Shittalpati
देशभरका बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै
देशभरका बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै देशभरिका बालबालिकालाई बिहीबारदेखि भिटामिन ‘ए’ निःशुल्क खुवाउन थालिएको छ । कोभिड–१९ का कारण नियमित हुन नसकेको ‘राष्ट्रिय भिटामिन ए’ कार्यक्रम विहीबार रशुक्रबार देशभरि एकैसाथ सञ्चालन गरिएको हो ।
पश्चिमी वायुको प्रभाव : वर्षा र हिमपातको सम्भावना
पश्चिमी वायुको प्रभाव : वर्षा र हिमपातको सम्भावना पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि पूर्ण बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने भएको छ । पश्चिमी वायुको प्रभावले वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात हुनाका साथै सुदूरपश्चिम र कर्णाली प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना...
अन्तर्राष्ट्रिय बाल दिवस मनाइदै
अन्तर्राष्ट्रिय बाल दिवस मनाइदै आज विविध कार्यक्रमहरुको आयोजना गरी अन्तर्राष्ट्रिय बाल दिवस मनाइदैछ । महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय सहित बालअधिकारको क्षेत्रमा क्रियाशिल देशभरका सामाजिक संघसंस्थाहरुले विभिन्न कार्यक्रमहरु गरी यो दिवस मनाउन लागेका हुन् ।
मोदी र बाइडेनबीच फोन वार्ता, महामारी नियन्त्रण र सहकार्यका विषयमा छलफल
मोदी र बाइडेनबीच फोन वार्ता, महामारी नियन्त्रण र सहकार्यका विषयमा छलफल भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकाका नव निर्वाचित राष्ट्रपति जो बाइडेनसँग फोनवार्ता गरेका छन् । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएकोमा बाइडेनलाई बधाई दिँदै मोदीले सहकार्यका लागि आफु सधैँ खुल्ला र तयार रहेको बताएका छन् ।
आजदेखि तिहार सुरु, सन्देशवाहक पंक्षी कागको पूजा गरिँदै
आजदेखि तिहार सुरु, सन्देशवाहक पंक्षी कागको पूजा गरिँदै हिन्दु धर्मावलम्बी नेपालीहरुको दोस्रो ठूलो चाड तिहार आजदेखि विधिवत रुपमा शुरु भएको छ । कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म पाँच दिन मनाइने भएकाले यो पर्वलाई यमपञ्चक पनि भनिन्छ ।
अमेरिकामा पहिलोपटक महिला उपराष्ट्रपति
अमेरिकामा पहिलोपटक महिला उपराष्ट्रपति संयुक्तराज्य अमेरिकाको ४६ औं राष्ट्रपतिमा डेमोक्रेटिक पार्टीका प्रत्यासी जो बाइडेन विजयी भएकी छन् । अमेरिकाको उपराष्ट्रपति पदमा पनि सोही पार्टीका अश्वेत एवं दक्षिण एसियाली मूलकी कमला ह्यारिस अमेरिकामा पहिलो महिला उपराष्ट्रपति पदमा विजय भएकी हुन् ।
राष्ट्रपति भण्डारी र प्रम ओलीबाट बाइडेन र ह्यारिसलाई बधाई
राष्ट्रपति भण्डारी र प्रम ओलीबाट बाइडेन र ह्यारिसलाई बधाई राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त राज्य अमेरिकाका राष्ट्रपतिमा निर्वाचित भएकोमा डेमोक्रेटिक पार्टीका नेता जो बाइडेन र उपराष्ट्रपतिमा निर्वाचित भएकोमा कमला ह्यारिसलाई बधाई ज्ञापन गरेका छन् । आइतबार बिहान ट्वीट गरी राष्ट्रपति भण्डारीले उनीहरूको कार्यकालमा नेपाल–अमेरिकाबीचको द्विपक्षीय सम्बन्ध तथा जनस्तरको मित्रता अझ सुदृढ हुने विश्वास व्यक्त गरेकी छन् ।
बैध भोट मात्रै गनिए आफूले जित्ने ट्रम्पको दावी, अदालतद्वारा उजुरी खारेज
बैध भोट मात्रै गनिए आफूले जित्ने ट्रम्पको दावी, अदालतद्वारा उजुरी खारेज अमेरिकाको राष्ट्रपति चयनका लागि भएको निर्वाचनमा मतगणनाको विषयलाई लिएर विवाद उत्पन्न भएको छ । राष्ट्रपतिका उम्मेदवार समेत रहेका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले निर्वाचनमा धाँधली भएको भन्दै कतिपय ठाउँमा मतगणना रोक्न र पुनः मतगणना गर्न माग गरेकाले विवाद भएको हो ।
अमेरिकी चुनाव : मिचिगन, विस्कन्सिनमा बाइडेन विजयी
अमेरिकी चुनाव : मिचिगन, विस्कन्सिनमा बाइडेन विजयी अमेरिकी राष्ट्रपतिमा डेमोक्रेटिक पार्टीका तर्फका प्रत्यासी जो बाइडेनले मिचिगन र विस्कन्सिन राज्यमा विजय हासिल गरेका छन् । डेमोक्रेट पार्टीको वर्चश्व रहँदै आएका यी दुबै राज्यमा चार वर्षअघि राष्ट्रपति ट्रम्प विजयी भएका थिए ।
गुल्मी धुर्कोटका दर्जनौं युवा काँग्रेसमा प्रवेश
गुल्मी धुर्कोटका दर्जनौं युवा काँग्रेसमा प्रवेश गुल्मीको धुर्कोटमा युवाहरु कांग्रेसमा प्रवेश गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी तथा अन्य राजनितिक दलमा क्रियाशिल रहेका धुर्कोट गाउँपालिका ४ जैसिथोकका युवाहरु कांग्रेसमा प्रवेश गरेका हुन् ।
आज रातभर जाग्राम बसेर दसैँको समापन गरिँदै
आज रातभर जाग्राम बसेर दसैँको समापन गरिँदै आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा शुक्रबार साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाइँदैछ । आश्विन शुक्ल प्रतिपदाका दिनदेखि शुरु भएको दुर्गा पक्ष अर्थात् दसैँ पर्व आज कोजाग्रत पूर्णिमाका दिन महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेपछि समापन हुन्छ ।
आज विश्व खाद्य दिवस नेपालमा पनि मनाईंदै
आज विश्व खाद्य दिवस नेपालमा पनि मनाईंदै आज ४० औं विश्व खाद्य दिवस विभिन्न कार्यक्रम गरी नेपालमा पनि मनाईंदैछ । प्रत्येक वर्ष अक्टोबर १६ मा खाद्य प्रविधि, गुणस्तर र खाद्यमा पहुँचका लागि विभिन्न कार्यक्रम गरीे दिवस मनाइन्छ ।
Weather Update