Shittalpati
मौन अवधि सुरु : उम्मेदवार मौन, निर्वाचन आयोग जागा
मौन अवधि सुरु : उम्मेदवार मौन, निर्वाचन आयोग जागा मंसिर आगामी आइतबार हुने स्थानीय तह उपनिर्वाचनको लागि बिहीबार राति १२ बजेदेखि मौन अवधि सुरु भएको छ । मौन अवधि सुरु भएसँगै राजनीतिक दल र उम्मेदवारको प्रचार–प्रसार बन्द भएको छ ।
शान्त र हिंसारहित समाजका लागि सबै सचेत हुन आवश्यक छ :  नगर प्रमुख थापा
शान्त र हिंसारहित समाजका लागि सबै सचेत हुन आवश्यक छ : नगर प्रमुख थापा जिल्लाको रामपुर नगरपालिकाका नगर प्रमुख  रमण बहादुर थापाले शान्त र हिंसारहित समाज निर्माणका लागि सबै वर्ग सचेत हुन आवश्यक रहेको बताएका छन् । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत रामपुर नगरपालिका न्यायिक समितिले  वडा नं.४ देविस्थानमा  आयोजना गरेको न्यायिक समितिसँग प्रहरी साझेदारी कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख थापाले यस्तो...
गाईपालक किसानलाई पालिकाद्वारा अनुदान
गाईपालक किसानलाई पालिकाद्वारा अनुदान गाईपालक किसानलाई यहाँको सत्यवती गाउँपालिकाले अनुदान दिने भएको छ । पहिलो बेत ब्याउने गाई पाल्नेलाई प्रति गाई रु दश हजार अनुदान दिने निर्णय गरेको हो । गाईपालक किसानलाई पहिलो पटक प्रोत्साहनस्वरुप अनुदान वितरण गर्ने निर्णय गरेको गाउँपालिकाले जनाएको छ ।
लुम्बिनी र गण्डकी प्रदेशलाई जोड्न अरुणखोलामा पुल निर्माण
लुम्बिनी र गण्डकी प्रदेशलाई जोड्न अरुणखोलामा पुल निर्माण अरुणखोलाको रिपाहाघाटमा झोलुङ्गे पुल निर्माण भएको छ । निस्दी गाउँपालिका–४ रिपाहा र नवलपुर ९नवलपरासी सुस्तापूर्व० को मध्यविन्दु नगरपालिका–१४ जोड्ने गरी रिपाहाघाटमा पुल निर्माण गरिएको हो ।
रामपुरमा जेसिसको सम्भाव्यता अध्ययन गर्दै पाल्पा जेसिज 
रामपुरमा जेसिसको सम्भाव्यता अध्ययन गर्दै पाल्पा जेसिज  पाल्पा जेसिजले रामपुरमा  जेसीसको सम्भाव्यता अध्ययन थालेको छ । उसले रामपुर जेसिसको आवश्यकता र सम्भाव्यताको लागि रामपुर पुगेर अध्ययन थालेको हो ।
रामपुरमा डेंगी रोग सम्बन्धी सचेतना
रामपुरमा डेंगी रोग सम्बन्धी सचेतना जिल्लाको रामपुरमा डेंगी रोगसम्बन्धी सचेतनाका कार्यक्रम गरिएको छ । साविकको रामपुर गाविसका महिला स्वयंमसेविकाहरुलाई डेंगी रोग रोकथाम सम्बन्धी सचेतना प्रदान गरिएको हो ।
पाल्पा अस्पतालको न्यूनतम सेवा मापदण्डमा सुुधार, पायो ६४ प्रतिशत अंक
पाल्पा अस्पतालको न्यूनतम सेवा मापदण्डमा सुुधार, पायो ६४ प्रतिशत अंक न्युनतम सेवा मापदण्डको आधारमा जिल्ला अस्पताल पाल्पाले ६४ प्रतिशत अंक प्राप्त गरेको छ । विभिन्न सूचकका आधारमा मापन गरिँदा अस्पतालले सो अंक पाएको हो । यो विगतको तुलनामा सुधारोन्मुख अंक हो । अघिल्लो  वर्षको मापन अनुसार ५४ प्रतिशत रहेकोमा अहिले १० प्रतिशत बढेको हो । २०२१ मा गरिएको मूल्याङ्कनमा अस्पतालले...
छुुट्टाछुुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु
छुुट्टाछुुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु देशका विभिन्न स्थानमा भएका छुट्टछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्युु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार कपिलवस्तु, मोरङ र झापामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको हो ।  
रामपुर नगर सरकारले सञ्चालन गर्‍यो निःशुल्क लोकसेवा कक्षा 
रामपुर नगर सरकारले सञ्चालन गर्‍यो निःशुल्क लोकसेवा कक्षा  जिल्लाको रामपुर नगरपालिकाले निःशुल्क लोकसेवा आयोगका तयारी कक्षा सञ्चालन गरेको छ । लोकसेवाको तयारीमा जुटेका नगर भित्रका विद्यार्थीहरुलाई लक्षित गरी नगर सरकारले निःशुल्क कक्षा सञ्चालन गरेको हो ।
गुल्मीमा धान उत्पादन बढ्यो
गुल्मीमा धान उत्पादन बढ्यो जिल्लामा यस वर्ष धान उत्पादनमा वृद्धि भएको छ । गत वर्ष २४ हजार चार सय २६ मेट्रिक टन धान उत्पादन भएकामा यस वर्ष २५ हजार एक सय ४३ मेट्रिक टन  धान फलेको छ । 
स्याङ्जाका स्कूले पढ्दै, कुखुरापालनमा रमाउँदै
स्याङ्जाका स्कूले पढ्दै, कुखुरापालनमा रमाउँदै ‘पढ्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत बिरुवा गाउँपालिका–७ कुसुमभञ्ज्याङस्थित जीवनज्योति माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीले कुखुरापालन गरेका छन् । त्यसबाट उनीहरूले सामान्य खर्चको जोहो गर्दै आएका छन् ।
लगानीको वातावरण नहुँदासम्म देश विकास हुँदैन : सांसद राना 
लगानीको वातावरण नहुँदासम्म देश विकास हुँदैन : सांसद राना  लुम्बिनी प्रदेशका सांसद तथा पुर्वमन्त्री वीरबहादुर रानाले लगानीको वातावरण नहुँदासम्म देशको समृद्धि हुन नसक्ने बताएका छन् । मंगलबार पाल्पा उद्योग वाणिज्य संघको ५८ औं स्थापना दिवस समारोहलाई तानसेनमा सम्बोधन गर्दै सांसद रानाले लगानीको वातावरण नहुँदासम्म देशको विकास  र समृद्धि  हुन नसक्ने बताएका हुन् । 
Weather Update