Shittalpati
आज जैविक विविधता दिवस
pancha kanya steel

पाल्पा, आज अन्तर्राष्ट्रिय जैविक विविधता दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईदैछ । जैविक विविधताका मुद्दाप्रतिको बुझाई र सचेतना वृद्धि गर्ने उद्देश्यले संयुक्त राष्ट्रसंघको आहवानमा हरेक वर्ष मे २२ तारिखमा यो दिवस मनाउने गरिएको छ । सन् १९९२ मे २२ मा ब्राजिलको रियो दि जेनेरियोमा सम्पन्न पृथ्वी शिखर सम्मेलनले जैविक विविधता महासन्धी अगाडि बढाउने निर्णय गरेसँगै सन् १९९४ देखि मे २२ का दिन जैविक विविधता दिवस मनाउन सुरु गरिएको हो ।
जेनेरियो सम्मेलनको निर्णयलाई सन् २००० डिसेम्बर २२ मा बसेको संयुक्त राष्ट्रसंघको महासभा बैठकको निर्णयसँगै प्रत्येक वर्ष २२ मे लाई अन्तराष्ट्रिय जैविक विविधता दिवसका रुपमा मनाउने घोषणा गरिएको थियो । त्यसयता हरेक वर्ष मे २२ का दिन विश्वभर जैविक विविधता दिवस मनाइदै आएको छ । नेपाल पनि जैविक विविधताले सम्पन्न देश हो ।

प्रकाशित मिति: शनिबार, जेठ ८, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update