सडक दुर्घटना न्यूनीकरणमा ध्यान देऊ
मंगलबार, जेठ २३, २०८०
तानसेनमा रक्तदान सचेतना सम्बन्धी छलफल
मंगलबार, जेठ २३, २०८०
जिल्लाको तानसेनमा रक्तदान सचेतना सम्बन्धी सरोकारवालाहरुबिच छलफल भएको छ । नेपाल रेडक्रस सोसाइटी पाल्पा शाखाको आयोजना र तानसेन नगरपालिकाको आर्थिक सहयोगमा रक्तदान सचेतना सम्बन्धी एक दिने छलफल भएको हो ।
सिद्धार्थ बाल तथा महिला अस्पताल स्तरोन्नति गर्ने समझदारी
सोमबार, जेठ २२, २०८०
बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दाको स्तरोन्नति गर्न आम्दा इन्टरनेशनलसँग समझदारी भएको छ । समझदारीसँगै आम्दा अस्पताल तीन सय शय्यामा स्तरोन्नति हुने भएको हो ।
तानसेनमा विश्व वातावरण दिवसमा सरसफाई
सोमबार, जेठ २२, २०८०
विश्व वातावरण दिवसको अवसरमा सोमबार तानसेनमा सरसफाइ गरिएको छ । पाल्पा प्यारागन बोडिङ्गमा अध्ययनरत विद्यार्थीहरूद्वारा गठित ग्रीन युथ क्लव, शिवालय टोलविकास संस्था र ग्रीन फर गुडमा आवद्ध अभियान्ताहरुलें विद्यालय, टोल क्षेत्र वरपर सरसफाइ गरेका हुन् ।
अचाक्ली बढ्यो गर्मी, धामाधम हुन थाले विद्यालय बन्द
सोमबार, जेठ २२, २०८०
केही दिनयता देशका विभिन्न स्थानहरूमा अचाक्ली गर्मी बढेको छ । वर्षा गराउने मौसमी गतिविधि कम सक्रिय भई देशका अधिकांश स्थानहरूमा तापक्रम उल्लेख्य रुपमा वृद्धि हुँदै जाँदा अचाक्ली गर्मी बढेको हो ।
सरकारी अनुदानको मल निजी एग्रोभेटलाई, प्रहरीले लियो नियन्त्रणमा
सोमबार, जेठ २२, २०८०
सरकारले किसानलाई अनुदानमा उपलब्ध गराएको रासायनिक (युरिया) मल प्रहरीले फेला पारेको छ । पाल्पा रामपुर नगरपालिका–७ स्थित हराभरा कृषि सहकारीले अनुदानमा आएको मल निजी एग्रोभेटलाई बिक्री गरेको पाइएपछि प्रहरीले नियन्त्रणमा लिएर मल फिर्ता गरेको छ ।
रेशम चौधरी रिहाइले उब्जिएका प्रश्न
सोमबार, जेठ २२, २०८०
टीकापुर घटनामा जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरीको रिहाइ यति बेला देशमा वहसको विषय बनिरहेको मात्रै छैन त्यसले थुुप्रै प्रश्नहरु समेत जन्माएको छ । तीनै तहको न्यायालयबाट दोषी ठहर भएर जन्मकैदको सजाय पाएका चौधरीको रिहाइ हुनुुले विभिन्न वहस र प्रश्न उब्जिनुु स्वभाविक नै हो ।
विश्व वातावरण दिवसको सन्दर्भ
सोमबार, जेठ २२, २०८०
विश्व वातावरण दिवस एक अन्तर्राष्ट्रिय दिवस हो । यो हरेक वर्षको ५ जुनमा मनाउने गरिन्छ । १९७३ देखि पहिलो पटक विश्व वातावरण दिवस मनाउन सुरु गरिएको हो ।
पाल्पाको सत्यवतीमा भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुग्यो, सबैको सनाखत
सोमबार, जेठ २२, २०८०
पाल्पाको रैनादेवी छहरा गाउँपालिका –८ सत्यवती केवरेडाँडामा भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुुगेको छ । आइतबार साझाँ रुपन्देहीको सालझण्डीबाट अर्घाखाँचीको पणेनातर्फ जाँदै गरेको लु १ च ९०२४ नम्वरको जिप केवरेडाँडामा दुर्घटना हुुँदा मृत्यु हुनेको संख्या ५ पुगेको हो ।
भोलीदेखि काँग्रेस लुम्बिनी प्रदेशले बृहत्त अभिमूखीकरण गर्दै, महामन्त्री थापाले सम्बोधन गर्ने
आइतबार, जेठ २१, २०८०
भोलीदेखि नेपाली काँग्रेस लुुम्बिनी प्रदेशले बृहत्त अभिमूूखीकरण कार्यक्रम गर्न लागेको छ । नेपाली काँग्रेस लुम्बिनी प्रदेश प्रशिक्षण विभागको आयोजनामा जेठ २२ र २३ गते दुई दिन प्रदेशस्तरीय पार्टी अभिमूखिकरण कार्यक्रम हुन लागेको हो ।
‘जाउँ हिड रेसुंगा’ अभियान शुभारम्भ
आइतबार, जेठ २१, २०८०
गुल्मीको रेसुंगा नगरपालिकाले धार्मिक तथा पर्यटकीय क्षेत्र रेसुंगाको प्रचारप्रसार एवम् पर्यटन प्रवद्र्धनका लागि ‘जाउँ हिड रेसुंगा’ अभियान शुभारम्भ गरेको छ । आइतबार रेसुंगा नगरपालिकाको सभाहलमा सो अभियानको नगरप्रमुख खिलध्वज पन्थीले शुभारम्भ गरे ।

