कृषिमन्त्री अधिकारीद्वारा राजीनामा
मंगलबार, भदौ २४, २०८२

रुपन्देहीमा निषेधाज्ञा जारी
मंगलबार, भदौ २४, २०८२
रुपन्देही जिल्ला प्रशासन कार्यालयलले जिल्लाभर निषेधाज्ञा जारी गरेको छ ।

आज बीपी जयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदै
मंगलबार, भदौ २४, २०८२
नेपालको राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिएका पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको ११२ औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी आज देशभर मनाइँदैछ । नेपाली काँग्रेस, पार्टीका भातृृ संस्था÷शुभेच्छुक संस्थाहरुले कोइरालाको सम्झनामा विभिन्न कार्यक्रम गरी जन्मजयन्ती मनाउन लागेका हुन् ।

सुरू भयो सोह्रश्राद्ध
मंगलबार, भदौ २४, २०८२
प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्रश्राद्ध अर्थात् पितृपक्ष सोमबारदेखि सुरू भएको छ । सोह्रश्राद्धमा दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरिन्छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवंगत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यो पक्षलाई पितृपक्ष एवं सोह्रश्राद्धसमेत भन्ने गरिएको...

जेन–जी प्रदर्शनमा मृत्यु हुनेको संख्या १९ पुग्यो
सोमबार, भदौ २३, २०८२
जेन–जीको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा अहिलेसम्म १९ जनाको मृत्यु भएको छ । ट्रमा सेन्टरमा ८, एभरेस्टमा ३, सिभिल अस्पतालमा ३, त्रिवि शिक्षणमा १ र केएमसीमा २ जनाको मृत्यु भएको हो ।

चिउरीको तेल पेल्न भ्याइनभ्याइ
सोमबार, भदौ २३, २०८२
घोराही उपमहानरपालिका–१३ भिउँडरका स्थानीय कालु विकलाई आजभोलि चिउरीको तेल पेल्न भ्याइनभ्याइ भएको छ । नेपालीहरूको महान् पर्व दसैँ–तिहार आउन थालेसँगै उनलाई चिउरी पेल्न भ्याइनभ्याइ भएको हो ।

जेन–जीको प्रदर्शन : प्रहरीको गोली लागेर १३ जनाको मृत्यु
सोमबार, भदौ २३, २०८२
जेन–जीको प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या १३ पुगेको छ । आज बानेश्वरकेन्द्रित प्रदर्शनमा प्रहरीले गोली चलाउँदा १३ जनाको मृत्यु भएको हो ।

चल्न थाल्यो फेसबुक
सोमबार, भदौ २३, २०८२
सरकारले बन्द गरेको सामाजिक सञ्जाल फेसबुक खुल्न थालेको छ । जेनजीको आन्दोलनसँगै कतिपय ठाउँमा सामाजिक सञ्जाल फेसबुक खुल्न थालेको प्रयोगकर्ताले बताएका छन् ।

जेन–जी प्रदर्शन : गोली लागेर पत्रकारसहित दर्जनौँ प्रदर्शनकारी घाइते
सोमबार, भदौ २३, २०८२
बानेश्वरमा भइरहेको प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर पत्रकारसहित दर्जनौँ प्रदर्शनकारी घाइते भएका छन् । घाइतेहरूको सिभिल, एभरेष्टसहित आसपासका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
साहित्यकार सिंहको ‘बन्न नसकेका कविता’ संग्रह लोकार्पण
सोमबार, भदौ २३, २०८२
साहित्यकार राजेन्द्र गोपाल सिंहको बन्न नसकेका कविताहरुको कविता संग्रह लोकार्पण गरिएको छ । पाल्पा साहित्य समाजले तानसेनमा एक औपचारिक कार्यक्रमको आयोजना गरि कविता संग्रहको लोकार्पण गरेको हो ।