एनसेलमा मोबाइल बैंकिङ निःशूल्क
शुक्रबार, साउन १३, २०७९
बाघ दिवसको सन्दर्भ
शुक्रबार, साउन १३, २०७९
हरेक वर्ष जुलाई २९ तारिख अर्थात् आजका दिन विश्व बाघ दिवस मनाइन्छ । नेपालमा केन्द्रीय र स्थानीयस्तरमा विभिन्न कार्यक्रमको आयोजना गरी विश्व बाघ दिवस मनाउने गरिन्छ । बाघको अस्तित्व जोगाइ राख्न हरेक वर्ष यो दिवस मनाउने गरिएको हो ।
आज विश्व बाघ दिवस मनाइँदै
शुक्रबार, साउन १३, २०७९
विश्वभर विभिन्न कार्यक्रम गरी आज विश्व बाघ दिवस मनाइँदै छ । नेपालमा पनि विश्व बाघ दिवस विभिन्न कार्यक्रम गरी मनाईंदैछ ।
दुई कोरोना संक्रमितको मृत्यु
बिहीबार, साउन १२, २०७९
नेपालमा पछिल्लो २४ घण्टामा दुई जना कोरोना संक्रमितको ज्यान गएको छ । देशका विभिन्न स्थानमा उपचाररत संक्रमितको विहीबार ज्यान गएको हो । साउन १ गते यता नेपालमा १० जनाको कोरानाका कारण ज्यान गइसकेको छ ।
पाल्पामा जिप दुर्घटना हुँदा दुई घाइते
बिहीबार, साउन १२, २०७९
पाल्पाको रैनादेवी छहरा गाउँपालिका–३, झिरुवासस्थित भित्री कच्ची सडकमा जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । अमिलेबाट तानसेनतर्फ आउँदै गरेको लु १ ज २१६९ नम्बरको जिप बिहीबार बिहान दुर्घटना हुँदा दुई जना घाइते भएका हुन् ।
विद्यार्थीको भविष्यमाथि त्रिविको खेलवाड
बिहीबार, साउन १२, २०७९
गत जेठ २४ गते त्रिभुवन विश्वविद्यालयले सञ्चालन गरेको स्नातकोत्तर तह प्रथम वर्षको परीक्षा दिन गुल्मीकी जानुका पराजुली त्रिभूवन बहुमुखी क्याम्पस तानसेन परीक्षा केन्द्र पुगिन् । विहान १२ बजेदेखि सञ्चालन हुने परीक्षा दिन ११ः३० बजे नै केन्द्रमा पुगेकी पराजुली त्यहाँ परीक्षा दिने कोही पनि नदेखेपछि आफु सबै भन्दा छिटो आएको भन्दै...
बुटवल उपमहानगरपालिकामा करका दर हेरफेर
बिहीबार, साउन १२, २०७९
बुटवल उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०७९/८० का लागि करका दरमा हेरफेर गरेको छ । आव २०७९/८० का लागि स्वीकृत आर्थिक ऐन, २०७९ अनुसार सम्पत्ति, घरबहाल, इरिक्सा, हाटबजार करलगायतमा हेरफेर गरी साउन १ गतेदेखि लागू भएका छन् ।
हेपाटाइटिस दिवसको सन्दर्भ
बिहीबार, साउन १२, २०७९
आज जुलाई २८, अर्थात विश्व हेपाटाइटिस दिवस । हेपाटाइटिस बीको जीवाणु पत्ता लगाएका डा.बराक स्यामुयल ब्लुम्बर्गको जन्मदिन । यही अवसर पारेर हरेक वर्ष जुलाई २८ लाई विश्व हेपाटाइटिस दिवसका रूपमा मनाइन्छ ।
सुध्रिने नेता की जनता ?
बिहीबार, साउन १२, २०७९
‘नेपालका हरेक क्षेत्रमा वेथितिले प्रवेश पाएको छ । अरु क्षेत्रको त कुरै छोडिदिनुस् । जनतालाई न्याय दिन बसेका नेपालका न्यायलय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र यस्तै प्रयोजनका लागि गठित अन्य निकायहरु वेथिति र भ्रष्टाचारले चुर्लुम्म डुवेका छन् ।’
एसईईको नतिजा सार्वजनिक
बुधबार, साउन ११, २०७९
राष्ट्रिय परीक्षा बोर्डले २०७८ को एसईईको नतिजा सार्वजनिक गरेको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले पत्रकार सम्मेलन गरी एसईई २०७८ को नतिजा सार्वजनिक गरेको हो । नतिजा सार्वजनिक गर्नुअघि बुधबार दिउँसो नै परीक्षा बोर्डको बैठक बसेको थियो ।
पाल्पामा बुधबार थपिए ७ कोरोना संक्रमित
बुधबार, साउन ११, २०७९
पछिल्लो २४ घण्टामा पाल्पामा ७ जना कोरोना संक्रमित थपिएका छन् । बुधबार परीक्षण गरिएका ३९ जना मध्ये ७ जनामा संक्रमण पुष्टि भएको हो ।


