शासकीय स्वरूप र निर्वाचन प्रणालीमा परिवर्तन गर्नुपर्छ : सञ्चारमन्त्री शर्मा
शनिबार, चैत २४, २०८०
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा महरा नियुक्त
शुक्रबार, चैत २३, २०८०
लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्रीमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का संसदीय दलका नेता जोखबहादुर महरा नियुक्त भएका छन् । प्रदेशसभामा रहेका पाँच राजनीतिक दलका ४७ र एक स्वतन्त्रसहित ४८ प्रदेशसभा सदस्य समर्थनमा प्रदेश प्रमुख अमिक शेरचनले महरालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
दण्ड र जरीवाना नगर्दा गुणस्तरहिन खाद्यवस्तु विक्री हुने
शुक्रबार, चैत २३, २०८०
दण्ड र जरीवाना नगर्दा गुणस्तरहिन खाद्यवस्तु विक्री हुने गरेको बताइएको छ । घरेलु तथा साना उद्योग कार्यलय पाल्पाको आयोजना र पाल्पा उद्योग वाणिज्य संघको समन्वयमा तानसेनमा भएको उत्पादित वस्तुको गुणस्तर र लेवलिङ सम्बन्धी अभिमुखीकरण कार्यक्रमका सहभागीहरुले दण्ड र जरीवाना नगर्दा गुणस्तरहिन खाद्यवस्तु विक्री हुने गरेको बताएका हुन् ।
लुम्बिनीका मुख्यमन्त्री चौधरीले दिए राजीनामा
बिहीबार, चैत २२, २०८०
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पदबाट राजीनामा दिएका छन् । बहुमत नजुट्ने देखेपछि बिहीबार बसेको लुम्बिनी प्रदेशसभा बैठकमा चौधरीले राजीनामा दिएको घोषणा गरेका हुन् ।
पाल्पाका ऐतिहासिक गढी तथा किल्लाको पदयात्रा गर्दै नेपाली सेना
बिहीबार, चैत २२, २०८०
नेपाली सेनाको टोलीले पाल्पाका ऐतिहासिक गढी तथा किल्लाहरूको पैदलयात्रा गर्ने भएको छ । ‘दोस्रो गोरखा–जितगढी’ पदयात्रा अन्तर्गत सेनाको एकीकरण पदयात्रा टोलीले पाल्पाको ऐतिहासिक बाकुमगढी, माथागढी, तानसेन र नुवाकोट गढी तथा गीतगढी किल्लाको पदयात्रा गर्ने भएको हो ।
मुख्यमन्त्री चौधरीले पाउलान् त विश्वासको मत ? यस्तो छ अंकगणित
बिहीबार, चैत २२, २०८०
लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज प्रदेशसभाबाट पुनः विश्वासको मत लिदै छन् । अपरान्ह ४ बजे बस्ने प्रदेश सभाको चौथो अधिवेशनमा मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूची तय भएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव दुर्लभकुमार पुन मगरले एनजेडीलाई जानकारी दिए ।
व्यवसायिक आलु खेतीबाट मनग्य आम्दानी
बिहीबार, चैत २२, २०८०
यहाँका किसान व्यावसायिक रुपमा आलु खेती गरेर मनग्य आम्दानी गर्न थालेका छन् । जिल्लाको मुसिकोट नगरपालिका, रुरुक्षेत्र, मदाने, सत्यवती र मालिक गाउँपालिकाका किसान व्यवसायिक आलु खेती मार्फत आत्मनिर्भर बनेका छन् ।
डेंगुबाट बच्न सचेतना अपनाउन आग्रह
बिहीबार, चैत २२, २०८०
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगुको जोखिम बढिरहेकाले सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ । गर्मीयाम सुरु भएसँगै डेंगुको जोखिम बढ्न थालेको भन्दै मन्त्रालयले सचेतना अपनाउन आग्रह गरेको हो ।
दुर्घटनामा चालकको मृत्यु
बुधबार, चैत २१, २०८०
अर्घाखाँचीको शीतगङ्गामा दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।
राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन चैत २८ मा
बुधबार, चैत २१, २०८०
राष्ट्रिय सभाको उपाध्यक्षको निर्वाचन यही चैत २८ गते बुधबार हुने भएको छ । राष्ट्रिय सभाको बुधबारको बैठकमा अध्यक्ष नारायण दाहालले राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन २८ गते हुने जानकारी दिएका हुन् ।
दुई जिल्ला जोड्न मोटर गुड्ने पुल बनेपछि स्थानीयलाई सहज
बुधबार, चैत २१, २०८०
दरमखोलामा दुई जिल्ला जोड्ने मोटरेबल पुल निर्माण गरिएको छ । बागलुङको गलकोट नगरपालिका–११ तल्लो रिघा र गुल्मीको मुसिकोट नगरपालिका–९ जौँ खेत जोड्ने गरी मोटर चल्ने पुल निर्माण भएपछि स्थानीयलाई आवतजावतमा सहज भएको छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै
मंगलबार, चैत २०, २०८०
लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले यही चैत २२ गते विश्वासको मत लिने भएक छन् । प्रदेश सरकारका प्रवक्ता तथा गृहन्मन्त्री सन्तोषकुमार पाण्डेयका अनुसार बिहीबार अपराह्न ४ बजे विश्वासको मत लिने तयारी छ । त्यसका लागि प्रदेशसभा बैठक आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिस पठाएको उनले जानकारी दिए ।
पर्वतको जलजलामा एक दम्पती मृतावस्थामा फेला
मंगलबार, चैत २०, २०८०
पर्वतको जलजला गाउँपालिका–२ मल्लाजको दहमा एक दम्पती मृतावस्थामा फेला परेका छन् । स्थानीय ६९ वर्षीय सूर्यबहादुर जिसी र उनकी श्रीमती अन्दाजी ६७ वर्षीया कमला जिसी आफ्नै घरभित्र मृतावस्थामा भेटिएका हुन् ।

