Shittalpati
पाल्पामा विहीबार ९ जनामा कोरोना पुष्टि

पाल्पा,पाल्पामा थप ९ जनामा कोरोना संक्रमण देखिएको छ । विहीबार जिल्ला स्वास्थ्य कार्यालय पाल्पालाई प्राप्त विवरण अनुसार ८ जना पुरुष र १ जना महिलामा कोरोना संक्रमण देखिएको सूचना अधिकारी ओम प्रकाश पन्थीले जानकारी दिए । उनका अनुसार रामपुर नगरपालिकाका ३ जना, पूर्वखोला गाउँपालिकाका १ जना, निस्दी गाउँपालिकाका १ जना, तानसेन नगरपालिकाका १ जना र पाल्पा अस्पतालबाट संकलन गरिएका स्वाब मध्येका २ जना गरी ९ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।

पाल्पामा थपिएका ९ जनासँगै कुल संक्रमितको संख्या ८ सय ८१ पुगेको छ । जिल्लामा अहिले १ सय ३५ जना सक्रिय संक्रमित रहेका छन् । उनीहरु सबै होम आइसोलेशन र केही अस्पतालमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । कुल संक्रमित मध्ये ७ सय ४२ जनाले कोरोना जितेर घर फर्किएका छन् भने ४ जनाको निधन भएको छ । पछिल्लो समयमा समुदायस्तरमा समेत कोरोना फैलिएको छ । जिल्लामा अहिलेसम्म २ सय ४४ जना समुदायस्तरका व्यक्तिहरुमा कोरोना संक्रमण देखिएको छ । ति मध्ये महामारीको अग्रभागमा रहेर काम गर्दै आएका ४८ जना स्वास्थ्यकर्मी रहेका छन् ।

प्रकाशित मिति: बिहीबार, असोज २९, २०७७  १८:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update