Shittalpati
सरकार निराशाको विन्दुमा

एमाले, माओवादीको गठजोर वर्तमान सरकारले आफुलाई दिन प्रतिदिन समस्या उत्पन्न गराईरहेको देखिन्छ । सरकारका गृहमन्त्री र अर्थमन्त्री दुवै गठवन्धन सरकारका प्रभावशाली रवि लामिछाने र अर्थमन्त्री बर्षमान पुनका गैर जिम्मेवार कार्यले गर्दा वर्तमान सरकार नै संकटमा पर्ने अवस्था अधिक देखिएका हुन । अहिले रा.स्व.पा.का अध्यक्ष एवं गृहमन्त्री रवि लामिछाने र लामिछाने यो भन्दा पहिला संलग्न भएका केही मिडिया कम्पनी स्थापनाका लागि सहकारीबाट लिएको ऋण आफैमा गैरकानूनी कार्य भएका कारण उनीमाथि कार्यवाहीको तरवाल ताकिएको अवस्थामा रहेको देखिन्छ ।

रवि लामिछाने पदमुक्त हुना साथ वर्तमान सरकारलाई पर्ने राजनैतिक ध्रुविकरणले नयाँ मोड लिने अवस्था देखिन्छ । नेपाली काँग्रेस आफैमा अत्यान्तै गम्भीरताका साथ प्रतिपक्षको भूमिका निभाई रहेको वर्तमान अवस्थालाई देश र जनताका पक्षमा सधै उभ्याई राख्न सक्छ या सक्दैन सर्वत्र चिन्ताको बिषय बनेको छ । सरकारको नीति र कार्यक्रम पछिको बजेट झारा टार्ने र आर्थिक अपारदर्शिताको प्रतिविम्व भएका कारण पनि सत्ता घटकको सबै भन्दा ठुलोदल एमालेका अध्यक्ष केपीशर्मा ओली असन्तुष्ट देखिएका हुन । यस्तो अवस्था बिकास हुनु नै वर्तमान सत्ता साझेदारहरु बीच मनमालिन्यताको वातावरणले आकार वढाई रहेको हो कि भन्ने संकेत सलवलाई रहेका छन् ।

देशले मुहार फेर्छ भन्दै आशामा वसेका जनताले दुःख र कष्ट वाहेक केही पनि पाउँन सकेका छैनन् । बिकासका नाममा अनियमितताका पर्खालहरुमा खाँडल परेका छन् । खाली सरकार फेर्ने र आफ्नो दुनो सोझो पार्ने वाहेक केही पनि भएका छैनन् । सरकार अलमलमा छ । सांसदहरु दौरासुलवारको चटकिमै भुलेका छन् । मित्र र शक्तिशाली छिमेकी मुलुकहरु नेपालमा अस्थिरताको वीजारोपण भएको देख्न र सुन्न चाहि रहेका छन् । त्यस कारण अव यो सरकार पछि अर्को सरकार, सरकारै सरकार र सरोकार राख्नेहरुको खडेरी परेका कारण देश संकटको दिशा तर्फ जादै छ । सरकार फेरेर मात्र भएर भएन, प्रवृति पनि फेरीनुपर्ने भयो भन्ने तर्फ कसैको ध्यान जान सकेको छैन । त्यस कारण पनि, सरकार निराशाको विन्दुमा पुगेको हो कि भन्ने आसयलाई सबैले मनन गुर्नपर्ने अवस्था छ । 

प्रकाशित मिति: बुधबार, जेठ २३, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update