पत्रकारमाथि दुव्र्यवहार गर्ने दीपेश यादव पक्राउ
शुक्रबार, वैशाख १२, २०८२
लुम्बिनीमा एक महिनामा ४०२ दुर्घटना, ३६ जनाको मृत्यु
शुक्रबार, वैशाख १२, २०८२
लुम्बिनी प्रदेशमा एक महिनामा चार सय दुईवटा दुर्घटना भएका छन् । १२ वटै जिल्लामा चैतमा ४०२ वटा दुर्घटना हुँदा ३६ जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयका प्रमुख दानबहादुर कार्कीले बताए ।
आज विश्व औलो दिवस, नेपालमा पनि मनाइँदै
शुक्रबार, वैशाख १२, २०८२
आज विश्व औलो दिवस नेपालमा पनि विविध जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै छ । यस रोगबारे जनचेतना फैलाउने उद्देश्यका साथ प्रत्येक वर्ष अप्रिल २५ का दिन विश्वभर यो दिवस मनाउने गरिन्छ ।
भूकम्पको सम्झना
शुक्रबार, वैशाख १२, २०८२
२०७२ वैशाख १२ गते दिनको १२ बजे नेपालमा ठूलो भुइँचालो गएको थियो । यसलाई मध्यनजर राखेर प्रत्येक वर्ष वैशाख १२ गतेलाई सम्झने गरिन्छ । त्यति बेला भूकम्पले झण्डै नौ हजार नेपालीको ज्यान लिएको थियो । उक्त भूकम्पका कारण लाखौंको संख्यामा निजी घरहरु ध्वस्तसमेत भएका थिए ।
पाल्पाको तिनाउमा सडेको अवस्थामा बेवारिसे शव फेला
बिहीबार, वैशाख ११, २०८२
जिल्लाको तिनाउ गाउँपालिकामा सडेको अवस्थामा बेवारिसे शव फेला परेको छ । तिनाउ गाउँपालिका– ३ तिलोत्तमा सामुदायिक जङ्गलमा रहेको आँपखोलाको किनारमा आज एक पुरुषको शव फेला परेको हो ।
रामपुरका वडामा मेलमिलाप केन्द्रको अनुगमन
बिहीबार, वैशाख ११, २०८२
जिल्लाको रामपुर नगरपालिका भित्रका वडाहरुमा मेलमिलाप केन्द्रको अनुगमन गरिएको छ । नगरपालिकाको न्यायीक समितिले वडामा रहेका मेलमिलाप केन्द्रमै पुगेर मेलमिलापको प्रक्रिया र मेलमिलाप केन्द्रको अनुगमन थालेको हो ।
बन्द हुँदै एमसीसी परियोजना
बिहीबार, वैशाख ११, २०८२
अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुदान सहयोग परियोजना बन्द गर्ने भएको छ । विकासशील देशहरूमा आर्थिक वृद्धि प्रवर्धन गर्न ल्याइएको एमसीसीलाई एलन मस्कको सरकारी कार्यक्षमता विभाग (डोज) ले बन्द गर्ने भएको हो ।
लुम्बिनी प्रदेशका तराई भेगमा तातो लहर चल्ने पूर्वानुमान
बिहीबार, वैशाख ११, २०८२
हाल मुलुकमा स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले उच्च पहाडी तथा हिमाली भेगबाहेक देशका अधिकांश भागमा तापक्रम बढ्ने बताएको छ ।
कश्मीर आक्रमणपछि भारतको कडा प्रतिक्रियास् पाकिस्तानसँगको जलसम्झौता र कूटनीतिक सम्बन्ध स्थगित
बिहीबार, वैशाख ११, २०८२
भारतले जम्मु(कश्मीरमा सर्वसाधारणमाथि भएको जघन्य आक्रमणपछि पाकिस्तानमाथि गम्भीर आरोप लगाउँदै बुधबार विभिन्न कडा कूटनीतिक कदमहरू सार्वजनिक गरेको छ। भारतले पाकिस्तानले सीमा(पार आतंकवादु लाई समर्थन गरिरहेको आरोप लगाउँदै यो प्रतिक्रिया दिएको हो।
तुलसीपुरमा जग्गा नापनक्साङ्कनको काम पुनः सुरु
बिहीबार, वैशाख ११, २०८२
दाङको तुलसीपुर उपमहानगरपालिकाले भूमिहीन, सुकुम्बासी, अव्यवस्थित बसोबासीको जग्गा नाप नक्साङ्कनको काम सुरु गरेको छ । राष्ट्रिय भूमि आयोग दाङको समन्वयमा उपमहानगरले आजदेखि जग्गाको काम थालेका हो । तुलसीपुर उपमहानगरपालिका भूमि शाखाका अमिन रितेश बस्नेतले यस अघि वडा नम्बर ६मा एक हजार २६५ कित्ताको पाँच लाख ३४ हजार ९८९। ८७ वर्ग...
लोकतन्त्रका १९ वर्ष : नागरिकमा व्याप्त निराशा
बिहीबार, वैशाख ११, २०८२
मुलुकमा लोकतन्त्र बहाली भएको १९ वर्ष पुगेको छ । जनआन्दोलनको बलमा लोकतन्त्र स्थापना भएको थियो । नेपाली काँग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा भएको आन्दोलनमा लाखौँ मानिस सडकमा उत्रिएपछि २०६३ सालमा आजैका दिन संसद् पुनःस्थापनासहित जनताले अधिकार पाएका थिए । जनताले जितेको दिन । देशभरका सडकमा लोकतन्त्रको नारा लागेको दिन ...
आजदेखि विश्व खोप सप्ताह सुरू
बिहीबार, वैशाख ११, २०८२
विश्व खोप सप्ताह आजदेखि सुरु भएको छ । हरेक वर्ष अप्रिल महिनाको अन्तिम हप्तालाई विश्व खोप सप्ताहको विश्वव्यापीकरण खोप समुदायले मनाउने गर्दछन् । यस वर्ष २०२५ को विश्व खोप सप्ताह अप्रिल २४ देखि ३० सम्म विश्वभरि विभिन्न कार्यक्रमहरू गरेर मनाइँदै छ ।


