Shittalpati
स्वर्णिम वाग्लेले काँग्रेस छोडे

पाल्पा, स्वर्णिम वाग्लेले आफू नेपाली काँग्रेस पार्टीबाट अलग भएको घोषणा गरेका छन् । वाग्लेले बिहीबार सामाजिक संजाल फेसबुकमार्फत काँग्रेस पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।

अर्थशास्त्री समेत रहेका वाग्लेले आफूलाई पुस्तैनी काँग्रेस बताउँदै आएका थिए । उनले आफ्नो ५० वर्षदेखिको पारिवारिक विरासत गाँसिएको काँग्रेस पार्टी छोडेको भनि लेखेका छन् ।’ २०४२ सालको ’सत्याग्रह’ र २०४६ को जनआन्दोलन देखिको मेरो संलग्नता एवं ५० वर्षदेखिको पारिवारिक विरासत गाँसिएको नेपाली काँग्रेस पार्टीबाट अलग हुने निर्णय गरेको छु,’ उनले लेखेका छन्, ’ पार्टीभित्र ३० वर्षदेखि परोक्ष र गत १० वर्षदेखि प्रत्यक्ष रुपमा आर्थिक नीति र योजना, बौद्धिक–सैद्धान्तिक विमर्श र प्रशिक्षण एवं अन्तर्राष्ट्रिय वैधताको विस्तारमा उल्लेख्य योगदान गरें । विशेषतः योजना आयोगमा सुशील कोइराला र शेरबहादुर देउवा दुबैले दिनुभएका जिम्मेवारी कौशलका साथ सम्पन्न गरेर मुलुकको मान राख्न सकेकोमा गर्व छ । तर पछिल्ला वर्षहरुमा कांग्रेस पार्टीभित्रका गतिविधिहरु नियालेका प्रत्येक स्वाभिमानी कांग्रेसजनको शीर निहुरिने अवस्था आएको छ । ’ वाग्लेले काँग्रेस परित्याग गरेसँगै राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गर्ने र तनहुँ १ को उपचुनावमा उम्मेदवार बन्ने चर्चा छ ।

प्रकाशित मिति: बिहीबार, चैत १६, २०७९  १८:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update