कारागारबाट टोपबहादुर रायमाझी पनि भागे

काठमाडौं, नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि कारागारमा रहेका टोपबहादुर रायमाझी पनि भागेका छन् । भद्र बन्दीगृहमा रहेका रायमाझी भागेको बताइएको छ ।
त्यहाँबाट करिब ३ हजार ३ सय कैदीबन्दी फरार भएका छन् । कारागारमा रहेका ३ हजार ८ सय कैदीबन्दी अहिले करिब ५ सयको हाराहारीमा मात्रै रहेका छन् ।
प्रकाशित मिति: बुधबार, भदौ २५, २०८२
प्रतिक्रिया दिनुहोस्