कर्मचारीले लगाए आफ्नै कार्यालयमा आगो

प्युठान,प्युठानको एक स्थानीय तहमा कार्यरत एक कर्मचारीले आफ्नै कार्यालयमा आगो लगाएका छन् । यहाँको झिमरुक गाउँपालिकामा कार्यरत रोजगार संयोजक सुदर्शक जिसीले गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीको कार्यकक्षमा आगो लगाएका हुन् ।
जिसीले शुक्रबार राति आगलागी गरेको बताइएको छ । जिसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उपाध्यक्ष प्रमोद पोखरेलको कार्यकक्षमा समेत तोडफोड गरिएको छ ।
प्रकाशित मिति: शनिबार, भदौ २८, २०८२
प्रतिक्रिया दिनुहोस्