Shittalpati
आज जैविक विविधता दिवस मनाइदैं
आज जैविक विविधता दिवस मनाइदैं आज अन्तर्राष्ट्रिय जैविक विविधता दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईदैछ । जैविक विविधताका मुद्दाप्रतिको बुझाई र सचेतना वृद्धि गर्ने उद्देश्यले संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्ष मे २२ तारिखमा यो दिवस मनाउने गरिएको हो ।
रैनादेवी छहरा गाउँपालिकाद्धारा शिक्षक सेवा आयोगको निःशुल्क कक्षा सञ्चालन
रैनादेवी छहरा गाउँपालिकाद्धारा शिक्षक सेवा आयोगको निःशुल्क कक्षा सञ्चालन जिल्लाको रैनादेवी छहरा गाउँपालिकाले पालिका भित्रका शिक्षित युवाहरुलाई लक्षित गरेर दुई हप्ते शिक्षक सेवा आयोग सम्बन्धी तयारी कक्षा सञ्चालन गरेको छ । पालिका भित्रका ४० जना शिक्षित युवाहरुलाई पालिकाले दुई हप्ते प्रा.वि स्तरको शिक्षक सेवा आयोगको तालिम सञ्चालन गरेको हो ।
गुल्मीदरबार पूर्ण पोषणमैत्री पालिकाका घोषणा
गुल्मीदरबार पूर्ण पोषणमैत्री पालिकाका घोषणा जिल्लाको गुल्मी दरबार गाउँपालिका पूर्ण पोषणमैत्री स्वास्थ्य संस्थायुक्त गाउँपालिका घोषणा भएको छ । गाउँपालिकाका सबै स्वास्थ्य संस्थाहरुमा आवश्यक सुचक तथा मापदणडहरु पुरा भएकाले जिल्लामै पहिलो पटक पूर्ण पोषणमैत्री स्वास्थ्य संस्थायुक्त गाउँपालिका घोषणा गरिएको हो ।
बुटवल-वसन्तपुर केवलकार सञ्चालन अर्को सातादेखि
बुटवल-वसन्तपुर केवलकार सञ्चालन अर्को सातादेखि बुटवलदेखि पाल्पाको वसन्तपुर जोड्ने गरी निर्माण भइरहेको ‘लुम्बिनी केवलकार’ सञ्चालनको अन्तिम तयारीमा पुगेको छ । बुटवल र पाल्पाको तिनाउ गाउँपालिका वडा नं-३ मा पर्ने ऐतिहासिक तथा पुरातात्विक क्षेत्र वसन्तपुर जोड्ने लुम्बिनी केवलकार निर्माण सम्पन्न भइ हाल प्राविधिक परीक्षण सुरु गरिएको छ ।
सांसद रानाले गरे रामपुरका शैक्षिक संस्थाको अवलोकन
सांसद रानाले गरे रामपुरका शैक्षिक संस्थाको अवलोकन लुम्बिनी प्रदेशका सांसद तथा पूूर्वमन्त्री वीरबहादुर रानाले पाल्पा रामपुरमा रहेका विभिन्न शैक्षिक संस्थाहरुको अवलोकन गरेका छन् । उनले यहाँका शैक्षिक संस्थाहरुको अवस्थाका बारेमा बुुझ्न अवलोकन गरेका हुन् ।
महिला जनप्रतिनिधि जिम्मेवारीप्रति सचेत हुँदै
महिला जनप्रतिनिधि जिम्मेवारीप्रति सचेत हुँदै स्याङ्जाको वालिङ–१ की दलित महिला सदस्य सीता विक निर्वाचित हुँदा आफ्नो भूमिका र जिम्मेवारीका बारेमा अलपत्र थिइन । २०७४ मा स्थानीय तहको निर्वाचनमा दलित महिला सदस्यका रुपमा वडामा विजयी भए पनि उनलाई आफ्नो भूमिका र जिम्मेवारीप्रति पूर्णरुपमा जानकारी थिएन ।
तानसेन नगर सरकारको एक वर्ष : घर, टहरा हटाउनु मूख्य उपलब्धि
तानसेन नगर सरकारको एक वर्ष : घर, टहरा हटाउनु मूख्य उपलब्धि तानसेन नगर सरकारको दोस्रो कार्यकालको पहिलो वर्ष पूरा भएको छ । गठबन्धनबाट उम्मेदवार बनेका नेपाली काँग्रेसका सन्तोषलाल श्रेष्ठले नगर सरकारको दोस्रो कार्यकालको नेतृत्व सम्हालेका छन् । श्रेष्ठ नेतृत्वको सरकारले एक वर्ष पुरा गरेको हो ।
डढेलोले खानीगाउँ जोखिममा
डढेलोले खानीगाउँ जोखिममा जिल्लाको रेसुङ्गा सामुदायिक वन क्षेत्रमा लागेको डढेलो खानीगाउँ जोखिममा रहेको छ । रेसुङ्गा नगरपालिका–८ को खानीगाउँ क्षेत्र नजिकै रेसुा वनमा शुक्रबार बेलुकीदेखि लागेको भीषण डढेलोले खानीगाउँ जोखिममा रहेको हो ।
अझै पानी घट्टको प्रयोग
अझै पानी घट्टको प्रयोग पछिल्लो समय आधुनिक प्रविधिको प्रयोग बढेसँगै परम्परागत प्रविधि लोप हुँदै गएका छन् । तर, गुल्मीका दुर्गम बस्तीमा अझै पनि कुटानी–पिसानीका लागि परम्परागत पानी घट्टको प्रयोग कायमै छ ।
तानसेन नगरपालिका र बुटवल उपमहानगरपालिकाबिच अन्तरसंवाद
तानसेन नगरपालिका र बुटवल उपमहानगरपालिकाबिच अन्तरसंवाद जिल्लाको तानसेन नगरपालिका र बुटवल उप महानगरपालिका बिच अन्तरसंवाद भएको छ । शुक्रबार तानसेनमा तानसेन नगर सरकार र बुटवल उपमहानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरु बिच अन्तरसंवाद भएको हो । कार्यक्रममा उनीहरुले आ–आफ्ना पालिकाहरुले गरेका गतिविधि, भोग्नुु परेका समस्या र अनुुभव एक आपसमा राखेका थिए ।
पाल्पाबाटै लाइसेन्स नविकरण सेवा सुरू
पाल्पाबाटै लाइसेन्स नविकरण सेवा सुरू पाल्पामै पहिलो पटक सवारी चालक अनुमति पत्र (लाइसेन्स) को नविकरण सेवा सुरु भएको छ । यातायात व्यवस्था सेवा कार्यालय पाल्पाले जेठ ४ गतेदेखि सेवा सञ्चालनमा ल्याएको हो ।
अर्घाखाँचीमा बिजुलीको खम्बाबाट खसेर एकको मृत्यु
अर्घाखाँचीमा बिजुलीको खम्बाबाट खसेर एकको मृत्यु सन्धिखर्क नगरपालिका–८ किमडाँडामा बिजुलीको खम्बाबाट खसेर एक जनाको ज्यान गएको छ । सो घटनामा एक जना घाइते भएका छन् ।
Weather Update