सिमलताल पहिरो : १५ जनाको शव भेटियो, आठको सनाखत
मंगलबार, साउन १, २०८१
बिर्सिंदै ‘लुतो फाल्ने’ चलन
मंगलबार, साउन १, २०८१
साउनको पहिलो दिन अर्थात साउने संक्रान्ति । खेती–किसानीमा आधारित ग्रामीण समाजका लागि आज विशेष दिन हो । यस दिनलाई ‘लुतो’ फाल्ने र तिउरी लगाउने दिनको रुपमा लिइन्छ ।
नवजनचेतना राष्ट्रिय दैनिकको सम्पादकमा रायमाझी
सोमबार, असार ३१, २०८१
कैलाशनगर मिडिया प्रालिद्वारा प्रकाशित नवजनचेतना राष्ट्रिय दैनिक पत्रिकाको सम्पादकमा रामचन्द्र रायमाझी नियुक्त भएका छन् ।
प्रधानमन्त्री ओली र २१ मन्त्रीले लिए शपथ
सोमबार, असार ३१, २०८१
प्रधानमन्त्री केपी शर्मा ओली र उनको नेतृत्वको सरकारमा गएका २१ मन्त्रीले शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधामन्त्री ओली, दुई उपप्रधानमन्त्री र १९ मन्त्रीलाई आज पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
आज विश्व युवा दक्षता दिवस मनाइँदैं
सोमबार, असार ३१, २०८१
प्रत्येक वर्षजस्तै जुलाई १५ तारिखका दिन अर्थात् आज विश्व युवा दक्षता दिवस विभित्र कार्यक्रम आयोजना गरी नेपालसहित विश्वभर मनाइन्दै छ । सन् २०१४ को डिसेम्बरमा संयुक्त राष्ट्रसंघको साधारण सभाले निर्णय गरेपछि संसारभरका युवाको समाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक आदि पक्षलाई सुदृढ गर्ने उद्देश्यले यो दिवस मनाउन लागिएको हो ।
गोली लागेर पूर्वराष्ट्रपति ट्रम्प घाइते
आइतबार, असार ३०, २०८१
अमेरिकी रिपब्लिकन पार्टीद्वारा पेन्सिल्भेनिआमा आयोजित ¥यालीमा गोली प्रहार हुँदा रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपतीय निर्वाचनका उम्मेदवार तथा भूतपूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प घाइते भएका छन् । उनको कानबाट रगत आएको देखिएको छ ।
यस्तो छ नवनियुक्त प्रधानमन्त्री ओलीको जीवनी
आइतबार, असार ३०, २०८१
संविधानको प्रभावकारी कार्यान्वयन गर्दै मुलुकमा समृद्धि र विकासका लागि बलियो एवं स्थिर सरकारको आवश्यकता देखिएका बेला ४५औँ प्रधानमन्त्रीका रूपमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली नियुक्त भएका छन् ।
ओली चौंथौ पटक प्रधानमन्त्रीमा नियुक्त
आइतबार, असार ३०, २०८१
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चौंथौ पटक प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले दिएको समयसीमा आइतबार अपरान्ह ५ बजे सकिएपछि राष्ट्रपतिले ओलीलाई संविधानको धारा ७६ को उपधारा २ बमोजिम नियुक्त गरेका हुन् ।
सहमतिपछि पत्रकार महासंघमा लागेको ताला खुल्यो
आइतबार, असार ३०, २०८१
नेपाल पत्रकार महासंघको सदस्यता विवादपछि नेपाल प्रेस युनियन पाल्पाले तानसेनस्थित महासंघको कार्यालयमा लगाएको ताला आइतबारबाट खुलेको छ । असार १५ गते लगाइएको ताला सहमतिमा खुुला गरिएको युनियनकी जिल्ला अध्यक्ष मन गहिरेले बताईन् ।
बेपत्ताको खोजी गर्न विदेशबाट प्रविधि ल्याउन पहल
आइतबार, असार ३०, २०८१
गृहसचिव एकनारायण अर्यालले त्रिशूली नदीमा बेपत्ता बस र यात्रुको खोजी गर्न धमिलो पानीमा खोजी गर्न सकिने प्रविधि ल्याउन पहल भइरहेको बताएका छन् ।
सिमलताल पहिरो : बगेका बसका पाँचजनाको शव भेटियो
आइतबार, असार ३०, २०८१
गत शुक्रबार बिहान पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता भएका दुईवटा बसका यात्रुमध्ये पाँच जनाको शव फेला परेको छ । भेटिएका शवमध्ये तीनजनाको परिचय खुलेको छ ।
मखनटोल टोल विकास संस्थाले गर्यो शिखरडाँडामा वृक्षारोपण
शनिबार, असार २९, २०८१
मखनटोल टोलविकास संस्थाले तानसेन नगरपालिका –८ मदनपोखरा शिखरडाँडास्थित विपसना ध्यान केन्द्र परिसरमा वृक्षारोपण गरेको छ ।
प्रचण्ड सरकार ढल्यो, प्रधानमन्त्रीमा आइतबार ओलीले नियुक्ति र शपथ लिदैं
शनिबार, असार २९, २०८१
प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकार ढलेको छ । शुक्रबार प्रतिनिधिसभाबाट विश्वासको मत नपाएसँगै प्रचण्ड नेतृत्वको सरकार ढलेको हो ।


