Shittalpati
लुम्बिनी प्रदेश र सुदूरपश्चिममा ३ दिन तातो हावा र तातो लहर चल्ने चेतावनी

पाल्पा, जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले लुम्बिनी प्रदेश तराईका जिल्ला र सुदूरपश्चिममा जिल्लामा मंगलबार देखि ३ दिनसम्म अत्याधिक गर्मी हुने चेतावनी दिएको छ । महाशाखाले मंगलबार विहान ११ बजे विशेष बुलेटिन सार्वजनिक गर्दै ४० डिग्री वा सो भन्दा बढीसम्म तापक्रम पुग्न सक्ने चेतावनी दिएको हो ।

तातो हावा तथा तातो लहरबाट हुन सक्ने सम्भावित असरहरुबाट बच्नको लागि आग्रह गर्दै महाशाखाले जेठ ३१ गतेसम्म तातो हावा र तातो लहर चल्ने जनाएको हो । यस अवधिमा धेरै थकाई लाग्ने, कमजोरी महशुस हुने, बढी तिर्खा लाग्ने, टाउँको दुख्न, रिगटा लाग्ने, बान्ता आउने आदि समस्या हुन सक्ने भएकोेले सो बाट बच्न आग्रह गरिएको छ ।

तातो हावा तथा तातो लहरबाट बच्न बढी गर्मीको समयमा चिसो स्थानमा रहने, बाहिरी वातावरण वा तातो हावामा बढी नजान, बाक्लो कपडा नलगाउने, हल्का लुगा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, नियमित पटक÷पटक पानी तथा झोल पदार्थ प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिन महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित मिति: मंगलबार, जेठ २९, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update