सरकारबाट सहयोग नभए मिडिया हाउस बन्द हुन्छन् : पाल्पाली पत्रकार
बिहीबार, पुस १९, २०८०
क्यानडा र हङकङ चेम्बरसँग लुम्बिनी चेम्बरको सहकार्य
बिहीबार, पुस १९, २०८०
लुम्बिनी प्रदेश चेम्बर अफ कमर्सले विभिन्न अन्तर्राष्ट्रिय चेम्बर शाखासँग सहकार्य र साझेदारी गर्ने सहमति गरेको छ । हङकङस्थित नेपाल हङकङ चेम्बर अफ कमर्स, हिन्दू चेम्बर अफ कमर्स, क्यानडा तथा नेपाल–क्यानडा चेम्बर अफ कमर्सका बीच साझेदारी गर्ने गरी समझदारी पत्रमा हस्ताक्षर भएको चेम्बर लुम्बिनीका अध्यक्ष टङ्कप्रसाद पोेखरेलले जानकारी दिए ।
लुम्बिनीमा पर्यटक आगमन बढ्दै
बिहीबार, पुस १९, २०८०
कोरोना महामारीका कारण सुस्ताएको बुद्ध जन्मस्थल लुम्बिनीको पर्यटनमा पछिल्लो वर्षमा उल्लेख्य सुधार देखिएको छ । कोरोनाकालमा लुम्बिनी भ्रमणमा आउन नपाएका आन्तरिक तथा बाह्य पर्यटक पछिल्लो समय उल्लेख्य बढ्दा कोरोनाले सुस्ताएको लुम्बिनीको पर्यटन लयमा फर्कन थालेको संकेत देखिएको छ ।
यात्रा संस्मरण : सहयात्री सज्जनको गन्थन मन्थन
बुधबार, पुस १८, २०८०
अंग्रेजी नयाँ वर्ष २०२४ को शुरु दिनमा एक जना वृद्ध सज्जन महोदयसँग बुटवल बस पार्कमा भेट भयो र रात्रिकालिन सेवाको बसमा ए को ५, ६ नं. सिटमा यात्रा गरियो ।
जहाँ विपद् त्यहाँ काँग्रेस
बुधबार, पुस १८, २०८०
नेपाली समाजमा कुनै बेला रिस उठ्यो भने, तेरो घरमा काँग्रेस पसोस् भन्ने चलन थियो, तर अहिले परिस्थिति बेग्लै छ । पार्टीभित्र नेताहरु गुट, उपगुट बनाएर अगाडि बढे पनि जनताको दुखमा भने सधैं एक हुन्छ ।
लुम्बिनी प्रदेशसभा : विषयगत समितिको निर्वाचन नहुने
मंगलबार, पुस १७, २०८०
आज हुने भनिएको लुम्बिनी प्रदेशसभाका विषयगत समितिका सभापतिको निर्वाचन नहुने भएको छ । निर्वाचनका लागि आवश्यक तयारी पुरा नभएकाले पुस १७ का लागि तोकिएको निर्वाचन नहुने निश्चित भएको हो । आइतबार प्रदेशसभा सचिवालयले समेत एक सूचना जारी गर्दै निर्धारित मितिमा निर्वाचन गराउन नसक्ने समेत जनाएको छ ।
राष्ट्रिय टोपी दिवस : ढाकाको राजधानी पाल्पामै बेवास्ता
सोमबार, पुस १६, २०८०
मेरो शान, मेरो पहिचान राष्ट्रिय पोशाक संरक्षण अभियान भन्ने अभिप्रायका साथ देशभर हर्सोउल्लासका साथ राष्ट्रिय टोपी दिवस मनाइए पनि ढाकाको राजधानी पाल्पामै त्यसको बेवास्ता गरिएको छ ।
निस्दीका आगलागी पीडित परिवारलाई काँग्रेसको सहयोग
सोमबार, पुस १६, २०८०
नेपाली काँग्रेस पाल्पा क्षेत्र नं १ (क) ले आगलागी पिडित परिवारलाई सहयोग गरेको छ । यही पुस ७ गते कुडो पकाउन सल्काएको आगो सल्किन गई आगलागी हुँदा घरबार बिहिन भएका जिल्लाको निस्दी गाउँपालिका–३, क्याङ्रुङ्का श्याम बहादुर पल्लीको परिवारलाई काँग्रेसले खाद्यन्न र लत्ताकपडा सहयोग गरेको हो ।
राष्ट्रिय एकताको कुरा गर्ने काँग्रेस आफैं छिन्नभिन्न
सोमबार, पुस १६, २०८०
आज पुस १६ गते राष्ट्रिय एकता र मेलमिलाप दिवस । बिपी कोइरालाले आजभन्दा ४७ वर्षअगाडि यसै दिन सबै खाले राजनीतिक एवं व्यक्तिगत जोखिमको परवाह नराखी देशको अस्तित्व संकटमा परेको महशुस गरी राष्ट्रियता र देशको अस्तित्वका लागि ‘राष्ट्रिय एकता र मेलमिलाप’को प्रस्ताव राखेका थिए ।
शिक्षामा ज्योती जगाउँदै बगनासकालीका पदम
सोमबार, पुस १६, २०८०
हरेक मानिसले पैसा कमाउछ तर त्यो कमाएको पैसामा सामाजिक क्षेत्रमा खर्च गर्छ की आफ्नो परिवारमा मात्र खर्च गर्छ भन्ने कुरा समाजको लागि महत्वपूर्ण हुन्छ । मानिस जन्मिदा खाली हात र मृत्यु हुँदा पनि खाली हात नै हुन्छ । उसले जति धेरै धनसम्पत्ती कमाए पनि सँगै लिएर जान सक्दैन । जिवित...
आज राष्ट्रिय टोपी दिवस मनाइँदै
सोमबार, पुस १६, २०८०
राष्ट्रिय टोपी दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । मेरो शान, मेरो पहिचान राष्ट्रिय पोशाक संरक्षण अभियान भन्ने अभिप्रायका साथ पाल्पासहित देशभर दिवसका रुपमा हर्सोउल्लासका साथ मनाउन लागिएको हो ।
गुल्मी काँग्रेसले भोलि मेलमिलाप दिवस मनाउने
आइतबार, पुस १५, २०८०
नेपाली काँग्रेस गुल्मीले भोली ४८ औं राष्ट्रिय मेलमिलाप दिवस मनाउने भएको छ । मंसिर ९ र १० गते सम्पन्न पार्टीको दोस्रो जिल्ला सम्मेलनले गरेको निर्णयलाई कार्यान्यन गर्दै काँग्रेसले पूर्व निर्धारित कार्यक्रम अनुसार जिल्ला भित्रका ९३ वडामा एकै दिन राष्ट्रिय मेलमिलाप दिवस मनाउन लागेको हो ।
सिजी सिमेन्ट उद्योग र स्थानीयबीच टकराव बढ्दै
आइतबार, पुस १५, २०८०
केहि समययता पाल्पामा सञ्चालित सिजी सिमेन्ट उद्योग र स्थानीय बिच विवाद बढ्दै गएको छ । जिल्लाको रैनादेवी छहरा गाउँपालिका–२ सोमादीमा रहेको सिजी सिमेन्ट उद्योगले स्थानीयका सामान्य माग सम्बोधन नगरी जबर्जस्ती ढंगले काम गर्न खोजेपछि उद्योग र स्थानीयबीचको टकराव बढ्दै गएको हो ।


