Shittalpati
छोरी जन्मिए बैंक खातामा पाँच हजार
छोरी जन्मिए बैंक खातामा पाँच हजार स्याङ्जाको गल्याङ नगरपालिकाले आफ्नो नगरभित्र छोरी जन्मिए बैंक खाता खोली नगद पाँच हजार जम्मा गरिदिने कार्यक्रम सुरुआत गरेको छ । चालु आर्थिक वर्ष २०८०/८१ को नीति, कार्यक्रम तथा बजेट विनियोजन गरी उसले ‘नगरकी छोरी’ कार्यक्रम कार्यान्वयनमा ल्याएको हो ।
सवारी साधनमा ‘रिफ्लेक्टिभ  स्टिकर’ टाँस
सवारी साधनमा ‘रिफ्लेक्टिभ  स्टिकर’ टाँस सवारी दुर्घटना न्यूनीकरणका लागि  जिल्ला प्रहरी कार्यालय बाँकेले सवारी साधनमा ‘ रिफ्लेक्टिभ स्टिकर’ टाँस गरेको छ ।
बस र ट्रक  एकापसमा ठोक्किँदा तीनजनाको मृत्यु, २७ घाइते
बस र ट्रक  एकापसमा ठोक्किँदा तीनजनाको मृत्यु, २७ घाइते बारामा यात्रुवाहक बस र ट्रक एकापसमा ठोक्किँदा तीनजनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् ।  कांकड्भिट्टाबाट काठमाडौँ जाँदै गरेको बा ३–००१ ख २५८७ नंको बस र हेटौँडाबाट पथलैयातर्फ आउँदै गरेको ना ७ ख ७३०० नंको ट्रक अमलेखगञ्जस्थित तीन नम्बर पुल नजिक आज विहान एकापसमा ठोक्किएका थिए । 
विषयगत समितिका सभापतिको निर्वाचन हुने मिति तोकियो
विषयगत समितिका सभापतिको निर्वाचन हुने मिति तोकियो लुम्बिनी प्रदेशसभामा विषयगत समितिका सभापति चयनका  लागि निर्वाचन मिति तोकिएको छ । पुस १६ गते विषयगत समितिको सभापतिको उम्मेदवारी दर्ता र १७ गते निर्वाचन गर्ने गरी मिति तोकिएको लुम्बिनी प्रदेश सभाले जारी गरेको सूचनामा उल्लेख छ ।
पर्यटक लोभ्याउने रामपुरको वशिष्ठ गुफा
पर्यटक लोभ्याउने रामपुरको वशिष्ठ गुफा कालीगण्डकी नदीको किनारमा अवस्थित वशिष्ठ गुफा क्षेत्रलाई आकर्षक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने भएको छ । यसका लागि विभिन्न संरचना बनाएर व्यवस्थित गरिन लागिएको छ । पाल्पाको रामपुर नगरपालिका–४ स्थित भुलादीखोलाको भुद्रङ्गघाटमा रहेको गुफालाई स्थानीय सरकारले व्यवस्थित गर्न पछिल्लो समय विभिन्न पूर्वाधार निर्माणमा जोड दिएको छ ।
पूर्वखोलामा जुनियर तथा यूवा रेडक्रस गोष्ठी
पूर्वखोलामा जुनियर तथा यूवा रेडक्रस गोष्ठी जिल्लाको पूर्वखोला गाउँपालिकामा जिल्ला स्तरीय जुनियर तथा यूवा रेडक्रस सर्कल गोष्ठी भएको छ । नेपाल रेडक्रस सोसाइटी पाल्पा शाखाको आयोजना र उद्धबुद्ध मावि तथा उद्धबुद्ध कलेजको आतिथ्यतामा गोष्ठी भएको हो ।
मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु 
मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु  रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका–५ स्थित सडकमा लु.१९ प ७४०० नम्बरको मोटरसाइकल अनियन्त्रित भई  दुर्घटना हुँदा चालक नवलपरासी बर्दघाट नगरपालिका–४ का २४ वर्षीय पप्पु चमारको मृत्यु भएको हो । 
त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोह आज
त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोह आज त्रिभुवन विश्वविद्यालयको ४९ औँ दीक्षान्त समारोह आज हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बिहान ११ बजेदेखि उक्त समारोह सुरु हुनेछ  ।
सुधारिएनन् आप्रवासी कामदारका समस्या
सुधारिएनन् आप्रवासी कामदारका समस्या नेपालसहित विश्वभर आप्रवासी कामदारको हक–अधिकारको वकालत गर्दै हरेक वर्ष डिसेम्बर १८ लाई ‘आप्रवासी कामदार दिवस’को रुपमा मनाइँदै आइएको छ । संयुक्त राष्ट्र संघले ‘सबै आप्रवासी कामदार र तिनका परिवारका सदस्यहरूको अधिकार संरक्षणसम्बन्धी महासन्धि’ डिसेम्बर १८, १९९० मा पारित गरेको थियो ।
पुस ७ देखि नारायणगढ–मुग्लिन सडक दैनिक चार घण्टा बन्द हुने
पुस ७ देखि नारायणगढ–मुग्लिन सडक दैनिक चार घण्टा बन्द हुने नारायणगढ–मुग्लिन सडकखण्डमा दैनिक चार घण्टा सवारी बन्द हुने भएको छ । सो सडकखण्डको तुइनखोलामा पुल बनाउन भित्तो काट्नुपर्ने भएकाले यही पुस ७ देखि सवारी बन्द गर्न लागिएको हो ।
‘समुदायमा काँग्रेस’ अभियान : पुष १६ देखि  गाउँ पस्ने
‘समुदायमा काँग्रेस’ अभियान : पुष १६ देखि  गाउँ पस्ने नेपाली काँग्रेसले सांगठनिक सुदृढिकरणका लागि ‘समुदायमा काँग्रेस’ अभियान सञ्चालन गर्ने भएको छ । काँग्रेसले आगामी पुस १६ देखि माघ १६ गतेसम्म वडा तहका पार्टी प्रतिनिधि परिचालन गरी अभियान सञ्चालन गर्ने भएको हो ।
६ बुँदे घोषणापत्र जारी गर्दै सकियो प्रेस चौतारी पाल्पाको घुम्ती बैंठक  
६ बुँदे घोषणापत्र जारी गर्दै सकियो प्रेस चौतारी पाल्पाको घुम्ती बैंठक   प्रेस चौतारी नेपाल पाल्पा शाखाको पूर्वखोला गाउँपालिका–२ जल्पा ढोलिमाराको चुलिडाँडामा बसेको दुई दिने घुम्ती बैठक ६ बुँदे घोषणापत्र जारी गर्दै सकिएको छ । बैठकले प्रेस चौतारी नेपाल पाल्पाका श्रमजीवी पत्रकारहरूको हकहित, पेशागत संरक्षण, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा निर्माण भएका नीति, नियम, कानूनहरुको कार्यान्वयनका लागि दृढतापूर्वक उभिने संकल्प गरेको छ...
Weather Update