रामपुर नगरपालिकाद्वारा एकीकृत घुम्ती शिविर
मंगलबार, जेठ १५, २०८१
बाढीका कारण १६ जनाको मृत्यु
मंगलबार, जेठ १५, २०८१
अफगानिस्तानको बाघलान र बदख्सान प्रान्तमा हालै आएको बाढीमा १६ जनाको मृत्यु भएको टोलो न्यूजले जनाएको छ । प्रभावित प्रान्तका स्थानीय अधिकारीहरूका अनुसार बाढीमा पाँच सय घरमा पूर्ण वा आंशिक रूपमा क्षति भएको छ ।
चार सवारी साधन एकापसमा ठोक्किए : एक जनाको मृत्यु, २२ घाइते
सोमबार, जेठ १४, २०८१
चितवनको नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ सत्रकिलोमा गए राति चार सवारी साधन एकापसमा ठोक्किएका छन् । उक्त दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् ।
सत्तापक्षले विपक्षीको कुरा नसुन्नु अशोभनीय : नेता डा कोइराला
सोमबार, जेठ १४, २०८१
नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले संसदीय व्यवस्थामा संसद् प्रतिपक्षको हुन्छ भन्ने मान्यता विपरीत सत्तापक्ष अगाडि बढेको बताएका छन ।
नेपाल प्रेस युनियनको स्थापना दिवस : पाल्पाका पत्रकार पुगे फलफूल लिएर अस्पताल
सोमबार, जेठ १४, २०८१
प्रजातन्त्रवादी पत्रकारहरुको साझा संगठन नेपाल प्रेस युनियन पाल्पाले ३३ औं स्थापना दिवस पाल्पा अस्पतालमा पुुगेर मनाएको छ । युनियनले अस्पतालमा उपचारत विरामीहरुलाई फलफूल वितरण गरेर दिवस मनाएको हो ।
छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँचको मृत्यु
सोमबार, जेठ १४, २०८१
देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटना पाँच जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सुनसरी, सर्लाही, मकवानपुर जिल्लाका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै दुर्घटनामा पाँच जनाको मृत्यु भएको हो ।
चालु आवमा थप तीन लाख जनसङ्ख्यामा सुरक्षित खानेपानी सेवा
आइतबार, जेठ १३, २०८१
चालु आर्थिक वर्षमा थप तीन लाख दुई हजार ७८ जनसङ्ख्यामा सुरक्षित खानेपानी सेवा पुगेको छ । अर्थमन्त्री वर्षमान पुनले आज सार्वजनिक गर्नुभएको आर्थिक सर्वेक्षणमा राष्ट्रिय खानेपानी, सरसफाइ तथा स्वच्छता नीति, २०८० कार्यान्वयनबाट आधारभूत तथा सुरक्षित खानेपानीको पहुँचमा वृद्धि भएको सर्वेक्षणमा उल्लेख गरिएको छ ।
सरकारको आगामी आवको नीति तथा कार्यक्रम पारित
आइतबार, जेठ १३, २०८१
राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८१र०८२ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित भएको छ ।
कर्म अन्तै, सेवा जन्मथलो
आइतबार, जेठ १३, २०८१
जन्मथलो र कर्मथलो एउटै प्रायः कमैको हुने गर्छ । धेरै जसो व्यक्ति जन्मथलो छोडेर अन्यत्रलाई कर्मथलो बनाउने गरेका छन् । कर्म क्षेत्रमै रमाएका धेरैले जन्मथलोलाई विर्सर्ने गर्छन् । केही अपवाद बाहेक धेरैले जन्मथलोलाई चटक्कै विर्सेर कर्मथलोमा रमाइरहेका बेला केही व्यक्तिहरु भने जन्मथलोमा पुगेर सेवा र विकासमा जोडिएका छन् ।
नेकपा एमाले पाल्पाको अध्यक्षमा ओम घर्ती
शनिबार, जेठ १२, २०८१
नेकपा एमाले पाल्पाको अध्यक्षमा ओमबहादुर घर्ती मगर निर्विरोध निर्वाचित भएका छन् । पार्टीको १० औं जिल्ला अधिवेशनले घर्ति मगरलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो ।
तानसेनको टुँडिखेलमा महिनावारी मेला
शनिबार, जेठ १२, २०८१
तानसेनको टुँडिखेलमा महिनावारी मेला भएको छ । महिनावारी दिवसको पूर्व सन्ध्यामा रोट्रयाक्ट क्लव अफ पाल्पा लुम्बिनीको मुख्य आयोजना, रोटरी क्लव अफ पाल्पा लुम्बिनी र लियो क्लव अफ पाल्पा लुम्बिनीको सह–आयोजनामा विभिन्न संघ संस्थाहरुको सहयोगमा शनिबार मेला भएको हो ।
असनटोल मगर समुदायमा कानुनी सचेतना
शनिबार, जेठ १२, २०८१
मगर समुदायमा कानुनी सचेतना कार्यक्रम सञ्चालन गरिएको छ । जिल्लाको तानसेन नगरपालिका –२ असनटोलमा असनटोल मगर समाज वडाले गणतन्त्र दिवसको पूर्व सन्ध्यामा कानुनी सचेतना कार्यक्रम गरेको हो ।
पाल्पाका ऐतिहासिक फोटाहरुको काठमाडौंमा प्रदर्शनी
शनिबार, जेठ १२, २०८१
पाल्पाका ऐतिहासिक तथा दुर्लभ फोटाहरुको काठमाडौमा प्रदर्शनी गरिएको छ । पाल्पाको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पाल्पा दर्शन कार्यक्रम अन्तर्गत ऐतिहासिक तथा दुर्लभ तस्वीरहरुको प्रदर्शनी गरिएको हो ।


