Shittalpati
अर्घाखाँचीमा बिजुलीको खम्बाबाट खसेर एकको मृत्यु
अर्घाखाँचीमा बिजुलीको खम्बाबाट खसेर एकको मृत्यु सन्धिखर्क नगरपालिका–८ किमडाँडामा बिजुलीको खम्बाबाट खसेर एक जनाको ज्यान गएको छ । सो घटनामा एक जना घाइते भएका छन् ।
रामपुरमा आवधिक योजना तर्जुमा कार्यशाला
रामपुरमा आवधिक योजना तर्जुमा कार्यशाला रामपुर नगरपालिकाको आवधिक योजना तर्जुमा सम्बन्धी ३ दिने कार्यशाला गोष्ठि विहिबार देखि शुरु भएको छ । रामपुर नगरपालिकाको आयोजना र प्रदेश सुशासन केन्द्र बाँकेको प्राविधिक सहयोगमा आवधिक नगर विकास योजना तर्जुमा कार्यक्रम अन्तर्गत कार्यशाला गोष्ठि शुरु भएको हो ।
बस दुर्घटनामा एक जनाको मृत्यु
बस दुर्घटनामा एक जनाको मृत्यु दाङमा दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ११ जना घाइते भएका छन् । लमहीबाट भालुवाङतर्फ जाँदै गरेको लु२ख ७८५ नम्बरको बस र वीरगञ्जबाट दाङको तुलसीपुर आउँदै गरेको ना५ख ४८९८ नम्बरको बस आज बिहान लमही नगरपालिका–३ फल्कापुरमा एकापसमा ठोक्किएका हुन् ।
रामपुरका अव्यवस्थितवासीलाई ‘लाल पुर्जा’, ६ सय १६ जग्गाधनीले पाए पुर्जा
रामपुरका अव्यवस्थितवासीलाई ‘लाल पुर्जा’, ६ सय १६ जग्गाधनीले पाए पुर्जा रामपुरका अव्यवस्थितवासीलाई जग्गाधनी पुर्जा वितरण गरिएको छ । गत वर्षदेखि वितरण सुरु गरिएकोमा हालसम्म ६ सय १६ अव्यवस्थितवासीलाई जग्गाधनी पुर्जा वितरण गरिएको हो ।
रामपुरमा बजेट र वित्तिय सम्बन्धी अभिमुखिकरण
रामपुरमा बजेट र वित्तिय सम्बन्धी अभिमुखिकरण जिल्लाको रामपुरमा बजेट तथा अन्य वित्तिय विषयहरु सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम भएको छ । रामपुर नगरपालिकाको अयोजना र कोष तथा लेखा नियन्त्रण कार्यालय पाल्पाको प्राविधिक सहयोगमा अभिमुखिकरण कार्यक्रम भएको हो ।
कालीगण्डकीका शिक्षकलाई उत्प्रेरणामूलक कार्यशाला
कालीगण्डकीका शिक्षकलाई उत्प्रेरणामूलक कार्यशाला जिल्लाको कालीगण्डकी गाउँपालिकाले शैक्षिक गुणस्तर वृद्धि गर्न शिक्षकहरुका लागि उत्प्रेरणामूलक कार्यशाला सञ्चालन गरेको छ । पालिका भित्रका प्रावि, निमावि र माविमा अध्यापन गराउने शिक्षकहरुका लागि पालिकाले दुई दिने उत्प्रेरणात्मक कार्यशाला सञ्चालन गरेको हो ।
पाल्पासहित देशभर भ्रष्टाचार विरोधी प्रदर्शन, भ्रष्टलाई कारवाही गर्ने अवसर
