गुल्मीमा धान उत्पादनको क्षेत्रफल घट्दै
शुक्रबार, साउन ११, २०८१
सिद्धार्थ राजमार्गको हिउँदे खोला सडक एकतर्फी सञ्चालनमा
बिहीबार, साउन १०, २०८१
सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–५, हिउँदे खोलामा सडक भासिएपछि रातमा ११ घण्टा बन्द रहेको सडक एकतर्फी सञ्चालनमा आएको छ ।
सौर्य एयर दुर्घटना : पहिचान भएपछि मात्र शव हस्तान्तरण गरिने
बिहीबार, साउन १०, २०८१
सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएकाहरुको शव पहिचान भएपछि मात्र हस्तान्तरण गरिने भएको छ । कतिपय शवहरु जलेर पहिचान गर्न कठिन भएकाले डिएनए परीक्षणसमेत गर्नुपर्ने सम्भावना रहेको हुँदा प्रक्रिया पूरा भएपछिमात्र क्रमशः हस्तान्तरण हुने जनाएको छ ।
लुम्बिनीमा मन्त्री छनोटप्रति काँग्रेसको असन्तुष्टि
बिहीबार, साउन १०, २०८१
नेपाली काँग्रेस लुम्बिनी प्रदेश समितिले प्रदेश सरकारका लागि मन्त्री छनोट गरिएको विषयलाई लिएर व्यापक असन्तुष्टि जनाएको छ । केन्द्रबाट मन्त्री छनोटको विषयमा प्रदेश समितिलाई बेवास्ता गरिएको भन्दै काँग्रेसले असन्तुष्टि जनाएको हो ।
असुरक्षित बन्दै हवाई यात्रा
बिहीबार, साउन १०, २०८१
चालक दलका सदस्यसहित १९ जना सवार सौर्य एयरलाइन्सको जहाज बुधबार बिहान काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा चिप्लिएर दुर्घटना भयो ।
तानसेन नगरपालिकाले दियो कृषकलाई कृषि सामग्री
बिहीबार, साउन १०, २०८१
जिल्लाको तानसेन नगरपालिकाले नगरभित्रका कृषकहरुलाई कृषि सामग्री दिएको छ । ५० प्रतिशत अनुदानमा नगरपालिकाले कृषकलाई हाते ट्याक्टर,मौरी घार र डिजिटल तराजु दिएको हो ।
मोबाइल हेर्ने बानी हटाउन बालबालिकालाई सङ्गीत कक्षा
बुधबार, साउन ९, २०८१
बालिकाले मोबाइलमा बढी समय व्यतित गर्न थालेका छन् । उनीहरु समय मिल्नासाथ मोबाइलमा झुम्मिन्छन् । बालबालिका मोबाइलप्रति आकर्षित हुन थालेपछि उनीहरुको बानी ब्रिगन्छ कि भनेर अभिभावक चिन्तित बनेका छन् ।
लुम्बिनी सरकार : पाल्पाका खेम सारु बने मन्त्री, मुख्यमन्त्रीसहित आठ मन्त्रीले लिए शपथ
बुधबार, साउन ९, २०८१
पाल्पा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ प्रदेशसभा (२) बाट निर्वाचित सांसद खेम सारु लुम्बिनी प्रदेशमा मन्त्री बनेका छन् । काँग्रेस–एमाले मिलेर बनेको नयाँ गठबन्धनको सरकारमा सारु मन्त्री बनेका हुन् ।
बिरामीलाई विश्वास दिलाउन आफ्नै आमाको शल्यक्रिया
बुधबार, साउन ९, २०८१
दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताललाई धेरैले ‘रेफर’ सेन्टर भन्ने गर्छन् । सामान्य ज्वरो आउँदा पनि बिरामीहरु सकेसम्म काठमाडौँ उपचार गर्न जान खोज्छन् ।
काठमाडौं जहाज दुर्घटना : १८ जनाको मृत्यु, को–को परे ? (नामावलीसहित)
बुधबार, साउन ९, २०८१
काठमाडौँमा भएको जहाज दुर्घटनामा १८ जनाको मृत्यु भएको छ । बुधबार विहान सौर्य एयरलाइन्सको जहाज पोखरातर्फ प्रस्थान गर्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा चिप्लिएर दुर्घटना भएको हो ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसहित आठ मन्त्रीको शपथ
बुधबार, साउन ९, २०८१
लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यले पद तथा गोपनीयताको शपथ लिएका छन । उनलाई प्रदेश प्रमुख अमिक शेरचनले सोमबार नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । नवनियुक्त मुख्यमन्त्री आचार्यलाई प्रदेश प्रमुख शेरचनले संविधानको धारा १७२ बमोजिम पद तथा गोपनीयताको शपथ गराएका हुन ।
पोखराको लागि उडेको विमान काठमाडौँमा दुर्घटना
बुधबार, साउन ९, २०८१
सौर्य एयरको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको छ । विमान आज बिहान काठमाडौँबाट पोखरातर्फ प्रस्थान गर्ने क्रममा विमानस्थलको धावनमार्गमा चिप्लिएर दुर्घटनामा परेको हो ।
अझै भेटिएनन् त्रिशूलीमा बेपत्ता बस
बुधबार, साउन ९, २०८१
पहिरोले बगाउँदा त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बस अझैसम्म फेला पार्न सकिएको छैन् । नारायणगढ–मुग्लिन सडकको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालमा लेदोसहितको पहिरो खस्दा त्रिशूली नदीमा बेपत्ता भएका बस र यात्रुको १२ औँ दिन पनि खोजी कार्य तीव्र पारिएको छ ।


