Shittalpati
एक सय ९० किशोरीले लिए आत्मरक्षा तालिम

देवदह (रुपन्देही), रुपन्देहीको सिद्धार्थनगर नगरपालिका ९भैरहवा०का चारवटा सामुदायिक विद्यालयमा सञ्चालित किशोरी लक्षित आत्मरक्षा तालिमबाट १९० जना किशोरी प्रशिक्षित भएका छन् ।

सामाजिक विकास डिभिजन कार्यालयको आयोजना तथा भैरहवा तेक्वान्दो क्लबको व्यवस्थापनमा गत वैशाख १७ देखि जेठ ३० गतेसम्म तालिम सञ्चालन भएको थियो । भैरहवा नमूना माध्यमिक विद्यालयका ५०, रुपन्देही लीलाराम न्यौपाने माध्यमिक विद्यालयका ५०, पक्लिहवा माध्यमिक विद्यालयका ५० र सूर्यदेव माध्यमिक विद्यालयका ४० किशोरीले तालिम लिएको भैरहवा तेक्वान्दो क्लबका सचिव तथा तेक्वान्दो प्रशिक्षक प्रकाशमान राजभण्डारीले जानकारी दिए । तालिम समापनमा सिद्धार्थनगर नगरपालिका–५ का वडाध्यक्ष पुरनप्रसाद श्रेष्ठले आफ्नो सुरक्षा आफैँ गर्न आत्मरक्षा तालिम वर्तमान समयको आवश्यकता भएको बताए ।

प्रकाशित मिति: मंगलबार, असार २, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update