पाल्पासहित देशभर भ्रष्टाचार विरोधी प्रदर्शन, भ्रष्टलाई कारवाही गर्ने अवसर नक्कली भुटानी शरणार्थी प्रकरणमा बहालवाला सचिवसहित पूर्वमन्त्रीहरूसमेतको संलग्नता रहेको तथ्य सार्वजनिक भएपछि पाल्पासहित देशभर भ्रष्टाचारविरोधी अभियान सुरु भएको छ । पाल्पाको तानसेन, बुटवल, काठमाडौंको माइतीघर, कास्कीको पोखरालगायतका स्थानमा भ्रष्टाचारविरोधी प्रदर्शन भइरहेका छन् ।
प्रेस युनियन पाल्पाको पद हस्तान्तरण
प्रेस युनियन पाल्पाको पद हस्तान्तरण नेपाल प्रेस युनियन पाल्पा शाखाको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण गरिएको छ । तानसेनस्थित कार्यालयमा बुधबार आयोजित एक कार्यक्रममाा निवर्तमान अध्यक्ष भरत शार्मले नवनिर्वाचित अध्यक्ष मन गहिरेलाई युनियनको विधान दिएर पद हस्तान्तरण गरेका हुन् ।
बेवारिसे शव पहिचान हुन सकेन
बेवारिसे शव पहिचान हुन सकेन गत वैशाख १५ गते जिल्लाको तिनाउ गाउँपालिका–३ झुम्सास्थित फुलफुले सामुदायिक जंगलमा बेवारिसे अवस्थामा भेटिएको शव अहिलेसम्म पहिचान हुन सकेको छैन । शव सडेगलेको र मृतका आफ्न्ता अहिलेसम्म पनि सम्पर्कमा नआएकाले पहिचान हुन नसकेको हो ।
तानसेनको आश्रममा रहेका एक पुुरुषको मृत्यु
तानसेनको आश्रममा रहेका एक पुुरुषको मृत्यु जिल्लाको तानसेनस्थित भुषालडाँडामा रहेको निलसागर आश्रममा एक पुरुषको मृत्यु भएको छ । बुधबार विहान आश्रममा रहेका अन्दाजी ६२ वर्षीय राजु सुब्बा नाम बताउने व्यक्तिको मृत्यु भएको हो ।
धार्मिक र पर्यटक गन्तव्यका रुपमा विकसित हुँदै ‘केलादीधाम’
धार्मिक र पर्यटक गन्तव्यका रुपमा विकसित हुँदै ‘केलादीधाम’ कालीगण्डकी नदी तटको केलादीधाम धार्मिक तथा पर्यटकीय गन्तव्यस्थलमा विकास हुँदैछ । स्याङ्जा, पाल्पा, तनहुँ र नवलपुर (नवलपरासी सुस्तापूर्व) जोडेको यस धाममा यहाँको रमणीय प्राकृतिक वातावरणले सबैलाई लोभ्याउछ । निम्वार्क वैष्णव सम्प्रदायको केन्द्रीय पीठको कार्यालय रहेको यहाँ विभिन्न जिल्लाबाट दर्शनार्थी आउँछन् । केलादीधामको दर्शन गर्न नसके नाम उच्चारण गरे मात्र पुण्य...
स्वघोषणा सदस्यता त्याग गर्न पत्रकार महासंघ पाल्पाको अनुरोध
स्वघोषणा सदस्यता त्याग गर्न पत्रकार महासंघ पाल्पाको अनुरोध नेपाल पत्रकार महासंघ पाल्पाले सदस्यता शुद्धिकरण मापदण्ड २०७९ बाहिर पर्ने सदस्यहरुलाई सदस्यता त्यागको स्वघोषणा गर्न अनुरोध गरेको छ । महासंघ पाल्पाको मंगलबार बसेको कार्यसमिति बैठकले पत्रकार महासंघ केन्द्रिय समितिले जारी गरेको निर्यण अनुसार आगामी १० दिन भित्र नयाँ मापदण्ड भन्दा बाहिरका सदस्यहरुलाई स्वघोषणा गरी सदस्यता त्याग गर्न अनुरोध गरेको हो ...
Weather Update