Shittalpati
चन्द्र भण्डारीको स्वास्थ्यमा सुधार, भेन्टिलेटर हटाइयो

पाल्पा,भारतको मुम्बईस्थित नेसनल बर्न सेन्टरमा उपचाररत नेपाली काँग्रेसका सांसद डा.चन्द्र भण्डारीको भेन्टिलेटर हटाइएको छ । मुम्बईमा रहेका नेपाली काँग्रेसका नेता योगराज कंडेलका अनुसार आज बिहानसम्म सबै स्वास्थ्य ‘पारामिटर नर्मल’ रहेका कारण परीक्षणका रुपमा भेन्टिलेटर हटाइएको हो ।

भण्डारीलाई अहिले ज्वरो नआएको र सुन्निएको भागसमेत घट्दै गएकाले स्वास्थ्य सामान्यतर्फ गइरहेको कंडेलले जानकारी दिए । गत बुधबार राति आफ्नै निवासमा ग्यास चुहिएर सांसद भण्डारीसहित उनकी आमा हरिकला भण्डारी घाइते भएका थिए । घटनालगत्तै दुवै जनालाई कीर्तिपुर अस्पतालमा उपचार गरिएकामा आमा हरिकलाको भने उपचारका क्रममा बिहीबार बिहान निधन भएको थियो ।

प्रकाशित मिति: सोमबार, फागुन ८, २०७९  १६:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update