Shittalpati
पाल्पा कोरोना संक्रमण मुक्त

कृष्ण पोखरेल

तानसेन । पाल्पा कोरोना संक्रमण मुक्त जिल्ला भएको छ । जिल्लामा देखिएका सबै संक्रमित डिस्चार्ज भई घर फर्किए सँगै जिल्ला कोरोना मुक्त भएको हो । जिल्लामा हालसम्म ५६१ जना संक्रमण देखिएकोमा १ जनाको मृत्यु भएको छ भने ५ सय ६० जना निको भएर घर फर्किएका छन् । कोरोना संक्रमणको उच्च जोखिमको रुपमा पहिचान बनाएपनि पछिल्लो समय भारत लगायत तेस्रो मुलुकबाट आउने व्यक्ति नआएका कारण सक्रमण थपिएको छैन । जिल्लामा ३९०७ जनाको पिसिआर परीक्षण भएकोमा ५६१ जनामा सक्रमण देखिएको थियो । संक्रमित मध्ये ५१५ जना पुरुष र ४६ जना महिला रहेका छन । जिल्लामा अहिले आसोलेशनमा १ जना पनि कोरोना संक्रमित विरामी नभएकोले आजको मितीसम्मलाई संक्रमण मुक्त जिल्ला भएको जिल्ला स्तरीय कोभिड–१९ का फोकल पर्सन श्रीकृष्ण भट्टराईले बताए । जिल्लामा सबैभन्दा बढी कोरोना संक्रमणबाट पुर्वखोला गाउँपालिका प्रभावित बन्यो ।

पुर्वखोला गाउँपालिकामा ४३३ जनाको परिक्षण गरिएकोमा १६० जना संक्रमण देखिएको थियो । सबैभन्दा कम रिव्दीकोट गाउँपालिकामा संक्रमण देखियो । रिव्दीकोट गाउँपालिकामा १२६ जनाको परिक्षण भएकोमा ५ जना सक्रमित देखिए । रामपुर नगरपालिकामा ५८७ जनाको परिक्षण गरेकोमा ११७ जनाको पोजेटिभ रिपोर्ट आएको थियो । माथागढी गाउँपालिका भित्र ३२२ जनाको पिसिआर गरेकोमा ३० जनामा सक्रमण देखिएको थियो । रैनादेवीछहरा गाउँपालिकामा ६३२ जनाको परिआर परिक्षण भएकोमा ३९ जना सक्रमित देखिएका थिए ।

रम्भा गाउँपालिकामा २०५ जनाको परिक्षण भएकोमा ४४ जना संक्रमित देखिएका थिए । बगनासकाली गाउँपालिका ३२१ जनाको परिक्षण भएकोमा ४२ जना पोजेटिभ, तिनाउँ गाउँपालिकामा १९९ जनामा परिक्षण गरिएकोमा ८ जना संक्रमित, निस्दी गाउँपालिकामा ३३२ जनामा पिसिआर परिक्षण भएकोमा ९९ जनाको पोजेटिभ, तानसेन नगरपालिकामा ६३६ जनामा परिक्षण भएकोमा १४ जनामा मात्र संक्रमण देखिएको थियो । यसैगरी पाल्पाका अस्पतालहरुमा १०६ जनाको परिक्षण भएकोमा ३ जनामा संक्रमण देखिएको थियो । समुदाय स्तरमा कोरोना संक्रमण फैलिएको वा नपैmलिएको बारेमा जानकारी लिन जिल्लाका व्यापारी, पत्रकार, सुरक्षाकर्मी र बैक तथा वित्तिय संस्थामा बसेर समुदाय संग दिनहु सम्र्पकित व्यक्तिहरुको नमुना परिक्षण गरिएको छ । समुदाय स्तरका ११८ जनाको पसिआर परिक्षण भएकोमा सबै जनाको रिपोट नेजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पंन्थीले बताए ।

प्रकाशित मिति: मंगलबार, साउन २०, २०७७  १४:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update