माथागढीमा उत्पादन बढाउन किसानलाई मकैको बिउ
बिहीबार, चैत १७, २०७८
रिब्दीकोट गाउँ सरकारको आफ्नै भवन निर्माण
बिहीबार, चैत १७, २०७८
जिल्लाको रिब्दीकोट गाउँपालिकाको आफ्नै प्रशासकीय भवन निर्माण भएको छ । १ करोड ८७ लाख लागतमा सभाहल सहितको भवन निर्माण भएको हो । साँघुरो भवनबाट सेवाप्रवाह हुँदै आएको कार्यालयको अहिले आफ्नै भवनबाट सेवा प्रवाह भइरहेको छ । साढे दुई तला रहेको भवनमा दुई सभाहल सहित १५ वटा कोठा रहेका छन् ।...
समृद्धिको लागि कृषि
बिहीबार, चैत १७, २०७८
नेपाल कृषि प्रधान देश हो । तर, दुःखको कुरा कृषिमै परनिर्भर छ । पछिल्ला दिनमा त झन परनिर्भरता चुलिदो छ । वर्षेनी ठूलो परिमाणमा कृषिजन्यवस्तु बाहिरबाट आयात भइरहेको छ । परम्परागत कृषि प्रणालीका कारण अझै पनि नेपालले कृषिमा विकास गर्न सकेको छैन । कृषिमा निर्भर ठूलो जनसंख्या अन्य क्षेत्रमा लाग्दै...
नेपालद्वारा मलेसिया पराजित
बुधबार, चैत १६, २०७८
त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजअन्तर्गत बुधबार भएको आफ्नो दोस्रो खेलमा नेपालले मलेसियालाई पराजित गर्दै जीत हात पारेको छ ।
पत्रकार महासंघ ६७ औँ वर्षमा प्रवेश
बुधबार, चैत १६, २०७८
नेपाली पत्रकारको साझा संस्था नेपाल पत्रकार महासंघ स्थापनाको ६७ औँ वर्षमा प्रवेश गरेको छ । नागरिक अधिकार, लोकतन्त्र, प्रेस स्वतन्त्रता र पत्रकारका हकहित तथा पेसागत मुद्दाका लागि अविछिन्न रुपमा लड्दै आएको महासंघले बुधबार स्थापना दिवस मनाएको छ ।
चुनावको आश्वासनः विपन्नले पाए घर
बुधबार, चैत १६, २०७८
‘निर्वाचनमा भोट माग्न आउँदा अनेक थरिका आश्वासन दिन्थे, तर विश्वास नै लाग्ने थिएन । अहिले घर बनेको छ, नेता र सरकारप्रति भरोसा बढेको छ ।’ यो भनाइ गुल्मीका मदाने गाउँपालिका–३ सिर्सेनी पोखराका माया विश्वकर्माको हो ।
पिशाच चतुर्दशी र पाँहा चहेँ
बुधबार, चैत १६, २०७८
आज पिशाच चतुदर्शी र पाँहा चन्हे काठमाडौं, उपत्यकाका नेवारी समुदायको एक प्रमुख चाड । यस चाडलाई नेवारहरुले परापूर्वकाल देखिनै चतुर्दशीको दिन मनाउँदे आएका छन । भनिन्छ फागुण कृष्ण चतुर्दशीको दिनमा भगवान शिवले पिशाचको रुप धारण गर्नु भएको थियो त्यसैले यस दिनलाई पिशाच चतुर्दशी भनिएको हो ।
निर्वाचनको चटारो
बुधबार, चैत १६, २०७८
स्थानीय निर्वाचन २०७९ को निर्धारित तिथि नजिकिदै जाँदा राजनैतिक सरगर्मी र प्रचार–प्रसारको चटारो बढ्दै गएको छ । निर्वाचन आयोगले म्यादी प्रहरी भर्ना र मतदाता शिक्षाका कार्यक्रमहरु तिव्र गतिमा अगाडि बढाइरहेका बेला राजनैतिक दलहरुले गठवन्धन र एकल को–कसरी निर्वाचनमा जाने भन्ने विषयमा गम्भीर छलफल र परामर्शलाई तिव्रता दिएका छन् ।
टिप्परको ठक्करबाट पैदल यात्रीको मृत्यु
मंगलबार, चैत १५, २०७८
बाँकेमा टिप्परको ठक्करबाट आज एक पैदल यात्रीको मृत्यु भएको छ । कोहलपुरबाट नेपालगञ्जतर्फ जाँदै गरेको भे१क ६५६ नंको टिप्परले नेपालगञ्ज उपमहानगरपालिका–२० राँझा चोकमा ठक्कर दिँदा स्थानीयवासी ७० वर्षीय वीरबल भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक मधुसूदन न्यौपानेले जानकारी दिए ।
रूपन्देहीमा हातहतियार प्रहरी इकाईमा बुझाउन निर्देशन
मंगलबार, चैत १५, २०७८
जिल्ला प्रशासन कार्यालय रुपन्देहीले हातहतियार प्रहरी इकाईमा बुझाउन निर्देशन दिएको छ । स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै चैत मसान्तभित्र हातहतियार बुझाउन सार्वजनिक सूचना जारी गदै निर्देशन दिएको हो । प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जारी गरेको सूचनामा नजिकको प्रहरी इकाईमार्फत हतियार बुझाउन उल्लेख छ ।
निःशुल्क भिडियो एक्स–रे सेवा सुरू
मंगलबार, चैत १५, २०७८
पाल्पाको पूर्वखोला गाउँपालिकाले निःशुल्क भिडियो एक्स–रे तथा जनस्वास्थ्य प्रयोगशाला सेवा सुरु गरेको छ । रि·नेरह स्वास्थ्य चौकीमा स्थापना गरिएको सो सेवा प्रत्येक महिनाको एक दिन घुम्ती शिविरको आयोजना गरी वडा–वडाका स्वास्थ्य संस्थामार्फत सेवा दिने उद्देश्यले भिडियो एक्स–रे तथा जनस्वास्थ्य प्रयोगशाला स्थापना गरिएको स्वास्थ्य शाखा प्रमुख मोहन ढकालले जानकारी दिए ।


