एक जनाको भरमा स्वास्थ्य बीमा बोर्ड
शुक्रबार, असोज १९, २०८०
भूकम्पमा परी घाइते हुनेको प्रदेश सरकारले उपचार गर्ने
बुधबार, असोज १७, २०८०
सुदूरपश्चिम प्रदेश सरकारले भूकम्पबाट प्रभावित भई घाइते भएकाको उपचार खर्च व्यहोर्ने भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा आज बसेको सर्वपक्षीय बैठकमा भूकम्पबाट प्रभावितको उद्धार कार्यलाई प्रभावकारी बनाउँदै प्रभावितलाई तत्काल एकद्वार प्रणालीबाट राहत सामग्री वितरण गर्ने निर्णय भएको छ ।
यस वर्षको भिटामिन ‘ए’ कार्यक्रम कात्तिक १७ र १८ गते
बुधबार, असोज १७, २०८०
सरकारले बालबालिकालाई यस वर्षको ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ आगामी कात्तिक १७ र १८ गते सञ्चालन गर्ने भएको छ ।
दाङमा डेङ्गु सङ्क्रमणबाट मृत्यु
सोमबार, असोज १५, २०८०
दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा एक पुरुषको डेङ्गु सङ्क्रमणबाट मृत्यु भएको छ ।
आन्दोलन फिर्ता लिन चिकित्सकलाई स्वास्थ्यमन्त्रीको आग्रह
शुक्रबार, असोज १२, २०८०
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले चिकित्सकहरुलाई आन्दोलन फिर्ता लिन आग्रह गरेका छन् । चिकित्सक र स्वास्थ्यकर्मीमाथि पटक–पटक भएका दुर्व्यवहारका घटनामा संलग्नलाई कारबाही गर्न सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ ।
पाल्पाका चिकित्सकहरु पनि आन्दोलित
बिहीबार, असोज ११, २०८०
सुरक्षाको माग गर्दै देशभरका चिकित्सक आन्दोलित बनेका छन् । पाल्पामा पनि बुधबारदेखि चिकित्सकहरु आन्दोलित भएका छन् । ज्यानको सुरक्षा नभएको भन्दै उनीहरू सरकारलाई दबाब दिन आन्दोलनमा उत्रिएका हुन् ।
पाल्पाको पूर्वखोलामा देखियो मलेरिया
बुधबार, असोज १०, २०८०
जिल्लाको पूूर्वखोला गाउँपालिकामा मेलेरिया देखा परेको छ । विगतमा तराइमा लामखुट्टेको टोकाइबाट लाग्ने मलेरिया बिस्तारै लामखुट्टे उकालो लागेसँगै पहाडी जिल्ला पाल्पामा पनि देखिन थालेको हो ।
पाल्पामा डेंगी संक्रमणबाट थप एकको मृत्यु
सोमबार, असोज ८, २०८०
पाल्पामा डेंगी संक्रमणबाट थप एक जनाको मृत्युु भएको छ । स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा. राजेन्द्र गिरीका अनुसार सोमबार माथागढी गाउँपालिका– १ चिदीपानी बुढीकोटका ३५ वर्षीय गोविन्द सारुको डेंगी संक्रमणबाट मृत्यु भएको हो ।
स्वास्थ्य क्षेत्रमा धेरै सुधारको काम गरेका छौँ : स्वास्थ्यमन्त्री बस्नेत
बुधबार, असोज ३, २०८०
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य क्षेत्रमा मन्त्रालयले धेरै सुधारको काम गरेको बताए । मिर्गौलाका बिरामीलाई जुटाएको सहयोग हस्तान्तरण गर्ने कार्यक्रममा आज सहभागी हुँदै उनले स्वास्थ्य क्षेत्रमा लामो समयदेखिका यथावत समस्या समाधान गर्न सफल भएको दाबी गरे ।
महङ्गा स्वास्थ्य उपकरण अस्पतालका कोठामा थन्किए
बुधबार, असोज ३, २०८०
लुम्बिनी प्रादेशिक अस्पतालले विशेषज्ञ सेवासहितको सेवा प्रदान गर्दै आएको छ । यस अस्पतालमा बहिरङ्ग (ओपिडी) विभागमा दैनिक बिरामीको परीक्षण र उपचार गर्ने क्षमता पाँच सय जति रहेको छ । तर यहाँ दैनिक दुई हजार पाँच सयसम्म बिरामी उपचारका लागि आउँछन् ।
सर्पले डसेर दुई महिनामा छ जनाको मृत्यु
बिहीबार, भदौ २८, २०८०
दाङमा दुई महिनामा सर्पको टोकाइबाट छ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार दुई महिनामा सर्पदंशका एक सय सात घटना भएका थिए । साउनमा ३६ र भदौमा १८ गरी ५४ जना महिला तथा साउनमा २८ र भदौमा १३ गरी ४१ पुरुष सर्पले टोकेर घाइते भएका थिए ।
लायन्स क्लव पाल्पाद्वारा रक्तदान
बुधबार, भदौ २७, २०८०
जिल्लामा क्रियाशील सामाजिक संस्था लायन्स क्लव अफ पाल्पाले रक्तदान कार्यक्रम गरेको छ । बिरामीका लागि रगतको अभाव हुन नदिन क्लवले वार्षिक कार्यक्रम अन्तर्गत बुधबार रक्तदान कार्यक्रम गरेको हो ।
पूर्वखोला स्वास्थ्य शाखा उत्कृष्ट घोषित
बुधबार, भदौ २७, २०८०
गत आर्थिक वर्षमा पाल्पाका १० स्थानीय तहमा पूर्वखोला गाउँपालिका स्वास्थ्य सेवा प्रदानमा उत्कृष्ट स्वास्थ्य शाखाको रुपमा घोषित भएको छ ।