिकाले कृषकलाई मौरीको घार वितरण गरेको छ । उसले कृषकको आयआर्जन बढाउन नगरभित्रका ३९ जनालाई ९५ वटा मौरी घार वितरण गरिएको हो । स्थानीय कृषकको माग र आवश्यकताको आधारमा नगरपालिकाको कृषि शाखाले ५० प्रतिशत अनुदानमा घार वितरण गरेको हो ।
तानसेनमा निःशुःल्क मुटु परीक्षण तथा सचेतना
तानसेनमा निःशुःल्क मुटु परीक्षण तथा सचेतना जिल्लाको तानसेनमा निःशुल्क मुटु परीक्षण तथा सचेतना कार्यक्रम गरिएको छ । तानसेन नगरपालिका–२ वडा कार्यालयको मुख्य आयोजना, नेपाल ह्दयरोग निवारण प्रतिष्ठान पाल्पाको आयोजनामा तानसेनस्थित अमरनारायण फुलबारीमा मुटु परीक्षणसँगै सचेतना कार्यक्रम गरिएको हो ।
प्रेस युनियन पाल्पाद्वारा पत्रकार क्षमता विकास तालिम 
प्रेस युनियन पाल्पाद्वारा पत्रकार क्षमता विकास तालिम  प्रजातान्त्रिक पत्रकारहरुको छाता संगठन नेपाल प्रेस युनियन पाल्पा शाखाले पत्रकारको क्षमता विकास तालिम सञ्चालन गरेको छ । युनियनले पत्रकारितामा रुची भएकाहरुलाई लक्षित गरी क्षमता विकास तालिम सञ्चालन गरेको हो । 
तारको भार
तारको भार
गड्यौला मल बनाउने तालिमपछि जैविक तरकारी फलाउने प्रतिबद्धता
गड्यौला मल बनाउने तालिमपछि जैविक तरकारी फलाउने प्रतिबद्धता यहाँ घरको भान्सा र तरकारीका बोक्रा, पातपतिङ्गरको प्रयोग गरेर गड्यौला मल बनाउन सिकाइएको छ । घोराही उपमहानगरपालिका–१२ हापुर बिजौरीस्थित डाँफे पशुपालन समूहकी कोषाध्यक्ष फूलमानी चौधरीले गड्यौला मलका बारेमा सुने पनि खासै जानकारी नभएको बताइन् ।
‘अझै मनसुन सक्रिय नहुँदा अपेक्षाकृत रोपाइँ हुन सकेन’
‘अझै मनसुन सक्रिय नहुँदा अपेक्षाकृत रोपाइँ हुन सकेन’ समयमा मनसुन सक्रिय नहुँदा लुम्बिनी प्रदेशमा रोपाइँ ढिलो सुरु भएको छ । सिञ्चित क्षेत्रमा धमाधम रोपाइँ जारी भए पनि आकाशे वर्षाको भरमा रहेका खेतमा भने किसानले अझै पनि धान रोप्न सकेका छैनन् । लुम्बिनी प्रदेशको १२ जिल्लामध्ये पूर्वी नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दियामा धानखेती राम्रो हुने जिल्लाको रुपमा मानिन्छन्...
तटबन्धले जोगायो घर खेत
तटबन्धले जोगायो घर खेत दाङ तुलसीपुर उपमहानगरपालिका–१२ को हरीपौरी निवासी मञ्जु आचार्यलाई ग्वारखोला गाउँमा पस्छ, की भन्ने पिरलो थियो । ग्वारखोलाले जमिन काटेर गाउँमै पस्लाजस्तै गरेको थियो । 
रामघाटमा ज्येष्ठ नागरिक स्कुल सञ्चालनको तयारी
रामघाटमा ज्येष्ठ नागरिक स्कुल सञ्चालनको तयारी ज्येष्ठ नागरिकलाई लक्षित गर्दै रामघाटमा ज्येष्ठ नागरिक स्कुल सञ्चालनको तयारी भइरहेको छ । रामपुर नगरपालिका–५ स्थित कालीगण्डकी नदीको तहमा रहेको रामघाटमा ज्येष्ठ नागरिक स्कुल सञ्चालनका लागि आवश्यक संरचना तयार पारिएको छ । 
Weather Update