आज विश्व बाघ दिवस मनाइँदै
सोमबार, साउन १४, २०८१
त्रिशूूली दुर्घटना : बेपत्ता बस र यात्रुु नभेटाई फर्कियो भारतीय टोली
आइतबार, साउन १३, २०८१
नारायणगढ–मुग्लिन सडकको सिमलतालमा पहिरोमा बगेर त्रिशूली नदीमा खसेर बेपत्ता भएका दुई वटा बस र यात्रुको खोजीका लागि आएको भारतीय उद्धार टोली फर्किएको छ । साउन ५ गते आइतबारदेखि खोजी कार्यमा जुुटेको भारतीय टोली बेपत्ता बस र यात्रुु नभेटाई आइतबार फर्किएको हो ।
रेसुङ्गा विमानस्थलमा एक महिनादेखि उडान अवरुद्ध
आइतबार, साउन १३, २०८१
जिल्लाको रेसुङ्गा विमानस्थलमा एक महिनादेखि हवाई उडान प्रभावित बनेको छ । वर्षाको समयमा पानी परिरहने र बाक्लो कुहिरो लाग्ने भएकाले असार दोस्रो सातादेखि उडान अवरुद्ध बनेको रेसुङ्गा विमानस्थलका प्रमुख सुमन थापाले जानकारी दिए ।
डा. मुकुल ढकालद्वारा निर्वाचन आयोगमा निवेदन
आइतबार, साउन १३, २०८१
डा. मुकुल ढकालले राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०को महामन्त्री एवं प्रवक्ता र केन्द्रीय सदस्यबाट आफुलाई पदमुक्त गरिनु अवैधानिक भएको दाबी गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन् ।
पहिराले नहर पुरिँदा पाँच सय हेक्टर जमिन बाँझो
आइतबार, साउन १३, २०८१
पहिराले नहर पुरिँदा स्याङ्जाको चापाकोटमा झण्डै पाँच सय हेक्टर जमिन बाँझो भएको छ । चापाकोट नगरपालिका–४ दार्सिङस्थित ज्याग्दीखोलामा बाँध बाँधेर २७ किलोमिटर टाढाबाट सिँचाइका लागि पानी ल्याइएको नहर पहिराले पुरिँदा खेतीयोग्य जमिन बाँझो रहेको हो ।
दश जनामा हैजा संक्रमण
आइतबार, साउन १३, २०८१
पछिल्लो केही दिन यता देशका विभिन्न जिल्लाहरुमा हैजा संक्रमणका विरामीहरु देखिन थालेका छन् । बर्खा लागेसँगै हैजाका विरामी देखिन थालेका हुन् ।
आज हेपाटाइटिस दिवस मनाइँदै
आइतबार, साउन १३, २०८१
आज विश्व हेपाटाइटिस विरुद्धको दिवस नेपालसहित विश्वभर विभिन्न चेतनामुलक कार्यक्रमको आयोजना गरी मनाइँदैछ । हेपाटाइटिस बी भाइरस पत्ता लगाएका प्राध्यापक बारुख सामुएल ब्लुमवर्गको जन्मदिन २८ जुलाईमा हरेक वर्ष विश्वभर हेपाटाइटिस दिवस मनाउने गरिन्छ ।
किनासको गुनासो : बाढीले धानवाली बगायो, दूध बिक्री भएन
शनिबार, साउन १२, २०८१
दाङ राप्ती गाउँपालिका–६ पत्थरगढवास्थित मनिराम चौधरीले वर्षातले धानबाली बगाएकामा चिन्ता व्यक्त गरे । स्थानीय खोलामा तटबन्ध नहुँदा यसरी बर्सेनि किसानले लगाएको धान बगाउने गरेको उनले गुनासो गरे ।
चार दिनदेखि कालीगण्डकी करिडोर बन्द
शनिबार, साउन १२, २०८१
राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको कालीगण्डकी करिडोरको बागलुङ खण्ड चार दिनदेखि ठप्प छ । बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरोले सडकको ट्रयाक नै बगाउँदा चार दिनदेखि करिडोर ठप्प रहेको छ ।
पाल्पाका उद्योगी–व्यवसायीलाई कर शिक्षा
शनिबार, साउन १२, २०८१
जिल्लाका उद्योगी–व्यवसायीहरुका लागि तानसेनमा कर सम्बन्धी शिक्षा दिइएको छ । उद्योगी व्यवसायीहरुलाई कर शिक्षा र कानुनी व्यवस्थाका बारेमा जानकारी गराउने उद्देश्यले पाल्पा उद्योग वाणिज्य संघको आयोजना र करदाता सेवा कार्यालय पाल्पाको सहयोगमा शुक्रबार कर शिक्षा प्रदान गरिएको हो ।
बेपत्ता पुरुष खोलामा मृत फेला
शुक्रबार, साउन ११, २०८१
जिल्लाको निस्ती खोलाले बगाएर बेपत्ता भएका पुरुष मृत फेला परेका छन् । जिल्लाको मुसिकोट नगरपालिका –२ का ३१ वर्षीय बोमबहादुर कार्की मुसिकोट –४ दोभानस्थित छल्दी खोला किनारमा मृत फेला परेका हुन् ।
महिलाको व्यक्ति र नेतृत्व विकासमा पाल्पा जेसिजको अभियान
शुक्रबार, साउन ११, २०८१
पाल्पा जेसिजले सञ्चालन गरेको महिलाहरुको व्यक्तित्व र नेतृत्व विकास एक हप्ते अभियान सकिएको छ । साउन ४ गतेदेखि सञ्चालन भएको जेसिज सप्ताह साताव्यापी कार्यक्रम गरी सकिएको हो ।
केन्द्रको हस्तक्षेपले लुुम्बिनीमा व्यापक असन्तुष्टि
शुक्रबार, साउन ११, २०८१
प्रदेश सरकारहरुले आफ्नो दोस्रो कार्यकाल सुरु गर्दा राजनीतिक स्थिरता कायम हुने र संघीयता कार्यान्वयन प्रभावकारी हुने आम अपेक्षा थियो । तर दोस्रो कार्यकालको यतिका समय वित्दा समेत प्रदेश सरकारहरु अस्थिर देखिएका छन् । केन्द्रमा फेरिएको गठबन्धनको प्रभाव प्रदेशमा समेत सरेको छ ।


