कार्यक्रम ‘ऐना’को दोस्रो संस्करण आजदेखि प्रसारण हुने
शुक्रबार, असार २०, २०८२
कालीगण्डकीमा व्यावसायिक अकबरेखेती
शुक्रबार, असार २०, २०८२
स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका किसानले व्यावसायिक अकबरे खुर्सानीखेती सुरु गरेका छन् ।
लुम्बिनी प्रदेशको बजेट पारित
शुक्रबार, असार २०, २०८२
लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०८२/८३ को बजेट बहुमतले पारित भएको छ । बुधबार बसेको प्रदेश सभाको छैठौं अधिवेशनको १७ औं बैठकले बजेट पारित गरेको हो ।
रामपुरको मनभागका घर–घरमा खानेपानीको धारा
बिहीबार, असार १९, २०८२
जिल्लाको रामपुर नगरपालिका –१० माथिल्लो मनभागका घर–घरमा खानेपानीको धारा पुगेको छ । रामपुर नगरपालिकाको १७ लाख ५० हजार र उपभोक्ताको ४ लाख २१ हजार ६ सय रुपैयाँ नगद र जनश्रमदानमा २२ हजार लिटर क्षमताको पानी टंकी निर्माण गरि लिफ्टिङ मार्फत योजना सम्पन्न गरि घर–घरमा पानीको धारा पुगेको हो ।
फाँट र खोला किनारमा देखिन छाडे बकुल्ला
बिहीबार, असार १९, २०८२
केही वर्ष अघिसम्म वर्खा लागेपछि यहाँका फाँट र सिमसारमा देखिने बकुल्ला हिजो आज देखिन छाडेका छन् । यहाँका माडीफाँट, अर्गली, रामपुर पूर्वखोला जस्ता फाँट र ससाना खोला किनारामा देखिने सेतो बकुल्लाहरु देखिन छाडेका हुन् ।
तुलसीपुरमा दुई पक्की पुल निर्माण
बिहीबार, असार १९, २०८२
तुलसीपुर उपमहानगरपालिका–१ भएर बग्ने भमके खोला र शान्तिनगर गाउँपालिका–३ को बौलाह खोलामा रु चार करोड २५ लाख २७ हजारको लागतमा दुई वटा पुल निर्माण भएका छन् ।
भीरकोटका उत्कृष्ट नौ कृषक सम्मानित
बिहीबार, असार १९, २०८२
स्याङ्जाको भीरकोट नगरपालिकाले पालिकाभित्रका उत्कृष्ट नौ कृषकलाई सम्मान गरेको छ । लामो समयदेखि व्यावसायिकरुपमा कृषि गर्दै आएका नगरका नौ उत्कृष्ट कृषकलाई नगरपालिकाले प्रोत्साहनस्वरुप सम्मान गरेको हो ।
सुनचाँदी व्यवसायीले मागे अर्थमन्त्रीको राजीनामा
बिहीबार, असार १९, २०८२
पाल्पाका सुनचाँदी व्यवसायीहरुले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको राजीनामा माग गरेका छन् । बुधबार तानसेनको शितलपाटीमा भेला भइ सुनचाँदी व्यवसायीहरुले अर्थमन्त्री पौडेलको राजीनामा माग गर्दै आन्दोलन गरेका हुन् ।
सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको काम सकियो
बिहीबार, असार १९, २०८२
सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको काम सकिएको छ । मुख्य टनेलको कुल एक हजार ८९ मिटरमा इन्भर्टको निर्माण कार्य सकिएको हो ।
धुर्कोट बालश्रममुक्त पालिका घोषणा
बिहीबार, असार १९, २०८२
जिल्लाको धुर्कोट गाउँपालिका बालश्रममुक्त तथा सडक बालबालिका मुक्त पालिका घोषणा भएको छ । गाउँपालिकाको १७ औं गाउँसभाले बालश्रम मुक्त पालिका घोषणा गरेको हो ।
बुटवल–नारायणगढको दाउन्ने खण्ड शीघ्र सम्पन्न गर्नुपर्नेमा जोड
बुधबार, असार १८, २०८२
प्रतिनिधिसभाका सांसदहरूले पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढको १४ किलोमिटर दाउन्ने खण्डमा तत्काल सडक विस्तार गरी आवागमन सहज बनाउनुपर्नेमा जोड दिएका छन् । पूर्वाधार विकास समितिको आजको बैठकमा सांसदहरूले नवलपासिस्थित दाउन्ने सडक विस्तार गरिरहँदा पहिरो, बाढी र जामका कारण यात्रुलाई सास्ती भएको भन्दै विस्तारकार्य यथाशीघ्र सम्पन्न गर्र्नुपर्नेमा जोड दिएको हो ।
फलामे खोरमा जीवनका खुसी खोज्दै ११ वर्षे बालक
बुधबार, असार १८, २०८२
सडक छेउमा रहेको रुख नजिकै एउटा फलामे खोर बनाइएको छ । त्यही खोरभित्र थुनिएर जीवनका खुसी भेटाउने प्रयासमा छन्, बालक पवन कुमाल । पाल्पाको रामपुर नगरपालिका–६ स्थित तिलकपुर बस्ने ११ वर्षीय पवन करिब डेढ वर्षदेखि फलामको खोरमा जीवन बिताइरहेका छन् ।


