विश्व

नेपाली युवाको अमेरिकामा मृत्यु

Shittalpati Reporter

पर्वत, रोजगारीका लागि अमेरिका पुगेका यहाँका एक युवाको मृत्यु भएको छ । फलेवास नगरपालिका–१० कुर्घाका २८ वर्षीय विपीन लम्सालको उपचारका क्रममा न्यूयोर्कस्थित एल्महर्स्ट अस्पतालमा यही साउन १२ गते मृत्यु भएको हो ।

विगत पाँच वर्षअघि मात्र अमेरिका पुगेका लम्साल न्यूयोर्कस्थित ग्र्याण्ड एभिन्युमा बस्दै आएका थिए । अचानक स्वास्थ्यमा समस्या देखिएपछि गत मङ्गलबार उनलाई नजिकैको एल्महर्स्ट अस्पताल लगिएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको खबर प्राप्त भएको मृतकका दाजु दीपेन्द्र लम्सालले जानकारी दिए । उनका अनुसार अहिले लम्सालको शव अस्पतालमा नै रहेको छ । हृदयघातका कारण मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । गैरआवासीय नेपाली संघ अमेरिकाको न्यूयोर्क शाखाका अध्यक्ष आङछिरिङ शेर्पालाई उद्धृत गर्दै मृतकका दाजु दीपेन्दले शव नेपाल ल्याउनका लागि प्रक्रिया पूरा भइसकेको बताए । –रासस

 


प्रकाशित मिति: आइतवार, श्रावण १७, २०७८, ०३:३५:००
प्रतिक्रिया दिनुहोस्

थप समाचार

आज राष्ट्रिय बाल दिवस मनाइँदै आइतवार, श्रावण १७, २०७८, ०३:३५:००
आज आत्महत्या रोकथाम दिवस आइतवार, श्रावण १७, २०७८, ०३:३५:००
आज कुसे औंसी, बाबुको मुख हेर्ने दिन आइतवार, श्रावण १७, २०७८, ०३:३५:००
इराकमा १३ सुरक्षाकर्मीको मृत्यु आइतवार, श्रावण १७, २०७८, ०३:३५:००