बौद्ध शिक्षा संसारभर फैलाउनुपर्नेमा प्रधानमन्त्रीको जोड
शनिबार, वैशाख १३, २०८२
आगलागीबाट चार वर्षीय बालकको मृत्यु
शनिबार, वैशाख १३, २०८२
जिल्लाको धुर्कोट गाउँपालिका–१ मा भएको आगलागीमा परी चार वर्षीय बालकको मृत्यु भएको छ । धुर्कोट–१ आखररुख निवासी गणेश नेपालीको गोठमा आगलागी हुँदा उनका चार वर्षीय छोरा विवेक नेपालीको मृत्यु भएको हो ।
नेपालमा कति छन् विद्यालय ?
शनिबार, वैशाख १३, २०८२
नेपालको शिक्षा क्षेत्रमा विगतमा भएको लगानी र शैक्षिक पूर्वाधारको विकासबाट उल्लेखनीय उपलब्धि प्राप्त हुन थालेको छ ।
प्रधानमन्त्री ओली लुम्बिनीमा, मुख्यमन्त्री आचार्यद्वारा स्वागत
शनिबार, वैशाख १३, २०८२
‘नेपाल–चीन बौद्ध संस्कृति र कला’ विषयक अन्तर्राष्ट्रिय सेमिनारको उद्घाटन गर्न प्रधानमन्त्री केपी शर्मा ओली लुम्बिनी आएका छन् ।
भूकम्पको दशक : भत्किएका संरचना अझै अधुरा
शनिबार, वैशाख १३, २०८२
विसं २०७२ को विनाशकारी भूकम्पका कारण हरेक वर्षको वैशाख १२ गतेले नेपालीलाई झस्काइरहन्छ । त्यो कम्पनले लाखौँ सपनाहरू भत्काएको थियो । कतिको छानो खोस्यो । कतिको हाँसो । कसैको आफन्त खोस्यो । अनि कतिलाई घाइते बनायो ।
आज बौद्धिक सम्पत्ति दिवस मनाइँदै
शनिबार, वैशाख १३, २०८२
आज नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी बौद्धिक सम्पत्ति दिवस मनाइँदै छ । विश्व बौद्धिक सम्पत्ति संघ (विपो) को पहलमा सन् २००० को अप्रिल २६ देखि विज्ञान तथा प्रविधि, कला तथा साहित्य र उद्योग तथा व्यापार क्षेत्रको विकास, विस्तार र प्रवद्र्धनमा सघाउ पुर्याउने उद्देश्यले विश्वभर हरेक वर्ष विश्व बौद्धिक सम्पत्ति दिवस...
काव्यमा ‘तीर्थाटन’
शनिबार, वैशाख १३, २०८२
‘तीर्थाटन’ काव्य सङ्ग्रहका लेखक स्व. लोकनाथ उपाध्याय रेग्मीको नाति एवं सुदन प्रकाश रेग्मीको भाञ्जा चोलाकान्त पौडेलसँग मेरो सान्निध्यता अभिभावकीय मित्रको रूपमा चार दशक अघि देखि नै रहँदै आएको छ ।
बौद्धिक सम्पत्तिको संरक्षण गरौं
शनिबार, वैशाख १३, २०८२
विश्व बौद्धिक सम्पत्ति संगठन अस्तित्वमा आएको दिनको सम्झनामा हरेक वर्षको अप्रिल २६ लाई विश्व बौद्धिक सम्पत्ति दिवसका रूपमा मनाइँदै आएको छ । यस वर्ष पनि आज विश्वभर विविध कार्यक्रमहरुको आयोजना गरी दिवस मनाइँदै छ । बौद्धिक सम्पत्ति मानिसको आफ्नो सीप, क्षमता र दक्षताको प्रयोग गरी तयार गरेको सिर्जनात्मक कार्य हो ...
तम्घास–सिमलटारी सडकमा चारवटा पक्की पुल निर्माण
शुक्रबार, वैशाख १२, २०८२
मदन भण्डारी राजमार्गअन्तर्गत गुल्मीको तम्घास–सिमलटारी सडकमा चारवटा पक्की पुल निर्माण गरिएका छन् । मदन भण्डारी राजमार्ग आयोजना गुल्मीबाट २८ किलोमिटर लामो यस सडकअन्तर्गत हुलाके, फूलबारी, घमिर र धनार्जी खोलामा पुल निर्माण गरिएका हुन् । पन्थ निर्माण सेवाले २०७८ साल माघमा फूलबारी खोला पुल रू तीन करोड ३२ लाख ६८ हजार...
विष सेवनबाट तीन बालबालिकाको मृत्यपश्चात् आमाको पनि निधन
शुक्रबार, वैशाख १२, २०८२
धनुषाको सहिद नगरपालिका–५ यदुकोहामा विष सेवनवाट गत सोमबार तीन बालबालिकाको मृत्युको घटनामा आमाको पनि चार दिनपछि निधन भएको छ । विष सेवनवाट गम्भीर भएकी आमा पवित्रा साहको जनकपुरधामस्थित रामजानकी अस्पतालमा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पाल्पाली समीक्षक अथक काठमाडौंमा सम्मानित
शुक्रबार, वैशाख १२, २०८२
पाल्पाली साहित्यकार तथा समीक्षक पुष्कर अथक रेग्मी काठमाडौंमा सम्मानित भएका छन् । राष्ट्रिय सुसेली फाउण्डेसनले आफ्नो सातौ वार्षिक दिवसको अवसरमा रेग्मीलाई समीक्षाको माध्यमद्वारा सुसेलीको व्यापिकरणमा पुर्याएको योगदानको कदर गर्दै समीक्षकको रूपमा सम्मान गरेको हो ।


