Shittalpati
आज नेवार समुदायमा घण्टाकर्ण मनाइँदै
आज नेवार समुदायमा घण्टाकर्ण मनाइँदै आज साउन कृष्ण चतुर्दशीको दिन पाल्पा सहित देशभरका नेवार समुदायले घण्टाकर्ण पर्व मनाउँदै छन् । नेवार समुदाय रहेका टोल टोलमा धुमधामका साथ यो पर्व मनाउने गरिन्छ । विशेषगरी घण्टाकर्ण पर्वलाई नेवार समुदायले गठेमंगल पर्वका रुपमा मनाउने गर्दछन् ।
पाल्पामा थप सात जनामा कोरोना
पाल्पामा थप सात जनामा कोरोना पछिल्लो २४ घन्टामा पाल्पामा थप सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २७ जनाको एन्टिजेन परीक्षण गरिएकोमा तानसेनका थप सात जनामा संक्रमण पुष्टि भएको हो ।
पाल्पा लघुवा बस दुर्घटनाः मृतक ६ जनाकै पहिचान खुल्यो (अपडेट)
पाल्पा लघुवा बस दुर्घटनाः मृतक ६ जनाकै पहिचान खुल्यो (अपडेट) पाल्पामा आइतबार भएको बस दुर्घटनामा मृत्यु भएका ६ जनाकै पहिचान खुलेको छ । बाग्लुङको बुर्तिवाङबाट रुपन्देहीको बुटवलतर्फ जाँदै गरेको लु १ ख ५९५२ नम्वरको बस पाल्पाको रिव्दीकोट गाउँपालिका – २ लघुवामा दुर्घटना हुँदा ६ जनाको घटनास्थलमा मृत्यु भएको थियो भने १६ जना घाईते भएका थिए ।
मकैको बीउ विक्रीबाटै मनग्य आम्दानी
मकैको बीउ विक्रीबाटै मनग्य आम्दानी स्याङ्जाको फेदीखोला गाउँपालिका–४ आरुखर्कमा रहेको जैसीडाँडा किसान समूहले मनग्य आम्दानी गर्दै आएको छ । समूहले गत आर्थिक वर्ष २०७८/७९ मा ‘मनकामना–३’ जातको १६ टन मकैको बीउ विक्री गरेर १६ लाख ६४ हजार आम्दानी गरेको हो । महिलाले मात्र आवद्ध रहेको जैंसीडाँडा किसान समूहले विगत एघार वर्ष अघिदेखि सो जातको मकैको...
यामाहाले विजेतालाई थाइल्याण्ड पठाउँदै
यामाहाले विजेतालाई थाइल्याण्ड पठाउँदै नेपालका लागि यामाहा बाइकको आधिकारिक वितरक यामाहा नेपालले विजेतालाई थाइल्याण्ड पठाउन लागेको छ । असार ९ गतेबाट कम्पनीले सुरु गरेको ‘रोड टू मोटोजिपी’ नामक स्किम अन्तर्गत यामाहाको आधिकारिक शोरूममा आई फारम भर्नेहरूमध्ये बाट लक्की ड्रमार्फत एक जना र बाइक/स्कुटर खरिदकर्ताहरूमध्ये ३ जना भाग्यशाली विजेताहरूको छनोट गरी थाइल्याण्ड लैजान लागिएको हो ...
छुट्टाछुट्टै घटनामा सात जनाको मृत्यु
छुट्टाछुट्टै घटनामा सात जनाको मृत्यु लुम्बिनी प्रदेशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै घटनामा ७ जनाको ज्यान गएको छ । बाँके, दाङ, अर्घाखाँची, रुपन्देही, कपिलवस्तु र नवलपरासीमा भएका छुट्टाछुट्टै घटनामा ७ जनाको ज्यान गएको हो ।
अनुदानको बेथिति रोक
अनुदानको बेथिति रोक सरकारले पछिल्लो समय बजेटको ठूलो हिस्सा अनुदानमा खर्चने गरेको पाइन्छ । संघीय संरचनासँगै तीनै तहका सरकारले नागरिकको प्रत्यक्ष संलग्नता रहने क्षेत्रमा अनुदान दिने व्यवस्था गरेका छन् । कृषि, पर्यटन, उद्योग, वातावरण, शिक्षा र सञ्चार प्रमुख रूपमा अनुदानका लागि प्राथमिकतामा पर्ने क्षेत्र हुन् ।
पाल्पाको लघुवामा बस दुर्घटना : ६ को मृत्यु १६ घाइते
पाल्पाको लघुवामा बस दुर्घटना : ६ को मृत्यु १६ घाइते पाल्पा रिब्दीकोट गाउँपालिका –२ लघुवामा बस दुर्घटना भएको छ । गुल्मीको मजुवाबाट बुटवलतर्फ हिडेको लु १ ख ५९५२ नम्वरको बस लघुवामा दुर्घटना भएको हो । आइतबार दिउँसो ४:३० बजे दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको हार्थोक प्रहरीचौकीले जनाएको छ । प्रहरीका अनुसार मृत्यु हुनेहरुको पहिचाल हुन सकेको छैन ।
भन्दा पुष्पलाल र वीपीको सिद्धान्त, व्यवहारमा अर्कै
भन्दा पुष्पलाल र वीपीको सिद्धान्त, व्यवहारमा अर्कै नेपाली काँग्रेस र नेपाल कम्युनिस्टले सधैँ पुष्पलाल र वीपीको सिद्धान्त र विचारको वकालत गर्दै आएपनि व्यवहारमा त्यस्तो नरहेको एक कार्यक्रमका सहभागीहरुले बताएका छ्न् । पुष्पलाल स्मृति प्रतिष्ठान नेपाल पाल्पाले तानसेन आयोजना गरेको ४४ औं स्मृति दिवसको कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन् ।
ओडारमा रहेका दमाई परिवारलाई घर बनाउन जग्गा !
ओडारमा रहेका दमाई परिवारलाई घर बनाउन जग्गा ! घरबार विहीन भई ओडारमा बस्दै आएको एक परिवारलाई घर बनाउन जग्गा सहयोग भएको छ । विगत लामो समयदेखि बडिगाड गाउँपालिका वडा ६ को खाल नजिकैको ओडारमा बसोवास गर्दै आएका जुना दमाईको परिवारलाई घर बनाउन जग्गा सहयोग भएको हो । उनलाई बाँकेको खजुरा गाँउपालिका वडा ४ डिगाँउ नेपालगञ्जका समाजसेवी लिलबहादुर थापाले...
Weather Update