राष्ट्र बैंकको गभर्नरमा पौडेल नियुक्त
मंगलबार, जेठ ६, २०८२
तानसेनमा तेस्रो न्यूयुथ युनियन कप फुटबल प्रतियोगिता सुरु
मंगलबार, जेठ ६, २०८२
जिल्लाको तानसेनस्थित टुडिखेल मैदानमा तेस्रो न्यूयुथ युनियन कप फुटबल प्रतियोगिता सुरु भएको छ । न्यूयुथ युनियन क्लब तानसेनको आयोजनामा मंगलबारदेखि प्रतियोगिता सुरु भएको हो ।
ओझेलमा अनौठो कुवा
मंगलबार, जेठ ६, २०८२
यहाँको तानसेन नगरपालिका–११ बन्दीपोखरास्थित अनौठो जोगीपानी कुवा ओझेलमा परेको छ । बोल्न नसक्ने बच्चालाई यस कुवाको पानी खुवाएमा बोल्न सक्छन् भन्ने जनविश्वास रहिआएको उक्त कुवा प्रचारप्रसारको अभावमा ओझेलमा परेको हो ।
गृहारम्भ कुन महिनामा गर्ने ?
मंगलबार, जेठ ६, २०८२
यदि वास्तुपूजनको नक्षत्र पूर्वदिशाको छ भने पश्चिम दिशाको नक्षत्रमा गृहारम्भ गर्नु अशुभ हुन्छ । पश्चिम दिशाका नक्षत्रहरूमध्ये कुनै एक छ भने पूर्वदिशाका नक्षत्रमा पर बनाउनु अशुभ हुन्छ । यसको उल्टो पर्वको वास्तुनक्षत्र भए उत्तर अशुभ र पश्चिमको नक्षत्रमा वास्तुको नक्षत्र भए दक्षिणमा अशुभ मानिन्छ।
गुल्मीका स्थानीय तहको बेरुजुु १५ करोड ७४ लाख
मंगलबार, जेठ ६, २०८२
गुल्मीका स्थानीय तहको बेरुजु १५ करोड ७४ लाख बढी देखिएको छ । महालेखा परीक्षकको ६२ औं प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८०/८१ मा १५ अर्ब २१ करोड ४५ लाख ६ हजार लेखापरीक्षण भएकोमा १५ करोड ७४ लाख ६४ हजार बेरुजुु देखिएको हो ।
रामपुर नगरपालिका पूर्णखोप सुनिश्चितता घोषणा
मंगलबार, जेठ ६, २०८२
जिल्लाको रामपुर नगरपालिकालाई पूर्णखोप सुनिश्चितता घोषणा गरिएको छ । १५ महिना मुनीका पालिकाभित्र रहेका सबै बालबालिकाले पूर्ण खोप पाएको सुनिश्चितता भए पछि सो पालिकालाई पूर्णखोप सुनिश्चितता घोषणा गरिएको हो ।
जनताप्रति इमानदार बन
मंगलबार, जेठ ६, २०८२
जनउत्तरदायी प्रणालीमा राजनीतिको अर्थ नै जनता एवम् देशको हित र सेवा हो। यही मान्यताअनुरूप राज्यको कर्तव्य जनताको कल्याण, राष्ट्रियहित र देशको सुरक्षा गर्नु हो। तर राजनीतिक खिचातनीका कारण देश समयसापेक्ष विकास र समृद्धिको मार्गमा अग्रसर हुन सकिरहेको छैनन् ।
धार्मिक पर्यटन बढाउन बुटवल–मुक्तिनाथ यात्रा
सोमबार, जेठ ५, २०८२
बुटवल उपमहानगरपालिकाले धार्मिकपर्यटन बढाउन बुटवल–मुक्तिनाथ धार्मिक यात्रा सुरु गरेको छ । महानगरपालिकाले सोमबार पाल्पाकोभगवती मन्दिरबाट धार्मिक यात्राको शुभारम्भ गरेको हो ।
नेप्से परिसूचक १९:३० अङ्कले बढ्यो, सात अर्बभन्दा बढीको कारोबार
सोमबार, जेठ ५, २०८२
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज १९ दशमलव ३० अङ्क अर्थात् ०:७४ प्रतिशतले बढेर दुई हजार ६२८ दशमलव ३६ विन्दुमा कायम भएको छ । आजको कारोबारमा विभिन्न ३२४ कम्पनीका एक करोड ६२ लाख पाँच हजार ५५८ कित्ता शेयर रु सात अर्ब ३५ करोड ८८ लाख ५५ हजार ८५ दशमलव १८...
गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
सोमबार, जेठ ५, २०८२
जिल्लाको रेसुङ्गा नगरपालिका – ६ सिमाघाट स्थित लप्सीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
पाल्पाका स्थानीय तहको बेरुजुमा सुधार, अझै २० करोड ३८ लाख बेरुजु
सोमबार, जेठ ५, २०८२
पाल्पाका स्थानीय तहमा बेरुजुको अवस्था सामान्य सुधार भएको देखिएको छ । महालेखा परीक्षकको ६२ औं प्रतिवेदन अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा २०८०/८१ मा बेरुजुको अवस्थामा सामान्य सुधार देखिएको हो ।
लुम्बिनीमा राजस्व संकलनसम्बन्धी विधेयक पारित
सोमबार, जेठ ५, २०८२
लुुम्बिनी प्रदेशले राजस्व संकलन सम्बन्धी विधेयक पारित गरेको छ । प्रदेशको आर्थिक प्रशासनलाई थप पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यसहित तयार गरिएको प्रदेश समायिक कर तथा राजस्व संकलनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभा बैठकले सर्वसम्मतिले पारित गरेको हो ।


