Shittalpati
छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ को मृत्यु
छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ को मृत्यु देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काठमाडौं, तेह्रथुम, सुनसरी, धनुषामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको हो ।
गैरकानुनी रुपमा सम्पत्ति कमाएको अभियोगमा मुद्दा दायर
गैरकानुनी रुपमा सम्पत्ति कमाएको अभियोगमा मुद्दा दायर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको अभियोगमा चापाकोट स्याङ्जाका सिनियर अहेब बिन्दु कोइरालाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । 
लुम्बिनीमा विश्व बौद्ध संस्कृति प्रदर्शनी आयोजना
लुम्बिनीमा विश्व बौद्ध संस्कृति प्रदर्शनी आयोजना बौद्ध दर्शन र संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यसहित बुद्ध जन्मस्थल लुम्बिनीमा आज विश्व बौद्ध संस्कृति प्रदर्शनी आयोजना गरिएको छ ।
दसैँका लागि अग्रिम टिकट बुकिङमा ढिलाइ
दसैँका लागि अग्रिम टिकट बुकिङमा ढिलाइ दसैँलाई लक्षित गरेर सार्वजनिक सवारी साधनको अग्रिम टिकट बुकिङमा ढिलाइ भएको छ । अघिल्ला वर्षमा दसैँ सुरु हुनुभन्दा झण्डै एक महिना अगाडि नै लामो तथा मध्यम दूरीमा जाने सार्वजनिक सवारी साधनको अग्रिम टिकट बुकिङ खुलाउने गरे पनि यस वर्ष घटस्थापना सुरु हुन नौ दिन मात्रै बाँकी हुँदासमेत खुल्ने तयारी देखिएको...
सत्तारुढ दलकै सांसदहरु सरकारप्रति रुष्ट
सत्तारुढ दलकै सांसदहरु सरकारप्रति रुष्ट सत्तारुढ दलका सांसदहरुले नै सरकारको चर्को आलोचना गर्न सुरु गरेका छन् । सत्तारुढ नेपाली काँग्रेसका सांसदहरु गगन थापा, प्रदीप पौडेल, एकीकृत समाजवादीका नेता भानुभक्त जोशीले सरकारले गम्भीर अपराधका दोषीलाई दिइएको सजाय माफी बदनियतपूर्ण भएको, भूकम्प पीडितलाई तत्काल राहत र घाइतेहरुको उपचारमा ध्यान नदिएको, कालोबजारी र मूल्यवृद्धि नियन्त्रण गर्न नसकेको भन्दै...
एक जनाको भरमा स्वास्थ्य बीमा बोर्ड
एक जनाको भरमा स्वास्थ्य बीमा बोर्ड बागलुङस्थित स्वास्थ्य बीमा बोर्डको कार्यालय एक जना कर्मचारीको भरमा सञ्चालनमा छ । पाँच जनाको दरबन्दी रहेको बोर्ड तीन महिनादेखि एक जना कर्मचारीको भरमा छ । बिहान नौ बजेदेखि सेवाग्राही कार्यालयमा पुग्छन् ।
सांसदद्वारा शान्तिसुरक्षा हुनुपर्ने माग
सांसदद्वारा शान्तिसुरक्षा हुनुपर्ने माग राष्ट्रियसभाका सांसदहरुले मुलुकमा हत्या हिंसा बढ्दै गएकाले त्यसको अन्त्य गर्दै शान्तिसुरक्षा हुनुपर्ने माग गरेका छन् । सभाको आजको बैठकको विशेष समयमा सांसद तुलसाकुमारी दाहालले देशका विभिन्न स्थानमा धार्मिक तथा जातीय सद्भाव खलबलिएको भन्दै सरकारको ध्यानाकर्षण गराए ।
भूकम्पले भत्किएका ७६० सम्पदा पुनःनिर्माण
भूकम्पले भत्किएका ७६० सम्पदा पुनःनिर्माण विसं २०७२ वैशाख १२ गतेको भूकम्पले भत्किएका सात सय ६० सम्पदाको पुनःनिर्माण सकिएको पुरातत्व विभागले जनाएको छ । भूकम्पले ३२ जिल्लाका नौ सय २० सम्पदामा क्षति पुर्‍याएको थियो ।
मौसममा क्रमिक सुधार
मौसममा क्रमिक सुधार मौसममा केही सुधार हुँदै गएको छ । लगातार पाँच दिनदेखि परेको झरी विहीबारदेखि भने केही सुधार हुँदै गएको हो । पाल्पासहित देशका अधिकांस स्थानको मौसम क्रमिक रुपमा सुधार हुँदै गएको छ ।
पाल्पामा असोजमै पाक्यो सुन्तला !
पाल्पामा असोजमै पाक्यो सुन्तला ! सामान्यतयाः मंसिर–पुस महिना सुन्तला पाक्ने सिजन हो तर पाल्पामा भने भदौको अन्त्यदेखि सुरु भई असोज महिनामै लटरम्म पाकेका छन् । यहाँको सुन्तला जात फलफूल विकास केन्द्र तानसेनको फर्ममा सुन्तला फलेको मात्रै छैन पाकेर पहेँलपुर भएका छन् ।
कालीगण्डकी गाउँ सरकारको अनुदानमा व्यावसायिक फूलखेती
कालीगण्डकी गाउँ सरकारको अनुदानमा व्यावसायिक फूलखेती स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा व्यावसायिक सयपत्री फूलखेती गरिएको छ । गाउँपालिकाका विभिन्न वडाका समूह, सहकारी तथा व्यक्तिले ६० रोपनी क्षेत्रफलमा व्यावसायिक फूलखेती गरेका हुन् ।
आज विश्व शिक्षक दिवस मनाइँदै
आज विश्व शिक्षक दिवस मनाइँदै ‘हामीले चाहेको शिक्षाको लागि शिक्षकहरू चाहिन्छ : शिक्षक अभावलाई उल्टाउन विश्वव्यापी अनिवार्यता’ भन्ने नाराका साथ आज विश्व शिक्षक दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ ।
Weather Update