Shittalpati
पाल्पामा चुनाव अवधिभर मदिरा बिक्री वितरणमा रोक
पाल्पामा चुनाव अवधिभर मदिरा बिक्री वितरणमा रोक जिल्ला प्रशासन कार्यालय पाल्पाले शुक्रबारदेखि लागु हुनेगरी जिल्लाभर पूर्णरूपमा मदिरा बिक्री वितरणमा रोक लगाएको छ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई लक्षित गरी यहाँ मदिरा बिक्री वितरणमा रोक लगाइएको हो ।
आर्थिक समृद्धिका लागि आफुलाई मत दिन नेकपाका उम्मेदवार पाण्डेयको आग्रह 
आर्थिक समृद्धिका लागि आफुलाई मत दिन नेकपाका उम्मेदवार पाण्डेयको आग्रह  नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट पाल्पा क्षेत्र नं.२ का उम्मेद्वार सोम प्रसाद पाण्डेयले आफू भारी मतले विजयी हुने बताएका छन् ।
पाल्पामा काँग्रेस उम्मेदवारको घर दैलो : मतदाता भन्छन् ‘यसपाली गगन सरकार नै हो’
पाल्पामा काँग्रेस उम्मेदवारको घर दैलो : मतदाता भन्छन् ‘यसपाली गगन सरकार नै हो’ जिल्लाको रैनादेवी छहराका कृष्ण कार्कीले तेस्रो पटक मदान गर्दै छन् । यस पटक भने उनले मत परिवर्तन गर्दै छन् । कार्की भन्छन् “यस अघिका निर्वाचनमा एउटै पार्टीलाई भोट दिएर जितायौं तर जितेपछि गाउँ फर्किएर कहिल्यै आएनन्, यस पटक भने मत बदल्ने सोच बनाएको छु ।”
‘मतदान केन्द्र अपाङ्गमैत्री बनाउनुपर्ने माग’
‘मतदान केन्द्र अपाङ्गमैत्री बनाउनुपर्ने माग’ मतदान केन्द्रहरू अपाङ्गमैत्री नहुँदा अपाङ्गता भएका मतदाताहरूलाई निकै समस्या हुने गरेको छ । विगतका मतदानहरूमा पनि निकै समस्या भोग्नुपरेको भन्दै आगामी फागुन २१ गते हुन लागेको निर्वाचनमा मतदान केन्द्रहरू अपाङ्गमैत्री हुनुपर्ने राप्ती बहिरा सङ्घ दाङका अध्यक्ष अजय शर्माले बताए । टेबलहरू अग्ला हुँदा होचा व्यक्तिहरूले मदतान गर्न नै गाह्रो हुने...
निर्वाचन आचारसंहिता पालना गर्न प्रेस काउन्सिलको आग्रह
निर्वाचन आचारसंहिता पालना गर्न प्रेस काउन्सिलको आग्रह प्रेस काउन्सिल नेपालका सदस्य केशव शरण लामिछानेले निर्वाचन आचारसंहिता भित्र रहेर समाचार प्रकाशन र प्रसारण गर्न आग्रह गरेका छन् ।
होलीलाई मर्यादित बनाउन गुल्मी प्रशासनको आग्रह
होलीलाई मर्यादित बनाउन गुल्मी प्रशासनको आग्रह जिल्ला प्रशासन कार्यालय गुल्मीले होली (फागुपूर्णिमा) लाई मर्यादित बनाउन सबैमा अनुरोध गरेको छ । प्रशासनले एक सूचना जारी गर्दै होलीमा कसैलाई पनि इच्छाविपरित रङग नदल्न आग्रह गरेका छन् ।
आँधीखोला किनार क्षेत्रमा तर्बुजाखेती सुरु
आँधीखोला किनार क्षेत्रमा तर्बुजाखेती सुरु हाँको भीरकोट नगरपालिकाले आँधीखोला किनार क्षेत्रमा परीक्षणका रुपमा तर्बुजाखेती सुरु गरेको छ । हेफर इन्टरनेशनलसँगको सहकार्यमा भीरकोट कृषि तथा पशु विकास परियोजनामार्फत तर्बुजा खेतीको सम्भाव्यता अध्ययन गरी व्यावसायिक तर्बुजाखेती गर्ने लक्ष्य लिएको नगर प्रमुख गोविन्दकुमार कर्माचार्यले बताए ।
विश्व गैरसरकारी संस्था दिवस मनाइँदै
विश्व गैरसरकारी संस्था दिवस मनाइँदै विश्व गैरसरकारी संस्था दिवस आज विश्वभर मनाइँदै छ । गैरसरकारी संघसंस्थालाई समाज विकासमा थप हौसला दिन संयुक्त राष्ट्रसंघ (यूएनओ)ले  हरेक वर्षको २७ फेब्रुअरीमा यो दिवस मनाउने गरेको हो ।
पाल्पामै बसौं बसौं लाग्ने गरी काम गर्छौं : काँग्रेस उम्मेदवार श्रेष्ठ
पाल्पामै बसौं बसौं लाग्ने गरी काम गर्छौं : काँग्रेस उम्मेदवार श्रेष्ठ पाल्पा  क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका  युवा नेता हिमादत्त श्रेष्ठले  पाल्पामै बसौं बसौं लाग्ने गरी काम गर्ने बताएका छन् ।
अन्य दलका प्रतिवद्धता पत्र पनि एमालेकै प्रतिवद्धतापत्र सरह मान्छु : एमाले उम्मेदवार आचार्य
अन्य दलका प्रतिवद्धता पत्र पनि एमालेकै प्रतिवद्धतापत्र सरह मान्छु : एमाले उम्मेदवार आचार्य नेकपा एमाले पाल्पा क्षेत्र नं. १ का उम्मेदवार नारायण प्रसाद आचार्यले अन्य राजनितिक दलका उम्मेदवारहरुले जनता सामु गरेको प्रतिवद्धतालाई स्विकार गरी कार्यान्वन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
पाल्पामा टिपर दुर्घटना हुँदा चालकको मृत्यु
पाल्पामा टिपर दुर्घटना हुँदा चालकको मृत्यु ,जिल्लाको रैनादेवी छहरा गाउँपालिकामा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
कृषि उत्पादन बढाउन बगनासकालीमा कृषि मेला 
कृषि उत्पादन बढाउन बगनासकालीमा कृषि मेला  जिल्लाको बगनासकाली गाउँपालिकाले गाउँपालिकास्तरीय कृषि मेला प्रदर्शनी गरेको छ । उसले कृषकहरूलाई व्यावसायिक उत्पादनतर्फ प्रोत्साहित गर्ने, स्थानीय रैथाने बालीको संरक्षण गर्ने र कृषकको मेहनतलाई सम्मान गर्ने उद्देश्यले कृषि मेला गरेको हो ।
Weather Update