डेङ्गु सङ्क्रमण तीव्र, जोगिने कसरी ?
मंगलबार, भदौ २५, २०८१

अस्वस्थ जीवनशैलीले बढाउँदै नसर्ने रोगको जोखिम
बुधबार, भदौ १९, २०८१
नसर्ने रोग विश्वमै जटिल बन्दै गइरहेको छ । विश्वव्यापीकरण, सहरीकरण, जनसङ्ख्या वृद्धि तथा जीवनशैलीमा आएको परिवर्तन तथा वातावरणीय प्रदूषणलगायत कारणले नसर्ने रोगको जोखिम बढ्दै गइरहेको विज्ञ बताउन्छन् । उनिहरुका अनुसार अस्वस्थ जीवनशैलीका कारण क्यान्सर, मधुमेह, मुटुरोग, दमलगायतका रोग बढ्दो क्रममा छ ।

राष्ट्रपति पौडेल भगवती रथजात्रा अवलोकन गर्न पाल्पामा
मंगलबार, भदौ ११, २०८१
राष्ट्रपति रामचन्द्र पौडेल ऐतिहासिक रणउजिरेश्वरी भगवती रथजात्रा अवलोकन गर्न आज पाल्पा सदरमुकाम तानसेन आइपुगेका छन् । उनलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वागत गरे । राष्ट्रपति पौडेललाई जनस्तरबाट समेत भव्य स्वागत गरिएको छ ।

परम्परागत खेती छाडेर कफीखेतीतर्फ
बुधबार, भदौ ५, २०८१
गुल्मी सिर्सेनीका किसान यतिबेला परम्परागत रुपमा गर्दैै आएको खेती छाडेर कफीखेतीमा लागेका छन् । जिल्लाको मदाने गाउँपालिका–३ अन्तर्गत सिर्सेनीस्थित तोरेटाका किसानको बारी यतिबेला कफीको बगैँचा बनेको छ । त्यहाँका किसान परम्परागत रुपमा उत्पादन गर्दै आएको मकै र कोदोखेतीलाई छाडेर व्यावसायिक रुपमा कफीखेतीमा लागेका हुन् ।

स्वास्थ्य संस्थामा प्रसूति गराउने महिलाको सङ्ख्यामा बढ्दै
बुधबार, साउन ३०, २०८१
लुम्बिनी प्रदेशमा स्वास्थ्य संस्था गएर प्रसूति गराउनेको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । चेतनाको विकास भएसँगै स्वास्थ्य संस्था गएर प्रसूति गराउनेको सङ्ख्या १८.८ प्रतिशतले वृद्धि भएको लुम्बिनी प्रदेशको प्रथम आवधिक योजनाको समीक्षा प्रतिवेदन २०८० मा उल्लेख गरिएको छ ।

सरकारी स्वास्थ्यकर्मीको ‘क्लिनिक मोह’ रोक्न लुम्बिनी सरकारको एक्सन
मंगलबार, साउन २९, २०८१
लुम्बिनी प्रदेश सरकारले सरकारी अस्पतालमा रहेको स्वास्थ्यकर्मीहरुले निजी क्लिनिकमा बढी ध्यान दिएको र सरकारी अस्पतालको नाम बेचेर व्यावसायिक प्रयोजनमा प्रयोग गरेको भन्दै अङ्कुश लगाउन थालेको छ । लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले प्रदेश सरकारले मुख्य गौरवको आयोजनाका रूपमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालका डक्टरहरुविरुद्ध पहिलो एक्सन सुरु गरेका छन्...

सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा
बुधबार, साउन २३, २०८१
गेझा स्वास्थ्यचौकीले सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको छ । रामपुर नगरपालिका–१० स्थित स्वास्थ्यचौकीमा आउने गर्भवतीले सो सेवा पाउनेछन् ।

डेङ्गीबाट एकको मृत्यु, ३० जनामा हैजा पुष्टि
मंगलबार, साउन २२, २०८१
देशभर कीटजन्य तथा पानीजन्य रोगको सङ्क्रमण बढ्दै गएको छ । स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ९इडिसिडी०ले डेङ्गीबाट एकजनाको मृत्यु भएको आज जनाएको हो ।
-1722430121.jpeg)
आम्दा अस्पताललाई मेडिकल कलेज बनाउने प्रस्ताव अन्तर्राष्ट्रिय सभामा लैजादै
बुधबार, साउन १६, २०८१
बुटवलमा रहेको सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दालाई मेडिकल कलेज बनाउने प्रस्ताव अन्तर्राष्ट्रिय सभामा लैजाने तयारी भएको छ । आम्दालाई मेडिकल कलेज बनाउनका लागि इन्डोनेशियाको बालीमा हुने आम्दा इन्टरनेशनलको अन्तर्राष्ट्रिय सभामा प्रस्ताव लगिने भएको हो ।

दश जनामा हैजा संक्रमण
आइतबार, साउन १३, २०८१
पछिल्लो केही दिन यता देशका विभिन्न जिल्लाहरुमा हैजा संक्रमणका विरामीहरु देखिन थालेका छन् । बर्खा लागेसँगै हैजाका विरामी देखिन थालेका हुन् ।

बेपत्ता पुरुष खोलामा मृत फेला
शुक्रबार, साउन ११, २०८१
जिल्लाको निस्ती खोलाले बगाएर बेपत्ता भएका पुरुष मृत फेला परेका छन् । जिल्लाको मुसिकोट नगरपालिका –२ का ३१ वर्षीय बोमबहादुर कार्की मुसिकोट –४ दोभानस्थित छल्दी खोला किनारमा मृत फेला परेका हुन् ।

पाल्पा आँखा अस्पतालको वार्षिक समीक्षा तथा गोष्ठी
शनिबार, साउन ५, २०८१
तानसेनमा आँखा अस्पतालको वार्षिक समीक्षा तथा गोष्ठी भएको छ । नेपाल नेत्रज्योति संघ र पाल्पा लायन्स लाकोल आँखा अस्पताल तथा यस अन्तर्गत रहेका आँखा उपचार केन्द्रहरुको वार्षिक समीक्षा तथा गोष्ठी गरिएको हो ।