Shittalpati
अर्यालले गरिन पदभार ग्रहण

पाल्पा,राष्ट्रियसभाकी नवनिर्वाचित उपाध्यक्ष उर्मिला अर्यालले पदभार ग्रहण गरेकी छन् । शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबाट पद तथा गोपनीयताको शपथ लिएलगत्तै उपाध्यक्ष उपाध्यक्ष अर्यालले पदभार ग्रहण गरेकी हुन् ।

समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेको उपस्थिति थियो । यस्तै, संवैधानिक निकायका प्रमुख तथा प्रतिनिधि, विभिन्न राजनीतिक दलका नेता तथा सञ्चारकर्मीको पनि सहभागिता थियो । उपाध्यक्ष अर्याल सोमबार मात्रै उपाध्यक्षमा निर्विरोध निर्वाचित भएकी थिइन् । सत्तारूढ गठबन्धनबाट माओवादीकी सांसद अर्याल निर्वाचित भएकी थिइन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले माओवादी उम्मेदवार विरुद्ध प्रतिस्पर्धा नगर्ने रणनीतिका साथ उम्मेदवारी नदिएपछि अर्याल एक्लैको मनोनयन परेको थियो ।

प्रकाशित मिति: बुधबार, माघ २५, २०७९  १०:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update