Shittalpati
ट्याक्टर दुर्घटनामा दुुईको मृत्यु

पाल्पा, गुल्मी र अर्घाखाँचीका छट्टाछट्टै स्थानमा भएको ट्याक्टर दुर्घटनामा परी दुुई जनाको मृत्युु भएको छ । अर्घाखाँचीको पाणिनी र गुल्मीको धुर्कोटमा भएको ट्याक्टर दुर्घटनामा दुुई जनाको मृत्यु भएको हो ।

अर्घाखाँचीकको पाणिनि गाउँपालिका–८ पालीमा शनिबार लु २ त ९२७१ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा स्थानीय १८ वर्षीय हुमबहादुर कुमालको मृत्यु भएको । दुर्घटनामा चालक २२ वर्षीय चामबहादुर कुमाल र ३९ वर्षीय शङ्करबहादुर कुमाल घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि पाल्पा ल्याइएको छ । ट्याक्टरको ब्रेक फेल भई बाटोबाट अन्दाजी एक सय ५० मिटर तल खसी दुर्घटना भएको बताइएको छ ।

यस्तै गुल्मीको धुर्कोट गाउँपालिका‐२ पिपलधारामा लु ४ त ७६५६ नम्बरको ट्याक्टरले च्यापेर स्थानीय २२ वर्षीय सुवास परियारको ज्यान गएको छ । स्थानीय नादी खोलाबाट बालुवा बोकेर पिपलधारा जाँदै गरेको ट्याक्टरमा सवार परियार अचानक ट्याक्टरबाट खस्दा बीचको पाङ्ग्राले च्यापेको थियो । मृतक परियार लु ३ त ७४७१ नम्बरको ट्याक्टरका सहचालक हुन् । ट्याक्टरका चालक सागर र ट्याक्टरलाई जिल्ला प्रहरी कार्यालय गुल्मीले नियन्त्रणमा लिएको बताइएको छ ।

प्रकाशित मिति: शनिबार, माघ २८, २०७९  १५:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update