पाल्पा कोरोना अपडेट : बुधबार ९० जना नयाँ संक्रमित थपिए, ७० जना निको
बुधबार, साउन २७, २०७८
विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः कुलमान
बुधबार, साउन २७, २०७८
सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुनः नियुक्त गरेको छ । चार वर्षे कार्यकाल पूरा गरेर अवकाश पाएका घिसिङ १० महिनापछि पुनः कार्यकारी निर्देशक नियुक्त भएका हुन ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलद्वारा राजीनामा
बुधबार, साउन २७, २०७८
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज राजीनामा दिएका छन् ।
मुुख्यमन्त्री पोखरेलले प्रदेश प्रमुख अमिक शेरचनलाई राजीनामा बुझाएको प्रदेशसभामा नेकपा एमालेका प्रमुख सचेतक भूमिश्वर ढकालले जानकारी दिए ।
जिप दुर्घटनामा चार घाइते
बुधबार, साउन २७, २०७८
सिद्धार्थ राजमार्ग अन्तर्गत तिनाउ गाउँपालिका–३ सिद्धबाबा नजिकै हेडबक्समा जिप दुर्घटना भएको छ । पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको बा १८च ७३३६ नम्बरको स्कार्पियो जिप आज विहान दुर्घटना भएको हो ।
लुम्बिनी प्रदेशमा घरेलु हिंसा बढे
बुधबार, साउन २७, २०७८
विकास निर्माण र अन्य प्रगतिका हिसाबले अगाडि रहेको लुम्बिनी प्रदेशमा घरेलु हिंसाका घटना भने बढेका छन् । प्रदेश प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७७ साउनदेखि असार मसान्तसम्ममा दुई हजार ३ सय १८ घरेलु हिंसाका उजुरी परेका छन् ।
‘मास्क खोइ ?’ अभियानको सान्दर्भिकता
बुधबार, साउन २७, २०७८
पछिल्लो समय कोरोनाको चर्चा केही कम भएको जस्तो सुनिन्छ । तर त्यसको प्रभाव भने अझै कम हुन सकेको छैन । मानिसहरूमा सन्त्रास कम भएको मात्र हो । तीन हजार र चार हजारको बीचको संख्यामा दैनिक संक्रमित पाइनु र बीसदेखि तीसजना बीचमा दैनिक मृतकको संख्या कायम रहिरहनुले संक्रमणको अवस्था कायमै रहेको...
गुल्मी प्रशासन कार्यालयमा नयाँ कर्मचारीलाई स्वागत
मंगलबार, साउन २६, २०७८
जिल्ला प्रशासन कार्यालय गुल्मीले नयाँ कर्मचारीहरुलाई स्वागत गरेको छ । प्रशासन कार्यालयको कर्मचारीहरुको मासिक नियमित बैंठकमा प्रशासन कार्यालयको विभिन्न फाँटमा कार्यरत नयाँ कर्मचारीहरुलाई स्वागत गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिइन् ।
पाल्पामा बाघको छाला सहित दुई जना पक्राउ
मंगलबार, साउन २६, २०७८
दुर्लभ बाघको छाला सहित मंगलबार प्रहरीले पाल्पाबाट दुई जना व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीले बाघको छाला तस्करी गिरोहमा संलग्न रिब्दीकोट गाउँपालिका ७ का ४२ वर्षीय विष्णु खत्री र सोही ठाउँका ४० वर्षीय रविल मियाँलाई पक्राउ गरेको हो ।
पाल्पा कोरोना अपडेट : मंगलबार ६८ जना संक्रमितले कोरोना जिते, ४९ जनामा संक्रमण
मंगलबार, साउन २६, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा ६८ जना संक्रमितले कोरोना जितेका छन् । स्वास्थ्य कार्यालय पाल्पाले मंगलबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा रहेका ६८ जना संक्रमितले कोरोना जितेका हुन् ।
मालपोत कार्यालय पाल्पाका कर्मचारीमा कोरोना देखिएपछि सेवा रोकियो
मंगलबार, साउन २६, २०७८
मालपोत कार्यालय पाल्पामा कर्मचारीहरुमा कोरोना संक्रमण देखिएपछि केही समयका लागि सेवा रोकिएको छ । कार्यालयमा कार्यरत अधिकृतसहित ५ जना कर्मचारीमा कोरोना परीक्षण गर्दा संक्रमण देखिएपछि साउन ३२ गतेसम्मका लागि कार्यालयको सेवा रोकिएको हो ।
व्यवसायी कक्षपतिको निधन
मंगलबार, साउन २६, २०७८
पर्यटन व्यवसायी श्याम कक्षपतिको निधन भएको छ । बैंककको एक अस्पतालमा उपचारका क्रममा उनको सोमबार निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
पाल्पामा मानवअधिकार अनुगमन समिति
मंगलबार, साउन २६, २०७८
जिल्लामा मानवअधिकार अनुगमन समिति गठन गरिएको छ । राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी प्रदेशले पाल्पा जिल्लामा जिल्लास्तरीय मानव अधिकार अनुगमन समिति गठन गरेको हो ।


