Shittalpati
तरकारी र दूधमा विषादी फेला

लुम्बिनी, चितवनबाट बुटवल कृषि उपज थोक बजा र केन्द्रमा गत चैत अन्तिम साता बिक्रीका लागि ल्याइएका तने बोडीको प रीक्षणका क्रममा अत्यधिक मात्रामा विषादी फेला पर्यो । बोडीमा बिषादी फेला प रेपछि नष्ट ग िरएको थियो । त्यस्तै, केन्द्रमा केही दिनअघि मात्रै चितवनबाट ल्याए र बिक्रीका लागि  राखिएका काँक्रोमा पनि अत्यधिक मात्रामा विषादी भेटिएपछि पाँच सय किलो काँक्रा नष्ट गरिएको थियो ।

 बुटवलमा विभिन्न क्षेत्रबाट आउने दूधको यही जेठ १३ गते नमूना संलग्न ग री प रीक्षण गर्दा बिषादी फेला प रेकाले बिक्रीमा  रोक लगाइएको बुटवल उपमहानग रपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले जानका री दिइन् । उपभोक्तालाई त्यस्तो दूध तथा त रका री उपभोग नगर्न सचेतसमेत ग राइएको उनको भनाइ छ । बुटवल क्षेत्रमा आउने दूधमा नफाट्ने बिषादी मिसाइएको प रीक्षणमा फेला प रेकाले अहिले उपमहानग रले कडाइका साथ अनुगमनलाई अगाडि बढाएको उपप्रमुख अर्यालले जानका री दिइन् । यसैबीच, बुटवलको थोक बजा रमा बिक्रीका लागि  राखिएका काउली  प रीक्षण गर्दा अत्यधिक मात्रामा विषादी प्रयोग भएको फेला प रेको छ । थोक बजा र केन्द्रमा  रहेको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइ बुटवलले थोक बिक्रीका लागि  ल्याइएका हरिरयो त रका री तथा फलफूलको नमूना प रीक्षण गर्दा काउलीमा अत्यधिक विषादी प्रयोग ग रेको पाइएपछि २२ किलो काउली नष्ट गरिएको छ । रुपन्देहीको मर्चवा रीमाई गाउँपालिकाबाट बुटवलस्थित केन्द्रमा बिक्रीका लागि ल्याइएका काउलीमा ‘अर्गानोफस्फेट’ समूहको विषादीको मात्रा ८०.८९ प्रतिशत भेटिएको विषादी अवशेष दु्रुत विश्लेषण प्रयोगशाला एकाइ बुटवलका नायब प्राविधिक सहायक  राजीव भण्डा रीले जानका री दिए । विषादी प रीक्षण प्राविधिकका अनुसा र त रका रीमा ‘कार्वामेट’  र ‘अर्गानोफस्फेट’ समूहको विषादीको मात्रा ३५ प्रतिशतभन्दा कम भएमा खानयोग्य मानिन्छ । प्राविधिक सहायक भण्डा रीले भने, “३५ देखि ४५ प्रतिशत भएमा केही दिन क्वा रेन्टाइनमा  राखे र पुनः प रीक्षण ग री खान मिल्ने  र विषादीको मात्रा ४५ प्रतिशतभन्दा बढी देखियो भने त्यसलाई खानयोग्य मानिँदैन  र नष्ट गर्नुपर्छ ।” उनका अनुसा र अहिलेसम्म दुई हजा र ६४५ नमूना संकलन ग री विषादी प रीक्षण गर्दा नौवटा त रका रीमा विषादी फेला प रेको छ भने अरु नौवटामा क्या रेन्टाइनमा  राख्नुपर्ने देखिएको छ ।

केन्द्रमा चितवन, मकवानपु रको पालुङ, रुपन्देहीको मर्चवा र  र सेम रा क्षेत्रबाट आएका बोडी, काँक्रा, काउली  र साँगमा विषादी देखिएको जनाउँदै चितवनबाट आउने धे रैजसो त रका री प रीक्षण ग रे रमात्र सेवन गर्नुपर्ने भण्डा रीले बताए । उनका अनुसा र केन्द्रमा नियमित विषादी प रीक्षण हुँदै आएको छ ।  परीक्षण गर्दा फेला प रेका विषादीयुक्त काउलीलाई बुटवल उपमहानग रपालिकासँगको समन्वयमा नष्ट गरिएको हो । ह रेक दिन थोक बजा रमा आउने त रका री तथा फलफूलको बिहानै विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशालाले नमूना संकन ग री प रीक्षण गर्दै आएको छ । बुटवलको थोक बजा रभन्दा बाहि रबाट बिक्री हुने त रका रीमा भने विषादी प रीक्षण हुनसकेको छैन । विषादीले मानव स्वास्थ्यमा गम्भी र अस र गर्छ भन्ने जानका री हुँदाहुँदै पनि पछिल्लो समय किसानले छिटो उत्पादन ग री आम्दानी गर्ने उद्देश्यले त रका री  र फलफूलमा अत्यधिक मात्रामा विषादी प्रयोग गर्ने ग रेकाले यसतर्फ सबै सचेत हुनुपर्ने कृषि प्राविधिकहरू बताउँछन् ।

प्रकाशित मिति: आइतबार, जेठ २४, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update