मुख्यमन्त्री आचार्यद्वारा प्रादेशिक अस्पतालको भवन अनुगमन
मंगलबार, माघ २९, २०८१
नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार
मंगलबार, माघ २९, २०८१
पछिल्ला पाँच कारोबार दिन निरन्तर घटेको नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा आज भने सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक छ दशमलव ५४ अङ्कले बढेर दुई हजार ६८३ दशमलव ८६ को विन्दुमा कायम भएको हो ।
डेढ करोड लगानीमा व्यावसायिक फलफूलखेती
मंगलबार, माघ २९, २०८१
जिल्लाको ढोरपाटन नगरपालिका–५ पाखापानी भौगोलिक रूपमा विकट मानिन्छ । विकटताका कारण पर्याप्त सेवासुविधा गाउँमा पुग्न सकेको छैन । युवापुस्ता विदेश पालयन भएका छन् भने अधिकांश गाउँमा बस्ने सुविधाको खोजीमा बजार झरिरहेका छन् । गाउँलेको रोजाइमा बजार परिरहेको अवस्थामा यहाँका मानसिङ पुनले भने अवसर खोज्दै डेढ करोड लगानीमा व्यावसायिक फलफूलखेती सुरु...
छुट्टाछुट्टै सवारी दुर्घटना : ९ जनाको मृत्यु, एक पैदलयात्रुले पनि ज्यान गुमाए
मंगलबार, माघ २९, २०८१
देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी नौ जनाको अकालमै ज्यान गएको छ । मृत्यु हुनेमा एक जना पैदलयात्रु पनि रहेका छन् । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार स्याङ्जा, दैलेख, ललितपुर, कञ्चनपुर,सुर्खेत, महोत्तरी, चितवन, पाँचथर लगायत जिल्लामा सवारी दुर्घटनाबाट उनीहरुले ज्यान गुमाएका हुन् ।
आज सुरक्षित इन्टरनेट दिवस नेपालमा पनि मनाइँदै
मंगलबार, माघ २९, २०८१
सुरक्षित इन्टरनेट दिवस आज नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । साइबर सुरक्षा सम्बन्धमा चेतना अभिवृद्धि गर्न बालबालिका तथा युवावर्गको लागि काम गर्ने संस्थाहरूबीच सामूहिक शक्ति विकास गर्ने उद्देश्यसाथ यो दिवस मनाउन लागिएको हो ।
इन्टरनेटको सुरक्षित प्रयोग गरौं
मंगलबार, माघ २९, २०८१
समय इन्टरनेटको छ । इन्टरनेटको यो युगमा धेरैले आफ्नो दिनचर्याको अभिन्न अंग कम्प्युटर, ल्यापटप, टयाबलेट, फयाबलेट र आईफोनसहित स्मार्टफोनलाई बनाएका छन् । यी वैज्ञानिक आविष्कारबिना धेरैको दैनिकी अस्तव्यस्त र सुस्त हुने अवस्था छ । मनोरञ्जनदेखि जानकारीसम्म र पठनपाठनदेखि मनभित्रका उकुसमुकुस उजागर गर्नसम्मका लागि इन्टरनेट प्रयोग गर्नेहरू धेरै छन् ।
पाल्पाको रिब्दीकोटमा पहिलो दिन ३ सय बढी किशोरीले लगाए ‘एचपिभी’ खोप
सोमबार, माघ २८, २०८१
जिल्लाको रिब्दीकोट गाउँपालिकामा पहिलो दिन ३ सय भन्दा बढी किशोरीहरुले पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एच.भि.पि ) खोप लगाएका छन् ।
राष्ट्रियसभाबाट मिडिया काउन्सिल विधेयक पारित
सोमबार, माघ २८, २०८१
राष्ट्रियसभाको आजको बैठकले ‘मिडिया काउन्सिल विधेयक–२०८०’ पारित गरेको छ । बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रस्तुत गरेको विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित ‘मिडिया काउन्सिल विधेयक, २०८० पारित गरियोस्’ भन्ने प्रस्तावलाई बैठकले सर्वसम्मतिले पारित गरेको हो ।
प्रणय दिवसमा एयरलाइन्सको छुट
सोमबार, माघ २८, २०८१
निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयर र यती एयरलाइन्सले ‘भ्यालेन्टाइन’ अर्थात् प्रणय दिवसका अवसरमा विभिन्न ‘अफर’ सार्वजनिक गरेका छन् ।
सुन तोलामा १४ सयले बढ्यो
सोमबार, माघ २८, २०८१
स्थानीय बजारमा सोमबार सुनको मूल्य प्रतितोला एक हजार ४ सयले बढेको छ । अघिल्लो दिनको तुुलनामा उक्त मृल्य वृद्धि भएको हो ।
म्याग्दीमा सुन्तला उत्पादन २५ प्रतिशतले बढ्यो
सोमबार, माघ २८, २०८१
म्याग्दीमा यस वर्ष सुन्तला उत्पादन करिब २५ प्रतिशतले वृद्धि भएको छ । सुन्तला म्याग्दीमा बिक्री हुने प्रमुख कृषि उपज हो । गत वर्षको तुलनामा यसपाली सुन्तला उत्पादन २४ दशमलव ७० प्रतिशतले वृद्धि भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका प्रमुख सञ्जिव बाँस्तोलाले नयाँ बगैँचा विस्तार, अनुकूल मौसम र रोग...
कालिगण्डकी नदिमा हुँगीका ८७ वर्षीय वृद्धको शव फेला
सोमबार, माघ २८, २०८१
कालीगण्डकी नदीमा एक वृद्धको शव फेला परेको छ । स्याङ्जाको चापाकोट नगरपालिका –८ ज्याग्दीघाटस्थित कालिगण्डकी नदि किनारमा पाल्पा रम्भा गाउँपालिका–१ हुँगीका ८७ वर्षीय देबिलाल भट्टराईको शव फेला परेको हो ।


