दाउन्नेमा पहिराले नारायणघाट बुटवल सडक अवरुद्ध
बुधबार, असार २५, २०८२
सिद्धार्थ राजमार्गका ठाउँ ठाउँमा पहिरो : सडक अवरुद्ध, उच्च सतर्कता अपनाउन आग्रह
बुधबार, असार २५, २०८२
सिद्धार्थ राजमार्गअन्तर्गतको पाल्पा–बुटवल सडकखण्ड गएराति परेको अविरल वर्षाका कारण आज बिहानैदेखि अवरुद्ध भएको छ । यस सडकखण्डअन्तर्गतका विभिन्न ठाउँहरुमा पहिरो खसेका कारण सडक अवरुद्ध बनेको हो ।
गाउँबाट चार जिपिए ल्याएका यी दुई भण्डारी
बुधबार, असार २५, २०८२
गुल्मीमा चार जिपिए ल्याउने मध्येका हुन् सिर्जित भण्डारी र निशान भण्डारी । दुवै जनाले गाउँकै स्कूलबाट परीक्षा दिएका थिए । सत्यवती गाउँपालिकाका सिर्जितले सत्यवती मावि र चन्द्रकोटका निसानले उदय मावि शान्तिपुरबाट परीक्षा दिएका विद्यार्थी हुन् ।
सिद्धबाबाको पहिरोमा परी घाइते भएका मोटरसाइकल चालकको मृत्यु (अपडेट)
मंगलबार, असार २४, २०८२
सिद्धबाबा सडक खण्ड अन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका– ३ हेडवक्स नजिकै माथिबाट खसेको पहिरोमा परी घाइते भएका मोटरसाइकल चालकको मृत्यु भएको छ ।
सिद्धबाबाको पहिरोमा परी मोटरसाइकलमा सवार दुई जना घाइते
मंगलबार, असार २४, २०८२
सिद्धबाबा सडक खण्ड अन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका– ३ हेडवक्स नजिकै माथिबाट खसेको पहिरोमा परी मोटरसाइकलमा सवार दुई जना घाइते भएका छन् ।
सुनचाँदी व्यवसायीको उपभोक्ता सचेतना सम्बन्धी छलफल
मंगलबार, असार २४, २०८२
सरकारले सुनचाँदी गहनामा लगाएको अनावश्यक विलासिता करको व्यवस्थाले व्यवसाय थप संकटमा परेको भन्दै आन्दोलनमा रहेका पाल्पाका सुनचाँदी व्यवसायीहरुले उपभोक्ता सचेतना सम्बन्धी छलफल चलाएका छन् । आफुहरुको आन्दोलनका कारण उपभोक्ताहरुलाई पर्न गएको मार प्रति सचेतन गराउने उद्देश्यले उनीहरुले छलफल तथा अन्तक्र्रिया कार्यक्रम गरेका हुन् ।
काँग्रेस पाल्पाद्वारा पूर्व मन्त्री रेग्मीको निधनप्रति दुःख व्यक्त
मंगलबार, असार २४, २०८२
नेपाली काँग्रेस पाल्पाले काँग्रेसका पूर्व सह–महामन्त्री एवं पूर्वमन्त्री तथा सांसद अच्युतराज रेग्मीको निधनप्रति दुःख व्यक्त गरेको छ । उनको सोमबार अस्ट्रेलियामा ९६ वर्षको उमेरमा निधन भएको हो ।
पक्की बनाइयो सत्तरी वर्ष पुरानो माटे सिँचाइ पोखरी
मंगलबार, असार २४, २०८२
यहाँको वालिङ नगरपालिका–१३ कटौंजेमा रहेको पुरानो सिँचाइ पोखरी पक्की बनाइएको छ । २०१० सालमा स्थानीयले पानी सङ्कलन गरी सिँचाइ गर्ने उद्देश्यले निर्माण गरिएको पोखरी पक्की बनाइएको हो ।
रहेनन् पूर्व मन्त्री रेग्मी
मंगलबार, असार २४, २०८२
पूर्वमन्त्री तथा सांसद अच्युतराज रेग्मीको निधन भएको छ । उनको अस्ट्रेलियामा ९६ वर्षको उमेरमा निधन भएको हो । पाल्पाको तानसेन नगरपालिका –२ मेहलधारामा जन्मिका रेग्मी एक वरिष्ठ राजनीतिज्ञ र आध्यात्मिक व्यक्तित्व समेत थिए ।
प्रभु बैंक पाल्पा शाखाद्वारा विद्यालयलाई कार्पेट सहयोग
मंगलबार, असार २४, २०८२
प्रभु बैंक लिमिटेड पाल्पा शाखाले जिल्लाको एक विद्यालयलाई ‘कार्पेट’ सहयोग गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बगनासकालीस्थित श्री दर्लामडाँडा माध्यमिक विद्यालयलाई ४० मिटर कार्पेट निःशुल्क सहयोग गरेको हो ।
मोहन कन्यामा भूपू विद्यार्थीहरुको समिति गठन
सोमबार, असार २३, २०८२
तानसेनस्थित मोहन कन्या माविमा भूपू विद्यार्थीहरूको समिति गठन भएको छ । सोमबार बसेको भूपू विद्यार्थीहरूको भेलाले समिति गठन गरेको हो ।
ट्राफिक नियमको कडाइका साथ कार्यान्वयन गर्न जोड
सोमबार, असार २३, २०८२
जिल्लाको बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्न सुझाव संकलन गरिएको छ । जिल्ला ट्राफिक कार्यालयले यहाँको सवारी व्यवस्थापन र दुर्घटना न्युनिकरण गर्न सुझाव संकलन गरेको हो ।
तिनाउमा होमस्टे तालिम लिएकालाई बिउ पुँजी वितरण
सोमबार, असार २३, २०८२
जिल्लाको तिनाउ गाउँपालिकाले होमस्टे तालिम लिएकाहरुलाई बिउ पुँजी वितरण गरेको छ । पालिकाले होमस्टे सञ्चालन गर्दा चाहिने कृषि उत्पादन गाउँमै उत्पादन गर्ने अभियानाका साथ बाख्रा, बंगुर, कुखुरा, तरकारी, मौरी तालिम लिएका मरामकोट र जन्तीलुङ्ग बासीहरुलाई बिउ पुँजी वितरण गरेको हो ।


