Shittalpati
मेसिनमा आलुको वीउ राख्दै कृषक
मेसिनमा आलुको वीउ राख्दै कृषक पाल्पाको रामपुरमा मेसिनबाट आलु रोप्न वीउ राख्दै कृषक ।
अदुवा खेतीको विकल्प बन्यो बेसार
अदुवा खेतीको विकल्प बन्यो बेसार प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् बैठकमै बेसारको कुरा गरेपछि यो खुबै चर्चित बन्यो । सामाजिक सञ्जालमा बेसारमय तस्वीरहरु देखिए । कतिपय कलाकारले त यसको गीत बनाउनसमेत भ्याए ।
उखु किसानले अझै पाएनन् भुक्तानी
उखु किसानले अझै पाएनन् भुक्तानी जिल्लाको धनकौलमा रहेको अन्नपूर्ण चिनी मिलले अहिलेसम्म पनि किसानलाई भुक्तानी दिएको छैन । केही दिनअघि यहाँका उखु किसान अघिल्ला वर्षमा बेचेको उखुको भुक्तानी माग्न काठमाडौँ पुगेका थिए ।
किसानलाई घाँसको बीउ वितरण
किसानलाई घाँसको बीउ वितरण व्यावसायिक पशुपालनतर्फ किसानको आकर्षण बढ्दै जान थालेपछि गल्याङ नगरपालिकाले किसानलाई घाँसको बीउ वितरण गरेको छ । नगरपालिकाको पशुसेवा शाखाको समन्वयमा किसानलाई घाँसको बीउ वितरण गरिएको हो ।
कृषि तथा वनजन्य उद्योगमा आकर्षण
कृषि तथा वनजन्य उद्योगमा आकर्षण नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा कृषि तथा वनजन्य उद्योगतर्फ आकर्षण बढ्दै गएको छ । विशेषगरी विदेशबाट फर्केका युवा र महिला व्यावसायिक कृषि उद्यमतर्फ लागेका हुन् । पछिल्लो समय जिल्लामा कृषि तथा वनजन्य उद्योग वृद्धि हुन थालेको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ ।
लोप हुँदै कोदो खेती
लोप हुँदै कोदो खेती पछिल्लो समय पाल्पा र गुल्मीमा पौष्टिक अन्नको रुपमा रहेको कोदो लोप हुँदै गएको छ । तीन दशकअघि मुख्य खाद्यान्न बालीका रूपमा स्थापित कोदो खेती जिल्लाका किसानहरुले गर्न छोडेपछि अहिले लोप हुने अवस्थामा पुगेको हो ।
गाउँपालिकाले जोतिदिएको खेतमा झुल्यो धान पहेँलै
गाउँपालिकाले जोतिदिएको खेतमा झुल्यो धान पहेँलै गुल्मीको गुल्मीदरबार गाउँपालिकाले किसानको खेत निःशुल्क जोत्ने कार्यक्रम सञ्चालन गरेको छ । गाउँपालिकाले निःशुल्क जोतेको खेतमा अहिले किसानले रोपेको खेतमा धानबाली पहेँलै झुलेको छ ।
सैनामैनाका कृषकलाई मौरीका घार
सैनामैनाका कृषकलाई मौरीका घार रुपन्देहीको सैनामैना नगरपालिकाले किसानलाई निःशुल्करुपमा मौरीका घार वितरण गरेको छ । मौरीपालन व्यवसायलाई प्रवद्र्धन र व्यवस्थापन गर्न तथा माहुरी स्रोत केन्द्र सञ्चालनका लागि ३० घार वितरण गरिएको हो ।
किसानलाई धान स्याहार्ने चटारो
किसानलाई धान स्याहार्ने चटारो यतिबेला पाल्पा र गुल्मीका किसानहरु धान स्याहार्न व्यस्त छन् । विजया दशमी सकिएलगत्तै कृषकहरू धान स्याहार्न व्यस्त देखिएका हुन् । तिहार अगाडि नै यहाँका अधिकांश ठाउँमा धान स्याहार्ने काम सकिन्छ ।
पाल्पामा यसवर्ष धान उत्पादनमा गिरावट आउने
पाल्पामा यसवर्ष धान उत्पादनमा गिरावट आउने जिल्लामा यसवर्ष धान उत्पादनमा गिरावट आउन सक्ने अनुमान गरिएको छ । बेमौसमी वर्षाद्, रोकको प्रकोप र रासायनिक मलको अभावका कारण धान उत्पादनमा गिरावट आउन सक्ने विज्ञहरुले अनुमान गरेका हुन् ।
विदेशबाट फर्किएका युवा अदुवा खेतीमा
विदेशबाट फर्किएका युवा अदुवा खेतीमा देशमा रोजगारी नभएको भन्दै धेरै युवा जनशक्ति रोजगारीको खोजीमा विदेशिएको बेला केही युवा भने वैदेशिक रोजगारीलाई छाडेर स्वदेशमै कृषि पेशामा आफ्नो भविष्य खोजिरहेका छन् । विदेशी भूमिमा जति पसिना बगाए पनि सीमित समयका लागि मात्रै भएको भन्दै रोजगारीका लागि विदेशिएका युवा पछिल्लो समय कृषिमा पेशातर्फ आकर्षित हुन थालेका छन् ।
बाँझो जमिन उपयोग गर्ने कृषकलाई अनुदान
बाँझो जमिन उपयोग गर्ने कृषकलाई अनुदान तपाईले आफ्नो स्वामित्वको कृषियोग्य जग्गा बाँझो राख्नु भएको छ ? त्यसो हो भने अब त्यसमा केही न केही उब्जनी गर्ने गरी तयारी थाल्नुस् । स्थानीय सरकारले अब बाँझो रहेको कृषियोग्य जमिन उपयोग गर्ने कृषकलाई अनुदान दिने भएका छन् ।
Weather Update